logo

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

भीमदत्तनगर, माघ २ 

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिनुभयो ।

“विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्” उहाँले भन्नुभयो, “दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु ।” समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश धामीलाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्को रु आठ लाख सहयोग र रु १३ लाख आयोजकले व्यवस्थापन गरेर प्रतियोगिता भएको कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोकुल बोहराले जानकारी दिनुभयो । प्रतियोगिता शुरु हुनुअघि भीमदत्तनगरमा प्रभावफेरी आयोजना गरिएको थियो । पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १७५ पुरुष तथा महिला प्रतियोगी रहेको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्ष्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

आईएमई फाउन्डेसनको आयोजना एवं अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए)को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई)को...

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न...

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटबल मेला’

विश्वकप २०१८ नजिकिएसँगै सर्वत्र फुटबलको चर्चा सुरु भएको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै