logo

वित्तीय साक्षरता कसको दायित्व ?

दिपेन्द्र लामिछाने
वित्तीयरुपमा सचेत नागरिकले नै मुुलुुकको आर्थिक समृद्धिमा अर्थपूर्ण योगदान गर्न, आफ्ना आवश्यकतालाई सम्बोधन गर्ने वित्तीय साधन ल्याउन सेवा प्रदायकलाई दबाब दिन र तुलनात्मकरुपमा बढी बचत गरी लगानीका लागि पर्याप्त स्रोतको व्यवस्था गर्न सक्छन् । नेपालको पँुजी बजार परिपक्व नहुनुका धेरै कारणमध्ये वित्तीय साक्षरताको कमीलाई एक महत्वपूर्ण मानिन्छ । वित्तीय साक्षरताको महत्वलाई सबैले स्वीकार गरे पनि यो कसको दायित्व हो र कसले पूरा गर्ने भन्नेमा मतैक्यता पाइँदैन । खासगरी, वित्तीय साक्षरताको महत्व किन छ भन्ने प्रश्नको खोजी गरिएमा यो दायित्व कसको हो भन्ने जवाफ पनि सँगै हात पर्नेछ ।
वित्तीय साक्षरताको महत्व
वित्तीय साक्षरताबाट सबै उमेर तथा आम्दानी समूहका उपभोक्ता लाभान्वित हुुन सक्छन् । अर्थोपार्जनको पेसामा लाग्दै गरेका नवप्रवेशीलाई आम्दानी, खर्च, बचत तथा लगानीको योजना बनाउन वित्तीय साक्षरता आवश्यक हुुन्छ । परिवारमा पनि वित्तीय अनुसाशन कायम गर्न यो अपरिहार्य हुन्छ । न्यून आय वर्गलाई पनि उपलब्ध स्रोतबाट अधिकतम प्रतिफल सुनिश्चित गर्ने तौरतरिका थाहा पाउने माध्यम वित्तीय साक्षरता नै हो । वित्तीयरुपपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपूर्ण योगदान गर्न सक्छन् । आफ्ना आवश्यकतालाई सम्बोधन गर्ने वित्तीय साधन ल्याउन उनीहरुले सेवा प्रदायकलाई दबाब दिन सक्छन् । वित्तीयरुपमा साक्षर उपभोक्ताले नै तुुलनात्मकरुपमा बढी बचत गरी लगानीका लागि पर्याप्त स्रोतको व्यवस्था गर्न सक्छन् । पर्याप्त वित्तीय स्रोतले नै आर्थिक वृद्धि सुुनिश्चित गर्छ । हालको विश्वमा उदीयमान अर्थतन्त्रमा सूचना तथा तालिमबाट सचेत उपभोक्ताबाटै वित्त बजार तथा समग्र अर्थतन्त्रको विकासमा ठोस योगदान पुुगेको हो । यसैगरी, आफ्नो वित्तीय सुरक्षाका लागि सचेत उपभोक्ता आफैं सक्षम हुने तथ्य पनि मनन्योग्य विषय हो । नियामक निकायलाई सदैव चनाखो राख्न पनि सचेत उपभोक्ताको महत्वलाई बिर्सन सकिँदैन । यसबाट नियामकको अनुुगमनमा पर्ने अतिरिक्त भार पनि कम हुुन्छ । राज्यबाट लगानीकर्तालाई शिक्षित बनाउन पर्याप्त समय र स्रोत लगानी नभएकाले नेपालको पुँजी बजारमा लगानी गर्ने संस्कृतिको विकास हुन सकेको छैन । अर्थतन्त्रमा वित्तीय बजारको बढ्दो प्रभावको सन्दर्भमा वित्तीय साक्षरताले महत्वपूर्ण स्थान राख्छ । यो पृष्ठभूमिमा कतिपय मुलुकहरुमा वित्तीय साक्षरता अभियान राष्ट्रियस्तरको कार्यक्रम नै बनेका छन् । नेपालमा भने यसप्रति पर्याप्त ध्यान पुुग्न सकेको छैन । साक्षरताको महत्व बढ्नुुको कारण जटिल वित्तीय साधनहरु ः वित्तीय साधनहरु सर्वसाधारणले सजिलै बुुझ्ने खालका कम हुुन्छन् । ती साधनमा लगानी गर्दा लाने शुुल्क, कमिसन, परिपक्व हुुने अवधि प्राप्त हुने प्रतिफल, कर तथा छुुटलगायतले यसलाई बढी जटिल बनाएको हुुन्छ । सर्वसाधारणलाई एकै किसिमका वित्तीय साधनको गुुणस्तरमा रहेका अन्तर पहिल्याउनु अर्को चुुनौतीपूर्ण कार्य हो ।
वित्तीय साधनमा विविधता ः वित्त बजारको उदारीकरणले धेरै किसिमका साधनहरु प्रवेश भएका छन् । सूचना प्रविधिको विकासले लागत न्यून हुन गएकाले पनि त्यस्ता साधनहरु प्रस्तुत गर्न प्रोत्साहन मिलेको छ । व्यक्ति समूह तथा क्षेत्रलाई सुहाउने गरी पनि अनेकौं वित्तीय साधन बजारमा आउन थालेका छन् ।
कार्यशील जनसंख्या असन्तुुलन ः पछिल्लो समयमा अर्थोपार्जनमा सक्रिय जनसंख्या र अवकाशप्राप्त जनसंख्याबीचको असन्तुलन बढेको छ । थोरै सक्रिय जनशक्तिले धेरैलाई पाल्नुपर्ने अवस्था आएको छ । यसले व्यक्ति तथा परिवार एवं राष्ट्रियस्तरमै वित्तीय योजनाको आवश्यकता टड्कारो बनाएको छ ।
न्यून वित्तीय साक्षरता 
सामान्य अध्ययनबाटै पनि नेपालमा वित्तीय साक्षरताको स्तर न्यून रहेको थाहा पाउन सकिन्छ । समग्र साक्षरता नै कम भएको अवस्थामा वित्तीय साक्षरता कम हुनु अस्वाभाविक होइन । सैद्धान्तिक रुपमा सेयर बजारले लगानीको स्तर र उत्पादकत्व वृद्धि गरी आर्थिक वृद्धिमा सहायता पु¥याउँछ । सेयर बजारले बचत दर बढाउँछ र पुुँजीको आदर्शतम व्यवस्थापन सुनिश्चित गर्छ । परिणामस्वरुप बढीभन्दा बढी बचत संस्थागत क्षेत्रतर्फ केन्द्रित हुन्छ र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्छ । अध्ययनहरुले आर्थिक विकास र सेयर बजारबीच सकारात्मक सम्बन्ध रहेको देखाएका छन्, तापनि यीमध्ये कुुन पहिलो भन्ने कुुरा बहसको विषयकारुपमा रहिआएको छ ।
के साँच्चिकै सेयर बजार विकासले आर्थिक वृद्धिमा भूमिका खेल्छ ?
प्रायः सर्वसाधारणले सेयर बजारलाई अधिमूल्यन गरिएको जुुवाघरका रुपमा चित्रित गरेको पाइन्छ । तर, पर्याप्त नीतिगत तथा संरचनागत पूर्वाधारमार्फत सेयर बजारलाई आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने साधनका रुपमा उपयोग गर्न सकिन्छ । संस्थागत तथा सरकारी ऋणपत्रसहित सबै प्रकारका अल्पकालीन तथा दीर्घकालीन वित्तीय औजारको कारोबार पँुुजी बजारमा हुुन्छ । यहाँ सामान्यतया सेयर भनेर बुझिने धितोपत्र तथा ऋणपत्र दुवैको कारोबार हुुन्छ । पँुुजी संकलन तथा वितरणमा सहभागी सबै मध्यस्थकर्तासहित यहाँ उपलब्ध वित्तीय औजार तथा लगानीकर्तालाई समग्रमा पुुँजी बजारको रुपमा बुुझ्नुुपर्छ । सरकारी तथा निजी क्षेत्रका संगठित संस्थाले यस बजारमार्फत अर्बौं रुपैयाँबराबरको पुँजी संकलन गर्छन् । सरकारले पनि राष्ट्र बैंकमार्फत पँुुजी बजारबाट पर्याप्त वित्तीय स्रोत जुुटाउँछ ।
स्टक एक्सचेन्ज, सेयर दलाल, बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ वित्तीय संस्था, लगानी कम्पनी, बजार निर्माता, म्युचुअल फन्ड, सूचीकृत कम्पनी, बिक्री प्रबन्धक, अन्तर्राष्ट्रिय वित्तीय लगानीकर्ता, संस्थागत तथा व्यक्तिगत लगानीकर्ता पँुुजी बजारका महत्वपूर्ण अंग हुुन् । अर्थतन्त्रका विभिन्न क्षेत्रबाट सिर्जित हुुने बचत पुँजी बजारको आपूर्ति पक्ष हो । यस्तो बचत सर्वसाधारण बचतकर्ता, संगठित संस्था, सरकार, विदेशी मुुलुुक, बैंक, सञ्चय कोष, बिमा कम्पनी, वित्तीय संस्थामार्फत आउँछ । विभिन्न उद्योग तथा व्यवसायमा लागेका संगठित संस्थाले पँुुजी बजारमा उपलब्ध स्रोतको माग गर्छन ।
सन् १९८० को दशकको उत्तराद्र्धमा अवलम्बन गरिएको उदारीकरणको नीतिपछि स्थापित नेपाल स्टक एक्सचेन्ज लिमिटेड र १० वर्षअघि यसको कारोबार प्रणालीलाई गरिएको स्वचालीकरणलाई नेपालको पुुँजी बजार विकासमा कोशेढुंगाको रुपमा लिनुुपर्छ । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेसनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युुटबाट यो आवश्यकता परिपूर्ति गर्न केही पहल भएको भए पनि हामी प्रारम्भिक चरणमै छौं । नेपालको वित्त बजार वृद्धिको संघारमा छ । प्रविधिको प्रयोग, सञ्जालहरुको विस्तार र प्रक्रियागत व्यवस्थापनमा नवीन प्रयासहरु भइरहेका छन् । वित्तीय औजार र प्रक्रियासहित वित्त बजार सञ्चालनसम्बन्धी ज्ञान तथा चेतनाको वृद्धिले यस बजारमा लगानीकर्ताको सहभागितालाई बढावा दिन्छ नै वित्त बजारको महत्वलाई अझ प्रगाढ बनाउँछ । अग्रपंक्तिको नियामक नेप्सेले उल्लिखित तथ्यलाई हृदयंगम गरी वित्तीय साक्षरताका विविध पक्षलाई समेट्ने गरी नियमितरुपमा कार्यक्रम सञ्चालन गर्नैपर्छ । कार्यक्रममा समष्टिगत अर्थतन्त्र, प्राथमिक तथा दोस्रो बजार लगायत पुँजी बजारसम्बन्धी विषयलाई समेटिनेछन् । खासगरी लगानीको शैली तथा रणनीति, लगानीकर्ताको मनोविज्ञान, बजार सम्बद्ध संस्था, मध्यस्थकर्ता, धितोपत्र बजार, वस्तुु बजार, मुुद्रा बजार, म्युुचुअल फन्ड, बजारसम्बद्ध गलत अभ्यास, बजार उतारचढाव, बजार विश्लेषणमा छलफल केन्द्रित हुुनुुपर्छ ।
(साभार नेप्से रजत उत्सव स्मारिक २०७४)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...

शिक्षा क्षेत्रमा फस्टाएको बेथिति

नेपालमा विद्यार्थीको हकहितका लागि लड्ने भनेर विभिन्न राजनीतिक दलका आ–आफ्ना विद्यार्थी संघ संगठनहरु रहेका...

भारतीय बजेट र नेपालको कृषिक्षेत्र

भारत सरकारका वित्त मन्त्री अरुण जेटलीले केही दिनअघि आर्थिक वर्ष सन् २०१८÷०१९ का लागि केन्द्र सरकारको आयव्ययको...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै