logo

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

बैतडी, माघ १५ 

बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो ।”

पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरेको भए पनि सेवा निकै ढिलो भएको सेवाग्राहीले गुनासो गरेका छन् । खाता सञ्चालन गर्नमै एक हप्ताभन्दा बढी लागेको पुर्चौंडी–४ का सुरेन्द्र धानुकले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ ।” घर नजिकै बैंक आएकाले खुशी भएका नागरिक बैंकिंग सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन् ।

नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ । नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन् । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै