logo

खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

फलेवास, पर्वत, माघ १६ 

झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ ।

गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । सिँचाइको अभावले कमै मात्रामा गहुँ र तोरीको खेती हुने गरेको छ । वर्षा नहुँदा कृषकले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सिँचाइको सुविधा भएका ठाउँमा पनि गत वर्षको जस्तो उत्पादन हुन सकेको छैन । जिल्लाको नौ हजार ७० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको सुविधा छ । हिउँदमा छ हजार ४२० हेक्टरमा मात्र सिँचाइ गर्न सकिन्छ । जिल्लामा दुई हजार ६१५ हेक्टरमा गहुँ र करिब एक हजार हेक्टरमा तोरी उत्पादन हुँदै आएको छ भने त्यति नै संख्यामा जौ र एक हजार ५४० हेक्टरमा आलु उत्पादन हुन्छ । जिल्लाको पाङ, फलेवास, कटुवाचौपारी, बर्राचौर, कुर्घालगायत फाँटमा गहुँ र तोरीको बढी खेती गरिँदै आएको छ ।राससका अनुसार उच्च पहाडी र समथर भूभागमा पनि धान काटेलगत्तै आलुलगायत हिउँदे बाली लगाइन्छ ।

वर्षा नहुँदा तरकारीबालीमा विभिन्न किसिमको रोग कीराको प्रकोप बढ्छ । हिउँदे बाली थन्क्याएर बर्खे बालीका रुपमा मकै र कोदो लगाउने बेलासम्म पनि पानी नपर्दा बाँझो जोत्न नपाएको ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन्...

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल...

पाँच बिगाहको गाँजा नष्ट

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै