logo

रेमिट्यान्स आयमा देखिएका चुनौती

रुपनारायण खतिवडा

कूल गाहर््स्थ उत्पादनमा करिब २७ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रका रुपमा रहेको रेमिट्यान्स आय नेपाली अर्थतन्त्रको अक्सिजनका रुपमा रहेको छ । वैदेशिक रोजगारीबाट सिर्जित रेमिट्यान्स आयले नेपालमा गरिबी एवं बेरोजगारी दर घटाउन मात्र हैन, नेपाली समाजको लागि ‘सेफ्टी भल्ब’कै भूमिका खेलिरहेको तथ्यमा दुईमत हुन सक्दैन । तर, पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको संख्या र रेमिट्यान्स आयको बृद्धिदर दुबै घट्दो क्रममा रहेको तथ्यांकले रेमिट्यान्समा आधारित बन्दै गएको नेपाली अर्थतन्त्रमा ठूलै चुनौति निम्त्याउनसक्ने अवस्था देखापरेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस आर्थिक बर्षको पहिलो पाँच महिना अवधीमा रेमिट्यान्स आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले ह्रास भई २ खर्ब ८५ अर्बमा सिमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधीमा रेमिट्यान्स आय ६ प्रतिशतले बृद्धि भएको थियो । पछिल्लो पाँच बर्षको तथ्यांक हेर्ने हो भने रेमिट्यान्स आयको बृद्धिदर निरन्तर ओरालो लाग्नुका साथै पछिल्लो समयमा आईपुग्दा यसको बृद्धिदर नकारात्मक दिशातर्फ गईसकेको छ । आर्थिक बर्ष २०७०÷७१ मा २५ प्रतिशतले बृद्धि भएको रेमिट्यान्स आयको बृद्धिदर त्यसयताका बर्षहरुमा निरन्तर घटिरहेको छ । आर्थिक बर्ष २०७०÷७१ नेपालमा ५ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । आर्थिक बर्ष २०७१÷७२ मा १३ दशमलव ६ प्रतिशतले बृद्धि भई ६ खर्ब १७ अर्ब रेमिट्यान्स भित्रिएकोमा आर्थिक बर्ष २०७२÷७३ मा ६ खर्ब ६५ अर्ब र अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा ६ खर्ब ९५ अर्बमा सिमित हुनपुगेको थियो । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा आईपुग्दा यसको बृद्धिदर घटेको मात्र हैन, बृद्धिदर समेत नकारात्मक बन्नपुगेको छ ।

नेपालमा रेमिट्यान्स आप्रवाहको बृद्धिदर मात्र घटेको छैन, रेमिट्यान्स आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा पनि बर्षेनी कमी आईरहेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या आर्थिक वर्ष २०७०÷७१ मा ५ लाख २७ हजार रहेको थियो भने आर्थिक बर्ष २०७१÷७२ मा यो संख्या ५ लाख १२ हजारमा झरेको तथ्यांक छ । यसैगरी, आर्थिक बर्ष २०७२÷७३ मा अघिल्लो बर्षका तुलनामा काम गर्न बिदेश जाने नेपालीहरुको संख्यामा १८ दशमलव ४ प्रतिशतले गिरावट आई ४ लाख १८ हजारमा ओर्लेको देखिन्छ । अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा यो संख्यामा थप गिरावट आउँदै ३ लाख १८ हजारमा सिमित भएको छ । चालु आर्थिक बर्ष २०७÷७५ को पहिलो ५ महिने अवधी अर्थात् गत साउनदेखी मंसीर मसान्तसम्ममा १ लाख ५५ हजार नेपालीहरु रोजगारीका लागी बिदेशिएका छन् । जुन संख्या गत आर्थिक बर्षको सोही अवधीमा भन्दा २ दशमलव ५ प्रतिशतले कम हो । यसरी हेर्दा, रेमिट्यान्स आयको घट्दो बृद्धि र बैदेशिक रोजगारीमा जाने नेपालीहरुको घट्दो संख्याका यी दुबै सूचकहरु नेपालजस्तो मुलुकको अर्थतन्त्रका लागि चुनौतिपूर्ण देखिनथालेका छन् ।
चालु आर्थिक बर्र्षको पहिलो ५ महिने अवधीमा दशैं,तिहार, छठ जस्ता नेपालीहरुका ठूला चाडहरु पनि पर्ने र यो समयमा तुलनात्मक रुपमा बढी रेमिट्यान्स भित्रनेगरेकोमा यही समयमा आयको बृद्धिदर ऋणात्मक हुने अवस्था थप गम्भीर रहेको देखिन्छ । रेमिट्यान्स आयमा यसकिसिमको गिरावट आउनुको मुख्य कारण बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा गिरावट आउनु रहेको माथीका तथ्यांकबाट पनि प्रष्ट हुन सकिन्छ । यो संख्यामा बर्षेनी लाखौंले कमी आईरहेको स्थितीले आगामी दिनमा पनि रेमिट्यान्स आय थप घट्नसक्ने दरिलो प्रारम्भिक संकेत समेत दिईरहेको छ । अर्कोतर्फ, पछिल्लो समयमा डलरको भाउ बलियो बन्दै गएकोले मात्रै रेमिट्यान्स आय धेरै घटेको नदेखिएपनि डलरको भाउ कमजोर हुने हो भने यो आयमा थप गिरावट आउने निश्चित छ । यसरी रेमिट्यान्स आयको मुख्य आधारका रुपमा रहेको बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको घट्दो संख्या आफैमा अर्थतन्त्रको चुनौतिका रुपमा खडा भईरहेको छ ।
यसकिसिमका चुनौतिपूर्ण परिदृष्यहरुको यथार्थ बिश्लेषण गरि समयमै बिकल्पहरु नखोज्ने हो भने आगामी दिनमा नेपाली अर्थतन्त्रले बिभिन्न किसिमका चुनौति र असरहरुको सामना गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकबाट हालै गरिएको एक अध्ययन अनुसार नेपालका ८० दशमलव ८ प्रतिशत घरपरिवारको रेमिट्यान्स बाहेक आयको अन्य स्रोतबाट खर्च धान्न नपुग्ने र १८ दशमलव ८ प्रतिशत घरपरिवारले उपभोग खर्चको लागि रेमिट्यान्स आयमा पूर्ण रूपमा भर पर्नुपर्ने देखिएको छ । यो स्थितीमा कामदारको माग र रेमिट्यान्स आयको बृद्धिदरमा आएको गिरावटले ती घरपरिवारको गरिबीको दर बढ्ने निश्चित छ । नेपालका झण्डै ६० प्रतिशत घरधुरीको आर्थिक पहुँच बृद्धि गरि गरिबी घटाउन, साक्षरता दर बढाउन, आधारभूत आवश्यकताको पूर्ति गर्नमा मात्र हैन पछिल्लो समयमा ठूला पूर्वाधार विकासका लागि लगानीको आधारका रुपमा समेत हेरिएको रेमिट्यान्स आयको संकुचनले अर्थतन्त्रमा चौतर्फीरुपमा नकारात्मक प्रभाव पार्ने अवस्था रहन्छ । घट्दो रेमिट्यान्सका कारण गरिबी निवारणको राष्ट्रिय लक्ष्यमा सोझो असर पर्ने तथा सार्वजनिक आय संकुचित बन्ने अवस्था रहन्छ । बढ्दो क्रममा रहेको आयात धान्ने निर्बिकल्प स्रोतका रुपमा रहेको रेमिट्यान्स आय घट्नु भनेकै देशको मालसामान खरिद गर्न र आयात गर्नसक्ने क्षमता घट्नु पनि हो । यो स्थितीमा अत्यावश्यक वस्तुहरु आयात गर्नमा कठिनाई उत्पन्न भई बजारमा चरम अभाव निम्तिनुका साथै आयातमा लाग्ने कर या भन्सारमा कमी आउने कारणले सरकारको राजश्व आयमा समेत सोझै नकारात्मक असर पुग्छ । यस्तै, मुलुकको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रुपमा देशमा संचित रहेको कूल बैदेशिक मुद्रामा अहिले पनि २६ प्रतिशत योगदान रेमिट्यान्स आयकै रहेको सन्दर्भमा मुलुकको शोधनान्तर अवस्था कमजोर हुने, चालु खाता नोक्सानीमा आउनसक्ने मात्र हैन बैंक तथा वित्तिय संस्थाको खराब कर्जा बढ्नसक्ने सम्मका असर नेपालमा पर्नसक्ने देखिन्छ ।
कतिपय अर्थशास्त्रीहरुले रेमिट्यान्स आय घट्दा यसका केही सकारात्मक पाटाहरु पनि रहेको बिश्लेषण गर्नेगरेका छन् । रोजगारीका लागी युवाहरु बिदेशिने क्रम घटेसँगै ती युवाहरु स्वदेशमा अवसर खोज्ने र यसबाट उत्पादनमा सहभागी हुने बाध्यात्मक अवस्था रहनेभएका कारण यो मुलुकी अर्थतन्त्रको हितमा रहेको धारणा अघिसार्ने गरिन्छ । स्वदेशको उत्पादकत्व र स्वरोजगारीको बृद्धिसँगै दिगो आर्थिक बृद्धिको मार्गप्रशस्त हुने भएकोले यसले समग्र अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान पुग्ने यसखालका अर्थशास्त्रीहरुको धारणा छ । हुनत, बैदेशिक रोजगारीको दिगो र भरपर्दो विकल्प भनेकै देशभित्र पर्याप्त मात्रामा रोजगारीका अवसरहरु सिर्जना गर्नु हो । मुलुकभित्रको श्रमशक्तिलाई देशभित्रै रोजगार र स्व–रोजगार बनाउनसके यसले मुुलुकी विकासको मार्गप्रशस्त त गर्छ नै सँगसँगै रेमिट्यान्स आयजस्तो परनिर्भर स्रोतबाट मुलुक संचालन गर्नुपर्ने बाध्यताको पनि अन्त्य गर्न सकिन्छ । हालको सन्दर्भमा पनि राजनैतिक स्थिरतासँगै सामाजिक आर्थिक रुपान्तरणको एजेण्डालाई तीब्रता दिनसक्ने र राष्ट्रनिर्माणका संवाहक युवाशक्तिलाई स्वदेशमा नै अडिने किसिमले यससम्बद्ध क्रियाकलापहरु संचालन गर्नसके रेमिट्यान्स आय घट्नुकोे धेरै प्रभाव मुलुकमा नपर्न पनि सक्छ । अर्कोतर्फ, बैदेशिक रोजगारीका नयाँ गन्तव्यहरुको पहिचान गर्न र दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरि रोजगारीमा पठाउनसके कामदारको संख्या घटेर न्यून भएपनि रेमिट्यान्स आयमा भने सन्तुलन कायम गर्न सकिन्छ । नेपालको सन्दर्भमा रेमिट्यान्स आय प्राप्त गर्ने घरपरिवारले काम भन्दा फुर्सद रोज्ने गरेको सन्दर्भमा वैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई तत्कालै आय आर्जनका गतिविधिमा संलग्न गराई हाल भईरहेको रेमिट्यान्स आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पनि उतिकै आवश्यक देखिन्छ ।
मुलुकी अर्थतन्त्र रेमिट्यान्स आयजस्तो मौसमी स्रोतमा आधारित बन्दै जानुको नकारात्मक प्रभावले अर्थतन्त्रलाई गाँज्नसक्ने र चौतर्फी जोखिम निम्तिनसक्ने अवस्था नजिकिएको छ । यसखालको अवस्था निम्तिरहँदा पनि रेमिट्यान्स आय र बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा आईरहेको गिरावटले पार्नसक्ने असर एवं प्रभावका बारेमा सरकारी तवरबाट कुनै अध्ययन, अनुसन्धान भएको पाईदैंन । रेमिट्यान्स आयमा आईरहेको र भविष्यमा आउनसक्ने संभावित कमीलाई समेत मध्यनजर राखेर नेपालले उपयुक्त मौद्रिक तथा आर्थिक नीतिको अवलम्बन गर्न ढिला भईसकेको छ । योे स्थितीमा घट्दो रेमिट्यान्स आयका नकारात्मक असरहरुबाट अर्थतन्त्रलाई बँचाउन तथा आसन्न चुनौतिहरुको सामना गर्नका लागि सरकार लगायतका सरोकारवालाहरुले बेलैमा तदारुकता देखाउन र गृहकार्य गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...

शिक्षा क्षेत्रमा फस्टाएको बेथिति

नेपालमा विद्यार्थीको हकहितका लागि लड्ने भनेर विभिन्न राजनीतिक दलका आ–आफ्ना विद्यार्थी संघ संगठनहरु रहेका...

भारतीय बजेट र नेपालको कृषिक्षेत्र

भारत सरकारका वित्त मन्त्री अरुण जेटलीले केही दिनअघि आर्थिक वर्ष सन् २०१८÷०१९ का लागि केन्द्र सरकारको आयव्ययको...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै