logo

आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

चितवन माघ १

रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउनुहुन्छ ।

यो प्रविधि काठमाडौँबाट ल्याएर रत्ननगर महोत्सवको कृषि परिसरमा प्रदर्शन भइरहेको छ । पानीको तहमा मिल्ने गरी यन्त्र जडान हुन्छ । त्यो पानीको बहावले चक्का घुम्न थाल्छ । चक्कामा पंखा ९पाटा० जडान भएको हुन्छ । त्यसले पानीलाई जोहो गरी पाइपको माध्यमबाट माथि फाल्न मद्दत गर्छ । मुख्य गरी विद्युत् सुविधा नभएका ठाउँका लागि उपयोगी उक्त प्रविधितर्फ पछिल्लो केही समयदेखि किसानको आकर्षण बढ्दै गएको छ । सरकारले अनुदान दिने गरेकाले किसानको लागत कम लाग्छ । दिनमा यसले २० हजारदेखि ४० हजार लिटरसम्म पानी तान्ने गर्छ ।

कृषिको अर्को नयाँ प्रविधि ट्रे अर्थात् थालीमा धानको बीउ हो । यहाँ थालीमा धानको बीउ उत्पादन गरेर प्रदर्शन गरिएको छ । त्यसतर्फ समेत किसान आकर्षित भएका छन् । यसले समय र लागतको समेत बचत हुन्छ । चितवनमा केही सहकारीले यसको सफल परीक्षण गरेका जिल्ला कृषि विकास कार्यालयका नायव प्राविधिक सहायक गोविन्दबहादुर मल्ल बताउनुहुन्छ । रत्ननगरको विशेष कृषि परिसरमा प्रदर्शन गरिएकाले अन्य किसानलाई पनि सिक्न मद्दत गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कृषिमा आधुनिक प्राविधिको प्रयोगले लागत कम र उत्पादनमा वृद्धि हुन्छ ।”

यस्तै, अग्र्यानिक च्याउको बीउ राख्नेदेखि उत्पादन गर्ने तरिकासमेत रत्ननगर महोत्सवमा सिकाइन्छ । आधुनिकखालको माछा पोखरी, लिंफ्ट र थोपा सिँचाइ, निःशुल्क माटो परीक्षण सेवासमेत यहाँ छ । नयाँ प्रविधिको पोली हाउस र नेट हाउस प्रविधिको प्रदर्शनी छ । रत्ननगर माटो परीक्षण प्रयोगशालाका प्रमुख जीवन पौडेल किसानलाई निःशुल्क माटो परीक्षणको सुविधासमेत रहेको बताउनुहुन्छ । छुट्टै कक्षमा उत्पादिन सामग्रीको कृषि उपज प्रदर्शनी तथा दूधका परिकारको प्रदर्शनी महोत्सवका थप आकर्षण हुन् ।

चितवनको रत्ननगर कृषि र पर्यटनमा निर्भर छ । यहाँको कृषि उत्पादन धेरै जिल्लामा पुग्छ । त्यसैले चितवनमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिंँदै महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक राजाराम रेग्मी बताउनुहुन्छ ।

महोत्सव माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावि क्षेत्रीय रंगशालामा चल्ने छ । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै