logo

डिभिजन–२ को खेल तालिका सार्वजनिक

काठमाडौ माघ ७
आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्र्वजनिक गरिएको छ ।
नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग २५ माघमा खेल्नेछ । प्रतियोगिताका १८ खेलहरु नामिबियाका ३ वटा मैदानमा सञ्चानलन हुनेछन् ।
डिभिजन–२ प्रतियोगिता आगामी ६ देखि १६ फेब्रुअरीसम्म हुँदैछ । डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन् । डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।
नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटाका अनुसार नेपालले १० दिन दुबईमा अभ्यास गर्नेछ । नेपाल आगामी साता दुबई जानेछ । त्यसपछि नेपाली टिम सिधै नामिबिया जानेछ ।  हाल नेपाली टिम कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । अभ्यासमा पहिलो चरणका २१ जना खेलाडी सहभागी छन् । दुबई भ्रमणमा जानुअघि नेपालले अन्तिम टिम घोषणा गर्नेछ । प्रशिक्षक टमाटाले डिभिजन–२ नेपालका लागि महŒवपूर्ण प्रतियोगिता भएकाले उत्कृष्ट खेल्न सबै शक्ति खर्चने बताए । नेपाली टिमको ब्याटिङ सुधारका लागि मुम्बईका कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा सुलक्षण कुलकर्णी शनिबार आउँदै छन् ।
डिभिजन खेल तालिका खेल तालिका
२५ माघ
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

२६ माघ
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

२८ माघ
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान
नेपाल भर्सेस यूएइ – ट्रस्टको युनाइटेड मैदान

२९ माघ
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

२ फागुन
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान

३ फागुन
फाइनल – वान्डरेरर्स मैदान
तेस्रो र चौथो प्ले अफ – डब्लुएपी मैदान
पाँचौ र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

पहिलो चरणको टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप कप्तान) अनिलकुमार साह, बसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, रसिद खान, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सुनील धमला, सुशन भारी ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै