logo

कृषिक्षेत्रको आधुुनिकीकरणमा जोेन डियर ट्र्याक्टर

काठमाडौं, माघ १६
जोन डियर ट्र्याक्टर प्रा.लि. विश्वको नम्बर १ ट्र्याक्टर कम्पनी हो । विश्वभर बिक्री हुने यस जोन डियर ट्र्याक्टरको ५७ वटाभन्दा बढी देशमा आफ्नो विश्वस्तरको फ्याक्ट्रीहरु रहेका छन् र विश्वका एक सय ५० भन्दा बढी देशमा यसको बिक्रीवितरण हुने गरेको छ । जोन डियरको स्थापना सन् १८३७ मा अमेरिकामा भएको हो ।
यस कम्पनीका संस्थापकको नामबाट यो कम्पनी को नामकरण भएको हो । यो ट्र्याक्टर कम्पनीले नयाँ प्रविधि र कृषि क्षेत्रमा आधुनिकीकरणलाई बढी जोड दिएको छ । हालमा सन् २००२ देखि यस जोन डियर कम्पनी भारतबाट पनी उत्पादन सुरु गरी यस क्षेत्रमा किसान वर्गका लागि सेवा र सुविधा दिँदै आइरहेको छ । यस जोन डियर ट्र्याक्टरको अनौठो विशेषताहरुले गर्दा अन्य ट्र्याक्टरको तुलनामा यो बढी उत्पादकत्व बढी ताकतवर र बढी विश्वासिलो ट्र्याक्टर रहेको छ । यसमा रहेको पावर स्टेरिङ्गले गर्दा चालकलाई सजिलैसँग चलाउन सक्ने हुन्छ । साथै तेलमा डुबेको डिक्सबे्रकले गर्दा भनेको ठाउँमा रोक्न सकिने र विश्वासिलो हुन्छ । यसमा रहेको आयल जेट स्प्रेले गर्दा अन्य ट्र्याक्टरको तुलनामा यसको इन्जनको आयु बढी हुन्छ । हाइड्रोलिक उठाउने क्षमता बढी भएकोले हेभी इम्प्लिमेन्टलाई पनि सजिलै चलाउनसक्छ । यसमा भएको टप सफ्ट लुब्रिकेसन सिस्टमले गेयर बक्समा आउने टुटफुटलाई कम गराउँछ । नेपालमा पहिलोपटक पाँच वर्ष वा ५००० घण्टा वारेन्टी दिने यो जोन डियर ट्र्याक्टर अन्यको तुलनामा बलियो विश्वासिलो र भरपर्दो रहेको छ । हरियो र पहेलो रंगमा रहेको यो ट्र्याक्टर किसानलाई सबैभन्दा बढी मन पर्ने ट्र्याक्टर हो । यस ट्र्याक्टरमा भल्भ प्लस टेक्नोलोजी भएकाले अन्य ट्र्याक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गर्दछ । आकर्षक रंग र डिजाइनले गर्दा यो ट्र्याक्टर अन्यभन्दा फरक देखिन्छ । नेपालमा यसको बिक्रीवितरण विवेक अटोमोबाइल्स प्रा.लि.ले गरिरहेको छ । नेपालमा एक सय ४० वर्षको व्यापारिक इतिहास बोकेको एमभी दुुगड ग्रुुपअन्तर्गत पर्ने यस विवेक अटोमोबाइल्स प्रा.लि.ले नेपालका किसानहरुका लागि देशभर नै विभिन्न ठाउँमा गरी १५ वटा शाखा र सातवटा उपशाखा खोली आफ्नो ग्राहकहरुलाई स्तरीय सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

जितपुर सिमरा बारास्थित ट्र्याक्टर डिभिजनको मुख्य कार्यालयको वर्कशपको उद्घाटन समारोहमा बोल्दै प्रभात सक्सेनाले नेपालमा कृषिक्षेत्रमा रहेको उत्पादनको सम्भावनालाई मूर्तरुप दिन यो ट्र्याक्टरले नै सम्भव रहेको बताए । अनौठा टेक्निकले गर्दा यो ट्र्याक्टर किसानको पहिलो रोजाइमा पर्दै आएको उनले जानकारी दिए । त्यसैगरी एमभी दुुगड ग्रुुपका भाइस चेयर म्यान विवेक दुगडले ट्र्याक्टर तथा कृषिको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने ट्र्याक्टर जोन डियर रहेको बताए । ३६, ३९, ४२, ४५, ५०, ५५, ५५ एफडब्लुुडी हर्षपावर श्रेणीहरुमा उपलब्ध रहेको यो ट्र्याक्टर सबै किसिमका लागि उपयुक्त रहेको छ ।  संसारभर प्रख्यात जोन डियरले नेपालमा तराईको हरियो फाँटदेखि हिमाली जिल्लाहरुको गाउँ–गाउँलाई जोडेको कम्पनीले दाबी गरेको छ । विभिन्न सातवटा अलग हर्षपावर उपलब्ध हुर्दा यस ट्र्याक्टरले सम्पूर्ण किसिम दाजुभाइहरुलाई ठूलो टेवा पु¥याएको कम्पनीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै