logo

सुबिसु क्यान इन्फोटेक सम्पन्न

करिब चार लाखले गरे अवलोकन

काठमाडौ माघ १७
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ सम्पन्न भएको छ ।
६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ ११ गतेबाट शुरु भएको थियो । प्रदर्शनीको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्दै आएको छ ।

प्रदर्शनीको अन्तिम दिन सम्म पनि अवलोकनकर्ताहरुको उत्तिकै उत्साहजनक सहभागिता रहेको थियो । प्रर्दशनीको अन्तिम दिन मात्रै ९४ हजार तीन सय २६ जनाले इन्फोटेकको अवलोकन गरेका थिए । यस वर्ष कुल तीन लाख ७६ हजार दुई सय ४३ जनाले इन्फोटेकको अवलोकन गरेको क्यान महासंघले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष भवानी राणा , उपाध्यक्ष शेखर गोल्छा , कलाकार मदनकृष्ण श्रेष्ठ लगायतले इन्फोटेकको अवलोकन गरेका थिए । यसपटक नेपाल सरकारका उच्चपदस्थ अधिकारहीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, नीति निर्माता लगायत बालक देखि बृद्धसम्मका सूचना प्रविधिप्रेमी सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको क्यानले जनाएको छ । यसले आम नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने क्यानले बताएको छ । ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटाइजेशनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीहरुले भित्र्याएको नयाँ नयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउने आयोजकले बताएको छ ।
२४औं संस्करणको इन्फोटेक मार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाइस्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ क्येयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइ जडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बनेको थियो । त्यस्तै नेपाली विद्यार्थी, स्टार्टअप र रोबोटिक्स क्लबहरुले निर्माण गरेका इन्नोभेटिभ प्रडक्टहरुले पनि विद्यार्थी र युवालाई आर्कषित बनाएको थियो ।
इन्फोटेकमा मोटोरोला, हुवावे, एमआई, वान प्लस, एचटिसी, डिटिसी जस्ता मोबाइल ब्रान्डको स्टलमा अवलोकनकर्ताको चासो देखाएका थिए । वल्र्डलिंक र एक्सन प्वइन्ट नेपालले ल्याएको स्मार्ट होम प्रविधिबारे जान्न इच्छुकहरुको संख्या पनि उत्तिकै देखियो । हाइसेन्स, सोनी, टेक्नोजका फोके स्मार्ट टिभीले पनि नेपाली उपभोक्ताको लोभ्याएको थियो । यसपटक सुबिसु, वल्र्डलिंक लगायतका आइएसपीले ल्याएको डिजिटल टिभी र हाइस्पिड इन्टरनेटको कोम्बो अफरले अवलोकनकर्ताको ध्यान तानेको थियो भने डिजिकम, नेटिस, टिपिलिंक लगायतले ल्याएका आधुनिक नेटवर्किङ प्रडक्टहरु पनि आकर्षको केन्द्रमा प¥यो । यसपटक ब्रोडवे इन्फोसिस, कम्प्युटर प्वइन्ट नेपाल, लावा नेपाल, जेडकिङ, लिमिटलेस एजुकेशन, इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी नेपाललगायतले ल्याएका आइटीका व्यवसायिक कोर्श पढ्न चाहने विद्यार्थीहरुको संख्या पनि बढेको देखियो ।
त्यस्तै सामाजिक सञ्जाल सगुनको मोबाइल एपले पनि राम्रै प्रयोगकर्ता बटुल्यो । यता नेपाली सफ्टवेयर कम्पनीहरुका लागि छुट्टै प्याभिलियन व्यवस्था गरिएको थियो । नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा उपस्थिति रहेकाले हामीलाई थप हौसला मिलेको छ । कम्पनीहरुले ल्याएका शिक्षा, स्वास्थ्य, अस्पताल, कार्यालय व्यवस्थापन, लेखा, बैंक तथा वित्तीय क्षेत्रका लागि ल्याएका सफ्टवेयरहरुको प्रवद्र्धन गर्न पनि यस इन्फोटेकले भूमिका खेलेको छ ।
क्यान इन्फोटेकको यस २४औं संस्करणको शर्ष प्रायोजन सुबिसु केबलनेट र एशोसिएट स्पोन्सर मोटोरोला रहेका थिए । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी. लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एमआई स्मार्टफोन र टेक्नो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टिभी रहेका थिए भने प्रिन्ट स्पोन्सरमा हाइसेन्स टिभी रहेको थियो । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसीटी कलेज तथा ट्रेनिङ्ग इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १५० भन्दा बढी कम्पनीका २ सय २२ स्टल रहेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै