logo

‘ब्यथितीमा सोसल मिडिया र नारीको चीर हरण’

लक्ष्मण सिटौला
महाभारतको द्रौपती युग देखि हालसम्म स्त्रीजातीको बस्त्र कहिले सुरक्षीत रहन सकेन । स्त्री मनोरंजनको साधन बनेकी छिन । महिला स्वयं आफ्नो सोर्ह श्रृङ्गार कस्का लागि हो भनेर जान्न चुकिरहेका छन ।
करियर बिकास र महिला उत्थानका नाममा ब्यापारिक उदेश्य द्वारा संचालित शौन्दर्य प्रतियोगिताको सूचना आज जारी भयो । अब शहरका सुन्दरीहरुलाइ आजको रात बाट राम्रो सग निन्द्रा पर्दैन । आफ्नो अनुहार छानिन्छ कि छानिन्न यहि चिन्ताको बर्कान सुरु भयो अब । केही महिनाका लागि नेपालका पत्रपत्रिकाले राम्रै काम पाय । चीर हरण गराउन अब लाइन लाग्ने छ । आधुनिक द्रौपतीहरुले भोलि देखि शरीरको नापजाँच गर्न थाल्छन । अब बजारमा प्लास्टिकका अनुहार प्रसाधनहरु राम्रै बिक्रीवितरण हुन्छन । आधुनिक द्रौपतीहरुका लागि अब असार सुरु भयो । सबलाइ भ्याइ नभ्याइ हुन्छ । कोहि कलेज हापेर हिड्छन , कोहि जागीर बाट भाग्छन , असारको किसानलाई बरु के चटारो पर्लार ! पुरुषकै यायावरमा नर्तकी बन्न किन झुम्मिन्छ आधुनिक बैनीहरु ? पाइन्छ के ? मिल्दछ के? अनि फेरि पुरुषलाई किन बदनाम गर्नु? पुरुष लाई शरीर नापतौल गर्न लगाउने अनि पुरुषलाई नै गाली ?
एउटा सामान्य केटालाई र्याम्पमा नितम्ब देखाएर नयाँ कपडाको बिज्ञापन मोडल खेलिरहेकी केटी देख्यो भने उ भित्र यौन भाव जागृत हुन्छ । उ भित्र भित्र भ्रमित हुन्छ आहा यो पो हो केटी कति राम्री कस्तो जिउ कति राम्रो मुहार अहिलेकी आधुनिक सब बुझेकी कस्तो नीतम्ब ? कस्ता ओठ ?आदि आदि ... उ भित्र भित्र केटीको सुन्दरता बयान गरिरहेको हुन्छ । तर त्यही केटी बिहे गर्न प्रपोज आयो भने उ हच्किन्छ किनकि र्याम्पमा आधा नाङ्गो भएर नीतम्ब देखाएर हिड्ने केटी बिहे गर्दा इज्जत हुदैन उस्को चरीत्र पनि राम्रो हुदैन भनेर भनिहाल्छ । हामी पुरुषले नाङ्गो नचाएको हो उस्लाइ । उस्को नाङ्गो शरीर चै आँखा च्यातेर हेर्न हुने तर बिहेको प्रस्ताव आयो भने चै इज्जतको कुरा आउने ? बिहे गर्न घरजम गर्नत सबैलाई सोझी नै केटी चाहिएको रेछ त ! । अनि नेपाल सुन्दरी प्रतियोगिता हेर्न किन जानू? त्याहा पनित केटीलाई अर्धनग्न पारिने काम हुन्छ नै । यस्मा जिम्मेवार कस्को हो अर्धनग्न हुन तयार हुने आधुनिक केटीको हो कि अर्धनग्नता हेर्न जाने केटाको ?

हिजोआज सबैजसो दैनिकी पत्रीका, साप्ताहि पत्रीका, मासिक पत्रिकामार्फत दैनिक बिसौ लाखका यौनसग सम्बन्धित सामाग्रीका बिज्ञापनहरु आइरहेका छन ( ती हुन यौन दुर्बलता हटाउने ओखतिका बारेमा र यौन खेलौनाका बारेमा । आफ्नै नाबालक छोरीलाई बलात्कार गर्ने राक्षस पुरुषलाई बलात्कार गर्न उक्साउने यस्ताखाले बिज्ञापन छाप्ने पत्रकारलाई मुखमा थुक्नी कि नथुक्नी अब ? कतिपय पत्रिकामार्फत ( “ योनी टाइट गर्न हामी सग सम्पर्क गर्नुहोस् “ भनेर मोबाइल नम्बर सहितको बिज्ञापन छाप्ने पेसाका दलालहरुलाइ किन नेपाली महिला दिदीबहिनीहरुले बिरोध र कार्वाही गर्न सकिरहेका छैनन? 
के यस्ता प्रचारले महिलाको श्री र सम्मान अनि गरिमामा कुनै आघात पर्दैन? पत्रीका होकि यौन धन्दा मौलाउन सहयोग पुर्याउने मध्यस्तदुत हुन यी पत्रीका ? कस्तो प्रकारको बिज्ञापनले सामाजिक असर पर्छ भन्ने कुरा न सरकारलाई थाहा छ न छपाउन लगाउने जंगली बनमान्छेहरुलाइ थाहा छ ? न मिडियाकर्मीहरुलाइनै थाहा छ? थाहा पाएर पनि बुचपचाइएको छ । सरकारलाइ कर चाहिएको छ। ब्यापारीलाई नाफा चाहिएको छ । उपभोक्ता लाई मनोरंजन चाहिएको छ अनि कुरो मिलिगो नि । समाज लाई पर्ने असर तर्फ कस्को ध्यान जानू ? किन जानू नदुखेको टाउको डोरी बानेर किन दुखाउनु । सभ्य समाज निर्माणका लागि खोलिएका स्कुल कलेज र बिश्वबिद्धालय बेकम्मा बन्दै गइरहेको कुरो यहाँ स्वीकार गरिदैन ।
“यनिहाउ पैसा कमाउ“ भन्ने मनोरोग बाट ग्रसित छ आजको मिडिया । कति भ्रमले ग्रसित छन आजको युवायुवती र ठगिरहेछन दिन दाहाडै तिन्लाइ । काम नगरे पैसा फिर्ता रे ! यान्टिबायो िटक्स खाएर घाउ निको भएजस्तो हो र मान्छेभित्रको यौन पनि ? कति मूर्ख बनाइरहेछन मिडियाले र औषधी ब्यापारीहरुले गम्भीरता पुर्वक सोचौ ।

रक्सी र भोड्काका , यौनका खेलौना र यौनउत्तेजक औषधी,भियग्रा र जियग्रा,नाङ्गा महिला मोडलका तस्वीरले पत्रीका भर्ने अनि कहाँ कहाँ बलात्कार भयो भनेर रिपोर्टिङ गर्दै हिंड्न् लाज लाग्दैन?
रक्सी चुरोट र यौन सामाग्रीको बिज्ञापनले पत्रीकामा प्रमुखता पाइरहेको हुन्छ । यो धन्दाले ब्यापारी देखि बिज्ञापन ब्यवसाइहरु यसरी मोटाइरहेका छन कि यिन्ले बाल युवक र बृद्ध अवस्थामा पुगेका पुरुषलाई समेत कन्फ्युज बनाइरहेका छन ।
हाम्रो समाज पश्चिमा समाजको ठिमाहा बनिसकेको छ । बिज्ञापन हेर्दा यस्तो लाग्छ कि सबै नेपाली पुरुष नपुंसक हुनकि क्या हो भन्ने भ्रम पैदा हुन्छ । लिंगको साइज बढाउने देखि महिलाका योनि टाइट गर्ने सम्मका बिज्ञापन देख्दा मान्छे भित्रको संवेदनशिलता मर्दै गएको देखिन्छ। जीवनमा यौन बिषय भन्दा बाहेक अरु कर्महरु नै छैन जस्तो ।
गरीब मुलुकका गरीबी मानसिकता भएका मानवले मात्रै यौनका बारेमा धेरै चिन्ता र चिन्तन गर्दारहेछन र दिनानुदिन बलात्कारका घटना बढिरहेका छन । हिजोआज सोसल मिडिया “ फेसबुक , टुइटर , ईन्स्टिग्राम र अरु अन्लाईन पत्रीकामार्फत यौनजन्य न्युजहरु यति व्यापक आउन थालेका छनकी मान्छेलाई पशु र पत्रु बन्न यस्ता न्युजले धेरै सघाउन थालेको छ ।
सदुपयोगमा भन्दा दुरुपयोगमा बढी उपयोग हुन्छ हाम्रो सोसल मिडिया । जाहाको सरकार भ्रष्ट छ, जुन देश गरीब छ, जाहाका जनता फुर्सदमा छन तिन्ले सिर्जनात्मक कुराहरूमा भन्दा नकारात्मक कुराहरूमा चासो दिने तथ्यांकले बताउछ । बन्द हडताल भाषणवाजी भोकहडताल बार्हैमहिना बार्गे्निङको राजनीति र उत्सृन्खल खालका कृपाकलाप फुर्स्दिलो क्षणको उपयोग हो ।
पुर्ण विकसित देश त्यतातिर जादैन किनभने त्यहा कामनै पुजा हो । त्याहा कोहि फुर्सदमा हुदैनन । अर्काको बारेमा चिन्तन गर्दैनन् । सप्ताहन्त देखि बाहेक अरु समय कोहि ब्यक्ती सडकमा देखिदैनन । न सोसियल मिडियाको दुरुपयोग नै छ। न पत्रपत्रिकामा बालिका बलात्कारको घटना नै छापिन्छन। नेगेटिभ कुराहरूमा सेन्सर्शिपको नियम र नियन्त्रण नआए सम्म नेपालमा बलात्कारको घटनामा कुनै कमि आउदैन । सन्सारका सबै पत्रीका जम्मा गरेर हेरु हाम्रा छापा मिडियामा सोसल मिडियामा जस्ता नेगेटिभ न्युज बिश्वका अरु कुनै पत्रिकामार्फत पनि आउदैनन ।
हाम्रो सोचाइ गलत छ, चिन्तन र चिन्ता गलत छ।किनभने गलत कुराहरु सानैदेखि पढ्न उत्प्रेरित गर्छ मिडियाले नै । हामी आफ्नो बारेमा कम सोच्छौ अरुको बारेमा धेरै चासो र चिन्ता लिन्छौ । आफुले अरुका कुरा काटेपछि अरुले पनि मेरा कुरा काटिरहेका होलान् है भनेर सोच्दैनौ । हामी अरुको हुयामा दगुर्छौ। हामीमा आफ्नो बिचार कहिले हाबी हुनै पाउदैन । अरुले समर्थ गरे समर्थन र अरुले बिरोध गरे बिरोधनै गर्नी बानीले ग्रस्त छौ हामी । र बढी मिडियामा बिश्वास राख्छौ ।
घास काटन रुख चढेकि भाउजू अन्लाईन देखिन थालेकी छिन। पुजा गर्न मन्दिर पसेका पुजारी मेसेन्जरमा मस्त देखिन्छन । गाग्रीमा पानी भरिरहेकी केटी गाग्रीबाट पानी पोखिएर गएको आधा घन्टा भो तर मोबाइल मै ब्यस्त देखिन्छिन । हामीलाई आदत बस्यो कि गलत न्युज नहेरेसम्म ज्यानमा घाम लाग्दैन । हामी सुर्योदय देखि सुर्यास्त सम्म नेगेटिभिटिले ग्रसित छौ ।
मानौ बलात्कार ,बन्दहडताल ,भ्रष्टाचार ठगी,अपहरण जस्ता न्युजहरु हाम्रो जागर उमार्ने खुराक हुन र यी सबै कुराको ब्यास्थापन मिलाइदिने काम मिडियाले गरिरहेका छन । अब तपाईं भन्नुहोला गलत कुरा किन पढ्न पर्योत भनेर (आकाशमा लागेको घामलाइ नहेर भनेर भन्न सकिन्छर? खराब कुरोत डढेलो हो । यो यति छिटो फैलिन्छ कि हामी बिश्वासनै गर्न सक्तैनौ । जस्तो समाजमा जन्म्यो त्यसैको गन्धले र सुगन्धले हामी भिजिसकेका हुन्छौ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...

‘ब्यथितीमा सोसल मिडिया र नारीको चीर हरण’

महाभारतको द्रौपती युग देखि हालसम्म स्त्रीजातीको बस्त्र कहिले सुरक्षीत रहन सकेन । स्त्री मनोरंजनको साधन बनेकी...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै