logo

राम्रा नतिजाविहीन राखेप च्याम्पियनसिपमा

काठमाडौ माघ ७
पहिलोपटक आफ्m्नै नाममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको राखेप च्याम्पियनसिप मुलुकका विभिन्न ठाउँमा आयोजना भइरहेको छ । २८ मंसिरमा हुने भनिए पनि पछाडि सार्दै ९ पुसबाट प्रतियोगिता भइरहेको छ । राखेपले आफ्नो नाममा च्याम्पियनसिपको पहिलो संस्करण गरेको हो । २१ असोज २०७४ को सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले च्याम्पियनसिप १५ कात्तिकदेखि आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिताको लागि बैठकले मयुरलाई मस्कटका रुपमा प्रयोग गर्ने निर्णयसमेत गरेको थियो । करिब २ हजार ५ सय खेलाडीको सहभागिता रहने बताइएको थियो । यो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने जनाइएको थियो । तर, यस अहिलेसम्म सम्पन्न भइसकेका धेरैजसो प्रतियोगिताले राष्ट्रिय रेकर्डहरुलाई ‘ब्रेक’ गर्न समेत सकेको छैनन् । अपवादमा भारत्तोलनका तीन खेलले मात्र राष्ट्रिय रेकर्ड ब्रेक गरेको छ । आन्तरिक तयारी राम्रो नहुनु र खेल संघले समयमा खेल विवरण पेस नगर्दा च्याम्पियनसिपमा उत्कृष्ट नतिजा ननिस्किएको हो । यतिबेला मुलुक निर्वाचनमय भइरहेको बेला कुनै पनि खेल संघहरुले तयारी गर्न सकिरहेका छैनन् ।
राखेप च्याम्पियनसिप–२०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ९ पुसमा उद्घाटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी उद्घाटन गरिन् ।
उद्घाटनमा भण्डारीले दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भौतिक पूर्वाधार विकासमा यथोचित ध्यान दिन जरुरी भएको बताउँदै भूकम्पले क्षति पु¥याएका पूर्वाधारको पनि पुनः संरचना गर्न अति आवश्यक भएको बताएकी थिइन् ।
कार्यक्रममा मस्कट मयुरले कला प्रस्तुत गरिएको थियो । त्यस्तै तेक्वान्दो, उसु र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरिएका थिए । च्याम्पियनसिपमा समावेश २९ खेलमध्ये ट्रायथलन, पौडी, कराते र लनटेनिस सम्पन्न भइसकेका छन् । बाँकी २५ खेलमा १२ खेल मोफसलमा हुनेछ भने अन्य काठमाडौं र ललितपुर केन्द्रित रहेको छ ।
‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ नारा दिइएको च्याम्पियनसिपमा २ हजार २ सय ४९ पुरुष र १ हजार ७ सय ९१ महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी छन् । ६ सय १५ स्वर्ण, ६ सय १५ रजत र ८ सय ९७ कांस्य गरी जम्मा २ हजार १ सय २७ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । च्याम्पियनसिप ९ माघसम्म चल्नेछ ।
यसअघि विनातयारी नै राखेप च्याम्पियनसिप १५ देखि २९ कात्तिकका लागि तय भएको थियो । यद्यपि, राखेपले तत्कालीन समयमा कुनै पनि हालतमा च्याम्पियनसिप निर्धारित समयमा नै हुने बताए पनि समय सार्न भित्री कसरत गर्दै आएको थियो । तर, राखेप च्याम्पियनसिप सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेपका सदस्यसचिव केशवकुमार विष्टले आन्तरिक तयारी, निर्देशिका र बजेटका विषयमा तयारी भई नसकेकाले च्याम्पियनसिपमा सार्नुपर्ने बाध्यता रहेको दाबी गरेका थिए । युवा तथा खेलकुद मन्त्रालय र राखेपबीचको आन्तरिक द्वन्द्वका कारण च्याम्पियनसिप अनिश्चित भएको हो ।
प्रतियोगिता गर्नको लागि बोर्ड बैठकबाट निर्णय गर्ने तर बोर्डका सदस्य कसैलाई पनि थाहा नै नदिई सदस्य सचिव विष्टले २८ मंसिरको लागि नयाँ मिति घोषणा गरेका थिए । त्यो समयमा पनि प्रतियोगिता हुन सकेन । सदस्य सचिव विष्ट भन्छन् ‘राखेप छुट्टै स्वायत्त संस्था हो । हामीलाई मन्त्रालयले शासन गर्न पाउँदैन । मन्त्रालय र राखेपबीचको द्वन्द्वले च्याम्पियनसिप सर्न लागेको निराधार छ । हामीलाई मन्त्रालयले बजेट नदिएको भन्ने होइन । हामीसँगै प्रर्याप्त बजेट छ । तैपनि, मन्त्रालयले बजेट नदिने कुरा हुँदैन ।’
च्याम्पियनसिपको तयारीलाई दोस्रोपटक सर्न नदिन च्याम्पियनसिपको व्यवस्थापन समितिको बैठक बस्दै नबसी सारिएको छ । बैठकमा आफ्नो आलोचना हुने भयका कारण पनि सदस्य सचिवले बैठक राखेनन् । तर खेलकुद ड्राफ्ट तयार गर्ने योजनामा राखेप रहेको छ । विष्टले आफ्नो गल्ती लुकाउँदै संघहरु प्रति आरोप लगाउँदै भन्छन्, ‘यो पटक संघहरूले समयमा विवरण नबुझाउँदा च्याम्पियन सार्नु परेको मुख्य कारण हो । तर, अब हामी दोस्रोपटक कुनै हालतमा सार्ने छैनौँ ।’ भनेका सदस्य सचिव विष्ट आफैंले मन्त्रीको सल्लाहमा नयाँ मिति घोषणा गरेको बताउँछन् तर उनलाई कुनै लज्जावोध भने छैन । राखेपले १३औँ दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८औँ एसियाली खेलकुदलाई मध्यनजर गरी च्याम्पियनसिपमा गर्न लागेको थियो ।
राखेप च्याम्पियनसिपमा विभिन्न २९ खेल रहने निर्धारण भएको थियो । त्यसमा सफ्ट टेनिस पनि थपिएको थियो । यसअघि पौडी, ट्रायथलन र हक्की भइसकेको छ । च्याम्पियनसिपमा गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो–खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेलको प्रतिस्पर्धा भइरहेको छ । कतिपय खेल भने सकिसकेको छ ।
च्याम्पियनसिपमा सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सञ्चालन गर्न बजेट उपलब्ध गराउने भने पनि कतिपयले अझैसम्म रकम पाएका छैनन् । संघले राखेपसँग पूर्वअनुमति लिएर देशका जुनसुकै स्थानमा पनि प्रतियोगिता गर्न पाउने व्यवस्थापन समितिले निर्णय गरेको थियो । प्रतियोगिता सञ्चालन गर्न करिब ४ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूर्वक सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचारप्रसार, खेल सामग्री तथा पोसाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरू पनि गठन गरिएको थियो । राखेपले एसियन गेम्स र सागको तयारीका लागि च्याम्पियनसिप गरिएकाले यसबाट राष्ट्रिय टिममा छनोट भएका खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि ३ महिना अगावै पठाउने योजना रहेको थियो । केही खेलका लागि विदेशी प्रशिक्षक नेपालमै झिकाउने योजना रहेको छ । तर सोचेजस्तो परिणाम नआएको हुनाले नेपालले एसियन र सागमा राम्रो नतिजाको आशा गर्न सकिँदैन । तर, समय अझै बाँकी रहेको हुनाले यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई राम्रोसँग वैदेशिक प्रशिक्षण दिने हो भने नतिजाका आशा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग पिपीएल टी–ट्वान्टी क्रिकेट...

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल...

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै