logo

अदुवा निकासीमा अवरोध कहिलेसम्म ?

विश्वनाथ खरेल
हाम्रो छिमेकी देश भारतबाट अदुवा मसला बालीको निकासीमा फेरि रोक लागेपछि नेपाली कृषकहरू मारमा परेका छन् । देशको पूर्वी पहाडलगायत देशभर उत्पादन भएको हजारौं टन अदुवा मुख्य गरी काँकडभिट्टा नाकामा भारतले प्रवेश नदिएपछि रोकिएको हो । पूर्वी पहाडका जिल्लाहरूबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा पुगेका ४० ट्रक दुई सातादेखि थन्किएका छन् । यसमा किसानले बारीबाट खनेर तयार गरेको अदुवा व्यापारीलाई पठाउन विभिन्न ठाउँमा सडकपेटीमा निकालेका छन्, तर त्यसको निकासी हुन सकेको छैन । अदुवा भण्डारण गर्ने कोल्ड स्टोर र उपयुक्त स्थान नहुँदा माटोबाट निकालेको अदुवा बिग्रने र सुक्ने गरेको छ । यो अवस्थाको तत्काल अन्त्य हुन र गर्न जरुरी छ । भारतले पनि आफ्नो देशमा पर्याप्त उत्पादन नहुने कृषिजन्य उत्पादनको नेपालबाट हुने आयात कुनै पनि बहानामा रोक्नु हुँदैन थियो । यथार्थमा भन्ने हो भने भारतमा उत्पादन बढ्दा र त्यहाँका उत्पादकले विरोध जनाउन थाल्दाको अवस्थामा उसले विभिन्न कारण देखाई नेपाली उत्पादन रोक्दै आएको छ । यसको साथसाथै अदुवा मात्र नभई विभिन्न समयमा तयारी पोसाक र जुटको आयातमा पनि भारतले रोक लगाउँदै आएको छ । अतिकम विकसित छिमेकी मुलुकका किसानको चुलोसँग जोडिएको विषयमा भारतले सानातिना झमेला झिकेर निर्यातमै रोक लगाउनु विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साप्mटा)को समेत मर्मविपरीत हो । यससँगै दुई देशबीचको सन्धिसमेतलाई ध्यानमा राखेर भारतले तत्काल निर्यात खोल्नुपर्छ । सरकारले पनि किसान मर्कामा परेकाले भारतसँग तत्काल निर्यात खुलाउन कूटनीतिक पहल गर्नुपर्छ । नेपाल सरकारले अदुवालाई नेपालको निर्यातयोग्य वस्तुको मुख्य सूचीमा राखेको छ । तर, सरकारी प्राथमिकताको सूचीमा परेको अदुवाको निर्यातमा भने बारम्बार समस्या आउने गरेको छ । पाँच वर्षयता भारतले नेपालको अदुवा निकासीमा दर्जनौँपटक अवरोध सिर्जना गरेको थियो ।
अदुवाको विश्व बजारलाई अवलोकन गर्ने हो भने युरोप र अमेरिकाबाट भारतमा बढी माग आउन थालेकाले नेपालमा उत्पादन वृद्धि भएको सम्बद्ध अधिकारी बताउँछन् । पछिल्लो समयमा ती देशमा नेपाली तथा भारतीय रेस्टुरेन्ट बढ्नुले नेपाली कृषि उपजका लागि नयाँ बजारको ढोका खुलेको हो । त्यसैगरी छिमेकी मुलुक भारतमा नेपाली अदुवाको ठूलो माग छ । भारत संसारकै सबैभन्दा ठूलो उत्पादक देश भएर पनि त्यहाँ नेपाली अदुवाको ठूलो माग छ । चिसो हावापानीमा फलेको नेपाली उत्पादन तुलनात्मक रुपमा बढी रेसादार भएकाले उच्च गुणस्तरको मानिन्छ । मुलुकको अदुवा मसला, औषधिका लागि राम्रो हुँदा ठूलो माग छ । यसको विशेषरुपमा आयुर्वेदमा चिसो ठाउँको अदुवा राम्रो हुन्छ भन्ने धारणाले बजार झन् बढेको छ । अदुवा उत्पादन र निर्यातमा सरकारको भूमिका छैन । बजारमा बिक्न थालेपछि कृषकले अदुवा लगाउन थाले । देशको उद्योग र नगदेबालीप्रति छिमेकीले आँखा लगाउने गरेका छन् । यसको साथसाथै उत्पादन र निर्यातसँगै सावधानी बढाउनु आवश्यक छ । करिब तीन दशकपहिले पश्चिमाञ्चलको पहाडी क्षेत्रमा कृषकले व्यावसायिक रुपमै अदुवा खेती गरेका थिए । तर बजार नपाएर अदुवा कुहिएपछि त्यस भेगका कृषकले यसको व्यावसायिक खेती बन्द गरेका थिए । अप्रशोधित अदुवा तेस्रो मुलुकमा निर्यात गर्न भएको कठिनाइ र भारतीय बजारमा प्रवेश नपाएका कारण त्यति बेला कृषकले ठूलो घाटा सहनुपरेको थियो । अहिले पनि भारतीय बजार र व्यापारीका भरमा अदुवा खेतीलाई छाड्ने हो भने त्यस्तै स्थिति कुनै पनि क्षण उत्पन्न हुनसक्छ । यसैले कृषकहरुको पौरखमा बढेको अदुवा उत्पादन कायमै राख्न सरकारले नीतिगत प्रोत्साहन दिनु आवश्यक देखिन्छ । त्यसैगरी बंगलादेशसँगको पारवहन मार्ग सुरु भएको २० वर्ष पूरा भइसक्दासम्म पनि हाम्रा प्रारम्भिक अपेक्षाहरु नै पूरा हुनसकेका छैनन् तर निर्यात व्यापारमा भने कहिले नाकाबन्दी लगाउने, कहिले बाटोमा अनेक किसिमले अवरोध गर्ने अनि कहिले पार्किङ गर्न नदिने जस्ता काम गरेर भारतले धेरैपटक दुःख दिँदै आएको कुरा कुनै नौलो भने होइन । यसका अलावा अर्को फुलबारी बंगलाबन्ध मार्ग हुँदै भएको व्यापार कारोबारको आकार ठूलो भए पनि नेपाली पक्षले खासै फाइदा लिन सकेको छैन । बंगलादेशले प्रत्येक वर्ष नेपाल निर्यात गर्ने सामानहरुको संख्या बढाइरहेको छ । तर, नेपाल पहिले जहाँ थियो, अहिले पनि त्यहीँ रहेको नेपाली व्यवसायी बताउँछन् । यसमा धेरै हदसम्म भारतीय बक्रदृष्टि नै जिम्मेवार रहेको नेपाली पक्षको बुझाइ छ ।
हाम्रो देशमा अदुवा मसला बालीको विगतका पाँच वर्षलाई दृष्टिगत गर्ने हो भने आर्थिक वर्ष २०७०÷७१ मा विभिन्न देशहरुमा अदुवाको निर्यात ४४९९०१ हजार रुपैयाँबराबर भएको थियो भने त्यसैगरी आर्थिक वर्ष २०७१÷७२ मा ४६४९२१ हजार रुपैयाँ, आर्थिक वर्ष २०७२÷७३ मा ६४३०८६ हजार रुपैयाँ, आर्थिक वर्ष २०७३÷७४ मा २४३३८८ हजार रुपैयाँ र चालू आर्थिक वर्षको पाँच महिनामा २५९१७७ हजार रुपैयाँबराबरको अदुवा निर्यात भएको सम्बन्धित क्षेत्रको तथ्यांकमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । विगत केही वर्षयता मसला, औषधि, तेल र सौन्दर्य सामग्रीका लागि संसारभरिबाट अदुवाको माग आउने क्रम बढेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले किसानले अघिल्ला वर्षभन्दा राम्रो मूल्य पाउन थालेका छन् । मुलुकभर भारतीय व्यापारीले आफैं अदुवाको संकलन गर्ने हुँदा संगठित तथ्यांक पाउन झनै गाह्रो छ । मुलुकको अदुवा बालीको क्षेत्रफलमा कृषि विकास मन्त्रालयको भनाइअनुसार आर्थिक वर्ष २०७०÷७१ मा २४ हजार दुई सय २६ हेक्टर रहेको अनुमान छ भने उत्पादन दुई लाख ७६ हजार एक सय ५० मेट्रिक टन थियो भने उत्पादकत्व भने ११ हजार तीन सय ९९ केजी प्रतिहेक्टर भएको अनुमान गरिएको थियो । त्यसरी नै आर्थिक वर्ष अदुवा बालीको क्षेत्रफल २०७१÷७२ मा २४ हजार दुई सय ५० हेक्टर रहेको अनुमान छ भने उत्पादन दुई दुई लाख ८५ हजार ५० मेट्रिक टन पुगेको थियो भने उत्पादकत्व भने ११ हजार सात सय ७५ केजी प्रतिहेक्टर भएको अनुमान गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ अदुवा बालीको क्षेत्रफलमा गतवर्षको दाँजोमा माइनस एक दशमलव छ प्रतिशतले घट्न गई २३ हजार आठ सय ५५ हेक्टर रहेको अनुमान गरिएको छ भने उत्पादनतर्फ अवलोकन गर्दा गतवर्षको तुलनामा माइनस सात दशमलव आठ प्रतिशतले घटन गई दुई लाख ६३ हजार एक सय ४० मेट्रिक टन थियो भने उत्पादकत्व ११ हजार ३० केजी प्रतिहेक्टर भएको अनुमान गरिएको छ । नेपालबाट भएको अदुवा निकासीको तथ्यांकलाई अवलोकन गर्ने हो भने ९९ प्रतिशत भारतमा भएको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । त्यसैगरी अरु मुलुकहरुमा अमेरिका, हङकङ, इथियोपिया र क्यानडामा एक प्रतिशतमात्र निकासी भएको तथ्यांकले देखाएको छ । अदुवाजस्ता निकासीका ठूलो सम्भावना रहेका वस्तुलाई प्रवद्र्धन गर्न सरकारले छुट्टै बोर्ड गठन गरेर सहयोग गर्नुपर्छ भन्ने सम्बन्धित विज्ञहरुको सुझाव रहेको पाइन्छ । मुलुकको मध्य–पश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलका पहाडी भेगको २१÷२२ जिल्लाहरुमा अदुवाको व्यावसायिक खेती गर्न सकिने भएकाले सरकारले विशेष कार्यक्रम ल्याएमा विदेशसँगको व्यापारघाटासमेत कम हुनेमा मन्त्रालयका अधिकारीहरु आशावादी छन् ।
समग्रमा भन्नुपर्दा भारतले हाम्रो देशको अदुवा स्तरीय नभएको तथा चिनियाँ अदुवा मिसावट गरिएको भन्दै अवरोध गर्दै आएको छ । अतः पछिल्लो समयसमेत भारतले ल्याबटेस्ट गर्दा हाम्रो देशको अदुवामा कैफियत देखिएको भन्दै निकासी रोकिदिएको हो । यसरी १० दिनदेखि भारतले फेरि नेपालको अदुवा निकासीमा अवरोध गरिरहेको छ । अदुवा लोड गरेर पूर्वी नाका काँकडभिट्टा पुगेका एक सय ५० वटा ट्रकलाई १० दिनयता भारत प्रवेश गर्न दिइएको छैन । भारतले रोक लगाएकै कारण लोड गरिएकोे नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालको कृषिवस्तुलाई भारतले निर्बाध निकासी दिनुपर्छ । तर, भारतले बेला–बेला परीक्षणका नाममा नेपालका कृषिलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । अहिले पनि अदुवा निकासीमा अवरोध रहेको छ । त्यस्तै, अघिल्लो वर्ष जुटमा भारतले काउन्टर भ्यालिङ ड्युटी (प्रतीकारात्मक कर) लगाएको थियो । नेपाली व्यवसायीले चीनबाट अदुवा ल्याएर भारत निकासी गर्ने गरेको आरोप उसले लगाउँदै आएको छ । यसर्थ नेपाली व्यवसायीले भने भारतको आरोपलाई खण्डन गर्ने गरेका छन् । नेपालको अदुवा स्तरीय हुनुका साथै पूर्णरूपमा नेपालमै उत्पादित भएको सम्बन्धित निकायको दाबी रहेको छ । यसरी विगतका वर्षहरुदेखि नै यस्ता किसिम कुकार्य गर्दै आएको छ । विगतका वर्षहरुलाई हेर्ने हो भने भारतले सन् २०१२ देखि नै अदुवालाई रेस्टिकेट गरेको थियो । तर, पछि नेपाल–भारत वाणिज्य सन्धि भएपछि अदुवा निकासी सहज हुन थालेको सम्बन्धित क्षेत्रको भनाइ रहेको छ । मुलुकसँग गरिएको सन्धिबारे भन्सार कार्यालयहरूलाई परिपत्र गर्नुपर्छ, तर भारतले आफ्ना भन्सार नाकाहरूमा परिपत्र नै गरेको छैन एक्कासि किसानहरुले लगेको अदुवा रोकिएको हो । पछिल्लो पाँच महिनामा भारततर्फ भएको अदुवाको निर्यात तथा आयात यस प्रकारको रहेको छ । ताजा अदुवा आयात १३ हजार रुपैयाँको भएको थियो भने निर्यात ११ करोड ११ लाख १२ हजार रुपैयाँबराबर भएको थियो । त्यसैगरी अदुवाको सूठो आयात दुई करोड ७३ लाख रुपैयाँको भएको छ भने निर्यात भने १२ करोड १३ लाख ५० हजार रुपैयाँको भएको सम्बन्धित क्षेत्रको तथ्यांकबाट देखिन्छ । त्यसरी नै अन्य अदुवाको अध्ययन गर्दा अदुवाको आयात ६० लाख छ हजार रुपैयाँबराबरको देखिन्छ भने त्यसरी निर्याततर्फ हेर्ने हो भने सोही समयमा दुई करोड ४९ लाख छ हजार रुपैयाँबराबर भएको सम्बन्धित क्षेत्रको आँकलनबाट स्पष्ट हुन आउँछ । यी सबै विभिन्न प्रकारको अदुवाको कुल आयात दुई करोड ६० लाख ९२ हजारबराबर भएको देखिन्छ भने निर्यातलाई अवलोकन गर्ने हो भने २५ करोड ७३ लाख ६८ हजार रुपैयाँबराबरको भएको तथ्यांकले देखाउँछ । यसबाट के कुरा स्पष्ट हुन्छ भने हाम्रो देशबाट भारतमा विभिन्न समयमा अदुवा आयातभन्दा निर्यात २३ करोड १२ लाख ७६ हजार रुपैयाँबराबरको भएको सरकारी तथ्यांकबाट स्पष्ट हुन जान्छ । यसरी भारतलगायत अन्य मुलुकमा नेपालको अदुवा निर्यात गर्नका लागि सरकारले पनि अदुवा किसानहरुलाई सक्दो योगदान हुनेखालका कार्यक्रमहरु ल्याएर किसानलाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गर्न ढिला गर्नु हुँदैन । देशका कृषकहरुले राम्रो बीउ र मलजल पाए नेपालमा सजिलै प्रतिहेक्टर उत्पादन २५ मेट्रिक टनसम्म पु¥याउन सकिनेमा कृषि विकास मन्त्रालयका अधिकारीहरु आशावादी छन् । यदि सरकारले अदुवा कृषकहरुलाई सघाउने हो भने त्यसको प्रतिफल उच्च हुने स्पष्ट छ । यसका लागि अदुवाको प्रशोधन, बजारमा पहुँच, बाली बीमा र कृषि सेवाजस्ता क्षेत्रमा सरकारले ध्यान दिनु आवश्यक हुन्छ । मुलुकबाट निर्यात गरिने अदुवामा महत्वपूर्ण तत्व जोगिने गरी प्रशोधन गर्न आधुनिक प्रविधिको विकास र विस्तार जरुरी छ । सौर्य ऊर्जाद्वारा चल्ने स–साना ड्रायरको विकास गरेर कृषकसम्म पु¥याउन सके सम्भवतः अदुवा भण्डार गरेर राख्न र उचित मूल्यका निम्ति मोलतोल गर्ने क्षमता बढ्नेछ । यसरी नगदेबालीको रुपमा रहेको अदुवा खेतीले किसानहरुको जीवनस्तरमा सुधार हुनसक्छ । यसबाट नै गरिबी निवारणका नाममा विभिन्न कार्यहरु गर्नुभन्दा सरकारले यस्ता आत्मनिर्भर हुने उपायमा बढी ध्यान दिनु आवश्यक देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...

वेदको सिर्जना कहिले र कसद्वारा भयो ?

पूर्वीय दर्शनका ज्ञाता विद्वान्हरु हिन्दूहरुको सबैभन्दा प्राचीन र पवित्र ग्रन्थ वेदलाई मानिसद्वारा रचिएको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै