logo

शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं, माघ १५
शिवम् न्यु डायमण्ड एकेडेमीको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपालका चर्चित टिमका राष्ट्रिय स्तरका खेलाडीले कला कौशल प्रदर्शन गर्ने तथा नयाँ खेलाडीले आफ्नो प्रतिभा उजागर गर्ने शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता माघ २१ देखि २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । लिगकम नकाउटका आधारमा खेलाइने प्रतियोगिताका सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । ढोरपाटन महिला डबल लिगको १३औँ संस्करणका उत्कृष्ट छ स्थान हासिल गर्ने टिमले प्रथम शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि अनुमति पाउनेछन् ।
न्यु डायमण्ड एकेडेमी र शिवम् सिमेन्टबीच भएको एक वर्षे सम्झौताअनुसार शिवम् न्यु डायमण्ड कपका लागि मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टले पाँच लाख उपलब्ध गराउने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५१ हजार, द्वितीय पुरस्कार एक लाख एक हजार, तृतीय पुरस्कार ५१ हजार तथा चौँथो पुरस्कार २१ हजार रहेको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १० हजार नगद र आकर्षक ट्रफी प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनही पाँच हजार, ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पुरस्कारतर्फ तीन लाख ६४ हजार खर्च हुने आयोजकले बताएको छ । शिल्ड, मेडल र प्रमाणपत्रका लागि एक लाख ५० हजार लाग्ने तथा रेफ्री, स्वयंसेवक, अफिसियल तथा खेल सामग्रीका लागि तीन लाख लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ । साउन्ड सिस्टम, मञ्च तथा ग्राउण्ड व्यवस्थापन तीन लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई प्रभावकारी बनाउन प्रत्यक्ष प्रसारण गरेको खण्डमा प्रचारप्रसारका लागि १५ लाख, टिम व्यवस्थापन पाँच लाख र भइपरीतर्फ तीन लाख गरी प्रतियोगिताको जम्मा खर्च ३४ लाख १४ हजार रहेको छ ।
महिला भलिबलको विकास र सिस्तारमा एकेडेमीले २०६४ जेठ ५ गतेदेखि स्कुलका स–साना छात्राहरुबाट प्रशिक्षण सुरु गराई २०६५ सालदेखि नै विद्यालयस्तरका प्रतियोगिताहरुमा च्याम्पियन बन्दै आइरहेको छ । एकेडेमीले चर्चित खेलाडीहरुको उत्पादन गर्दै आइरहेको छ । नेपाल सरकार, व्यापारी–उद्यमी, खेलप्रेमीको सहयोगबाट प्रशिक्षणका लागि इन्डोर हल निर्माण गर्नलागेको एकेडेमीले जनाएको छ । एकेडेमीले इन्डोर हलकै सपनालाई साकार पार्ने उद्देश्यले शिवम् सिमेन्टस् प्रालिसँगको सहकार्यमा महिला खुला भलिबल गर्न लागेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै