logo

मेयरकप क्रिकेट ः उद्घाटन खेलमा नागार्जुन विजयी

बैतडी, माघ ३ 

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डांँैलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११ नागार्जुन विजयी भएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर ब्याटिङ गरेकोे नागार्जुनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । नागार्जुनका कप्तान राम चन्दले ३७ रन जोडेका थिए । बलिङतर्फ देहिमाण्डौँका ऋषिकेश बोहराले ह्याट्रिकसहित चार विकेट लिए ।

एक सय ६२ रनको लक्ष्यसहित मैदानमा उत्रेको देहिमाण्डौँ १६।४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौँका लागि ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले तीन विकेट लिए । नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच भएको अम्पायर निरञ्जन बोहराले जानकारी दिनुभयो ।दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो । टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल वडा नं ८ र वडा नं ११ बीच तथा अर्को खेल वडा नं २ र वडा नं ८ बीच हुनेछ । मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने नगर उपप्रमुख मीना चन्दले बताउनुभयो । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ–मुख्यमन्त्री पौडेल

अखिल नेपाल फुटबल सङ्घ एन्फाको १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको...

सौराहामा एन्फा विशेष साधारणसभा

अखिल नेपाल फुटबल सङघ एन्फाको विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ । विशेष साधारणसभा विधान संशेधनमा...

एशियन गेम्स : नेपाल जापानसँग खेल्दै

इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै