logo

कसरी घटाउन सकिएला नेपालको व्यापारघाटा ?

ज्ञानमणि नेपाल कालोटोपी
यस वर्ष वैदेशिक व्यापारमा नेपाललाई दैनिक २ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिकवर्षको पहिलो पाँच महिना (साउन देखि मंसिर) सम्मको तथ्यांकले व्यापारघाटा उच्च भएको देखाएको हो । गत वर्षको सोही अवधिमा दैनिक व्यापारघाटा २ अर्ब ३४ करोड थियो ।
कुनै वस्तु किनेको मुल्य भन्दा बेचेको मुल्य कम भयो भने त्यसलाई सामान्यरुपमा घाटाको अवस्था भनेर मानिन्छ । यसैलाई आधार मान्दा कुनै देशले बाहिरबाट धेरै मुल्यको सामान किन्यो र आफ्नो देशबाट थोरै मात्र सामान बेच्न सक्यो भने पनि त्यो व्यापारघाटा नै हो । यसर्थ नेपालको व्यापारघाटा दैनिक रुपमा वढ्दै छ भन्न सकिन्छ । हामीले किन्ने र बेच्ने सामान वीचको दुरी असामान्यरुपमा वढेसँगै देशको व्यापारघाटा पनि वढेको हो । यस आर्थिकवर्षको साउन महिनामा मात्र नेपालले ५६ अर्ब १२ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोरेको तथ्याङ्क सार्वजनिक भएको थियो । विगत लामो समयदेखि निकै ठूलो रुपैयाँको व्यापारघाटाको सामना गर्दै आएको नेपालको पछिल्लो यो घाटाले हाम्रो परनिर्भरता वढेको मात्र छैन , प्रतिव्यक्ति ऋणको अनुपात पनि वढाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा व्यापारघाटा ३ खर्ब ९८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यही समयमा व्यापारघाटा ३ खर्ब ५१ अर्ब ६७ करोड थियो । मुलुकको निर्यात भन्दा आयात उच्च वृद्धि भएपछि व्यापारघाटाको खाडल वर्र्षेेनि बढ्दै गइरहेको छ । यो वर्षभरि व्यापार घाटा १० खर्ब हाराहारीमा पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको छ । यो ज्यादै दुखद कुरा हो । पाँच महिनामा विभिन्न मुलुकबाट चार खर्ब ३२ अर्ब ४८ करोडको वस्तु नेपाल भित्रिएको छ । सोही अवधिमा नेपालबाट ३३ अर्ब ७२ करोडको मात्र वस्तु निर्यात भएको छ । गत वर्षको पाँच महिनामा तीन खर्ब ८२ अर्ब २७ करोडको वस्तु भित्रिएको थियो भने ३० अर्ब ६० करोडको वस्तु निर्यात भएको थियो । यो अवधिमा आयात ५० अर्बले वृद्धि हुँदा निर्यात ३ अर्बले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार ५ महिनामा ४ खर्ब ६६ अर्ब २० करोडको कुल व्यापार भएको छ । कुल व्यापारमा आयातको हिस्सा ९२.८ प्रतिशत र निर्यातको हिस्सा ७.२ प्रतिशत मात्र छ । गत वर्षको यही समयमा चार खर्ब १२ अर्ब ८८ करोडको व्यापार भएको थियो । बढ्दो रेमिट्यान्स आप्रवाहसँगै नेपालीमा किनेर खाने प्रवृत्ति विकास भएपछि आयात वर्षेनी उच्चदरमा वृद्धि भइरहेको छ ।
पाँच महिनाको अवधिमा ६१ अर्ब २० करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । यस्तै ४३ अर्ब नौ करोडको फलाम तथा स्टिलजन्य वस्तु भित्रिएको छ । मेसिनरी तथा पार्टपुर्जा ४० अर्ब ९५ करोड, सवारीसाधन ३५ अर्ब ५८ करोड र इलेक्ट्रिक सामान २९ अर्ब ६६ करोडको भित्रिएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ अर्ब ७१ करोडको चिया तथा कफी निर्यात भएको छ । हस्तकला ३ अर्ब १९ करोड, कार्पेट २ अर्ब ९७ करोड, लत्ताकपडा २ अर्ब ८४ करोड, फलाम तथा स्टिल एक अर्ब ९६ करोडको निर्यात भएको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुकै अवस्था पछिल्ला केहि वर्ष यता ज्यादै दयनीय छ । प्रभावकारी योजना निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको ठोस खाका बन्नै नसक्दा मुलुक माथि आयात व्यापारको भार बढ्दै गएको हो । जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात व्यापारमा भने निराशाजनक स्थिति देखिएको छ । तथ्यांक अनुसार वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
सरकारी प्रतिवेदन अनुसार यस अवधिमा भारतबाट भएको आयात १२ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमलव ४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४ दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ । गत आर्थिकवर्षको कूल व्यापार १० खर्ब ५९ अर्ब थियो । जसमध्ये कुल वस्तु आयात ९ खर्ब ८४ अर्ब र कुल निर्यात ७४ अर्ब ७१ करोड मात्र भएको थियो । कुल व्यापारघाटा ९ खर्ब ९ अर्ब भएको तथ्यांकले देखाएको छ । आर्थिकवर्ष ०७२ ÷०७३ मा कुल वस्तु आयात ८ खर्ब १ अर्ब २१ करोड रुपैयाँ रहेको र कूल व्यापारघाटा मात्र ७ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा जम्मा ८९ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यी तथ्यांक हेर्दा अघिल्लो आर्थिकवर्ष भन्दा पछिल्लो वर्षमा वस्तु निर्यात घटेर आयात वढेका कारण करिव २ खर्ब रुपैयाँको व्यापारघाटा वढेको देखिन्छ ।
आर्थिकवर्ष ०७३÷०७४ मा आयात भएका प्रमुख वस्तुहरु मध्ये पेट्रोलियम पद्धार्थ मात्र १ खर्ब ४० अर्ब ५ करोडको आयात भएको थियो । त्यस्तै फलाम तथा स्टिलको आयात ९३ अर्ब ७१ करोड, मेशिनरी सामान ८२ अर्ब १४ करोड, सवारी पार्टपूर्जा ७९ अर्ब ५० करोड , विद्युतिय सामान ७० अर्ब ६ करोड, खाद्यान्न ४० अर्ब १४ करोड रुपैयाँको आयात भयो । त्यस्तै अन्य सामानहरु मध्ये प्लाष्टिकजन्य सामान ३५ अर्ब १४ करोड, सुनचाँदी ३२ अर्ब १३ करोड, खनिजजन्य वस्तु ३१ अर्ब १३ करोड र तेल तथा घिउ २८ अर्ब ८३ करोडको आयात भयो । यसको तुलनामा निर्यात ज्यादै कम मात्र भएको छ । निर्यात भएका मुख्य वस्तुहरुमा गलैंचा र कार्पेट ७ अर्ब ६३ करोड, चिया कफि ७ अर्ब २ करोड, कपासजन्य वस्तु ६ अर्ब ९८ करोड, तयारी कपडा ६ अर्ब १० करोड, तरकारी र सुपारी ५ अर्ब ११ करोड, राडीपाखि ३ अर्ब २५ करोडको निर्यात भएको थियो । त्यस्तै फलाम तथा स्टिल ३ अर्ब ९४ करोड, थान्का ३ अर्ब ८ करोड, पशुदाना २ अर्ब ८८ करोड र हाते कागज २ अर्ब १८ करोडको निर्यात भयो ।
यहि अवस्था रहिरहने हो भने चालु आर्थिकवर्षमा व्यापारघाटा धेरै गुणाले वढ्न सक्ने देखिएको छ । कूल व्यापारघाटा मध्ये भारतसँगको घाटा ७.४ प्रतिशत र चीनसँगको व्यापारघाटा ३९.१० प्रतिशतले वढेको छ । त्यस्तै अन्य देशसँगको घाटा भने ४.६ प्रतिशतले घटेको छ । यसर्थ यो तथ्याङ्क अनुशार नेपालको कारोबार २ छिमेकी देशहरु चीन र भारतसँग नै वढ्दै गएको देखिएको छ ।
भारत, चीन र अन्य तेस्रो मुलुकहरुमा गरिदैं आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापारघाटा पनि बढेको राष्ट्रबैंकले जनाएको छ । नेपालबाट चीनतर्फ निर्यात हुदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामान लगायतका वस्तुहरु अहिले विगत जसरी पठाउन सकिएको छैन । तर चीनबाट आउने सामानहरु तयारीपोशाक , जुत्ता–चप्पल, यातायातका पार्टपूर्जा र रासायनिकमल लगायतको आयात भारतको मार्ग हुँदै भएपनि वढेको छ । जसले गर्दा चीनसँग व्यापारघाटा वढेको हो । भारतबाट विशेषगरि पेट्रोलियम पद्धार्थको आयात उच्च छ । यसका अतिरिक्त यातायातका साधन र यसका पार्टपूर्जाहरु, सिमेण्ट, फलामेछड र औषधिको आयात पनि वढेका कारण भारतसँगको व्यापारघाटा पनि उच्च भएको हो । त्यस्तै तेस्रो मुलुकहरुमा जाने गरेको दाल, चिया र हस्तकलाका सामानहरुको निर्यात पनि घट्न गएको छ । यी मुलुकहरुबाट सुनचाँदी, पार्टपूर्जा, दुरसंचारका उपकरण तथा तामाको तार लगायतका वस्तुहरु नेपाल ल्याउने गरिएको छ ।
विगत देखि कै कुरा गर्ने हो भने गत आर्थिकवर्ष सम्ममा प्रत्येक नेपालीको थाप्लोमा २२ हजार १५९ रुपयाँ ऋण थियो । अहिले यो अनुपात पनि वढेर यसवर्ष २३ हजार ९६२ रुपैयाँ पुगेको छ । नेपालमा हरेकजसो क्षेत्रले बाहिरी देशकै भरपर्नु पर्ने बाध्यता छ । यहाँका उद्योग कलकारखानाहरु संचालनका लागि चाहिने कच्चा पद्धार्थ समेत हामीले बाहिरबाटै ल्याउँछौं । यति मात्र होइन बिदेशबाट लिएको ऋणलाई पनि हामीले उत्पादनमुखि क्षेत्रमा लगानी गर्न सकेका छैनौं । खाद्यान्न र लुगाफाटोमा हामीले बिदेशी ऋणको लगानी गर्नु परेका कारण यसले उत्पादन गर्न नसकेर घाटा खेप्नु परेको छ । ऋण लिएर त्यसलाई उत्पादनमुखि बनाउन नसकेकै कारण आज हामी वस्तु निर्यात भन्दा धेरै आयात गर्नु पर्ने अवस्थामा छौं । यहि अवस्था रहिरहने हो भने नेपालको व्यापारघाटाको अवस्था अझ भयावह हुन सक्ने देखिन्छ ।
करिव २ दशक अगाडि सम्म नेपालले चामल निर्यात गर्दथ्यो । अहिले वर्षेनी ३० अर्ब रुपैयाँ भन्दा धेरैको चामल मात्रै आयात गर्नु परेको अवस्था छ । नेपालमै भएका स्रोतसाधनको राम्रो सदुपयोग गर्न सक्ने हो भने अति आवश्यकिय वस्तुहरु इन्धन र नुन बाहेक अरु खाद्यान्न नेपालमै पनि उत्पादन गर्न सकिन्छ । तर आज हामीले हाम्रो देशमा उत्पादन हुन सक्ने वस्तुहरु पनि बाहिरी मुलुकहरुबाट ल्याइरहेका छौं । नेपालमा वर्षेनी इन्धन मात्र १ खर्ब ४० अर्ब रुपैयाँको खपत हुन्छ । त्यस्तै नुनको आयात पनि उच्च छ । सुनचाँदीहरुको आयात पनि धेरै छ । वर्षेनी ३२ अर्बको सुनचाँदी र २५ अर्ब भन्दा धेरैको मोबाइलसेटको आयात गरिन्छ । वस्तु आयातको तुलनामा निर्यात वढाउँदै जान सक्ने हो भने सन्तुलन मिल्न जान्छ तर त्यसो हुन सकेको छैन । जसले गर्दा यतिधेरै मात्रामा वर्षेनी व्यापारघाटा हुन पुगेको स्पष्ट छ ।
हुन त व्यापारघाटा हुने वित्तीकै देशको अर्थतन्त्र पूरै धराशायी भयो भनेर सोच्न नहुने सम्बन्धित विज्ञहरुको भनाई छ । विश्वका विकसित देशहरुको पनि बैदेशिक ऋण छ । तर उनीहरुले त्यो ऋणलाई स्वदेशमा उत्पादनशिल क्षेत्रमा लगानी गरेका छन् । उत्पादनले आफूलाई पूग्ने नाफा पनि कमाएका छन् भने उनीहरुलाई ऋण तिर्न पनि अप्ठ्यारो छैन । तर नेपालमा भने बैदेशिक ऋण र अनुदान कि पेट पाल्नका लागि खर्च भएको छ कि त नेताहरुका ढुकुटीमा पुगेको छ । यति मात्र होइन वर्षेनी आउने गरेको करिव ६ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स पनि अधिकांश अनुत्पादक क्षेत्रमा लगानी गरिने गरिएको छ । भ्रष्ट्राचारको कहाली लाग्दो अवस्था त छँदै छ । यो देशको लागि निकै ठूलो घाटा मात्र होइन विकाशोन्मुख राष्ट्रका लागि अगाडी वढ्ने तगारो र चुनौती पनि हो । अब पनि नेपालको व्यापारघाटा घट्ने ठोस आधार छैन । यस वर्ष त अझ विभिन्न चरणमा भएका स्थानिय र प्रतिनिधीसभा निर्वाचनले देशको खर्च ह्वात्तै वढाएको छ । त्यसमाथि विभिन्न प्रदेश, तिनीहरुका प्रशासनिक खर्च पनि अस्वभाविक रुपमा वढ्न सक्ने अवस्था छ । यस्तो परिस्थीतीमा व्यापारघाटा कम गर्न निकै ठूलो चुनौती देखिएको छ ।
यर्सथ आगामी दिनहरुमा देशलाई विकासमा अगाडि बढाउनका लागि वर्षेनी वढ्दै गएको बैदेशिक ऋण घटाउँदै व्यापारघाटालाई न्यून गराउन जरुरी छ । देशमा भएका यूवा जनशक्तिलाई स्वदेशमै परिचालन गरि उत्पादनमुखि कार्यमा लगाउनु पर्ने देखिन्छ । विदेशबाट ल्याउने सामानको खपत घटाएर स्वदेशि सामानको निर्यात वढाउनु पनि जरुरी छ । यसो गर्न सकियो भने मात्र नेपालको समुन्नत विकासमा टेवा पूग्ने छ भने देश विकासमा पनि अगाडि वढ्ने छ । त्यसैले कुरामा भन्दा काममा जोड दिन सक्ने अवस्था ल्याउनका लागि नेपालको वर्तमान राजनितीक अवस्थामा पनि सुधार हुन आवश्यक रहेको देखिन्छ । कुनैपनि देशको राजनितीक अवस्थाले नै त्यस देशको आर्थिक गतिविधीमा पनि उतारचढाव आउने तर्फ सम्बन्धित क्षेत्रले ध्यान दिन सक्ने हो भने व्यापारघाटामा पनि कम गराउन सकिएला । घाटामा रहेको देशले न आर्थिक प्रगती गर्न सक्छ न विकास नै । यतातिर पनि अब सोच्नै पर्ने बेला आएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...

सुशासन र समृद्धिका लागि सबल नेतृत्व

विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै...

सार्वजनिक–निजी साझेदारीका लागि लिनुपर्ने शिक्षा

राज्य विकासको एकल प्रदाता होइन भन्ने मान्यताका साथ सरकार बाहिरका पात्रहरुको सम्भावना र क्षमता उपयोग गर्ने...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै