logo

तातोपानी नाका खुलाउन भन्दै राजधानीमा अन्तरकृयामा मात्र सिमित

काठमाडौं, पुस २९ ।
बैसाख १२ गते गएको विनासकारी भुकम्पपछि बन्द भएको तातोपानी भन्सार नाका पुनः सञ्चालन अझै अनिश्चित बन्दै गएको छ । सरकारी पक्षबाट ठोस कदमी पहल नभएको र दल विशेषका नेताहरुद्वारा विभिन्न स्थानमा अन्तरकृया गरेरै बित्दै गएको छ । भने सो नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको बुझिन आएको छ ।
सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने भन्दै चीनियाँ पक्षले सो नाका खोल्ने बारे कुनै छलफल समेत हुन सकेको छैन । चीनकालागि नेपाली राजदुत लीलामणी पौडेलले भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको बताएका छन् । भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकामा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नुपर्ने बताए ।  

जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्खाकालमा बगाएका कारण नेपाल चीन सीमासम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।
बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले सयुक्त रुपमा राजधानीमा गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको अन्तरकृया कार्यक्रममा राजदूत पौड्यालले सो कुरा बताएका हुन । राजदूत पौड्यालले भने, ‘तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सि चिन फिङले नै चासो व्यक्त गर्नुभएको छ, नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक सो विषयमा कुरा उठेको छ ।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिसँग गत वर्षको भेटमा समेत सो नाका खोल्ने विषयमा छलफल भएको जानकारी दिँदै उनले चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणमा सो विषयले प्राथमिकता पाएको तथा पछिल्लो पटक तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणमा समेत गम्भीर छलफल भएको बताए ।
पौड्यालले भने,‘तातोपानी नाका खोल्ने विषयमा चीन सरकारले उच्च चासो राखेको छ, भौतिक पूर्वाधारका कामसमेत भइरहेको मैले जानकारी पाएको छु, आशा गरौँ अब केही समयभित्रै सो नाका सञ्चालनमा आउँछ ।’ कोदारी राजमार्गको स्तरोन्नति गर्न, भत्किएका पुल निर्माणमा समेत सहयोग गर्न चीन सरकारले चासो राखेको र हाल केही कामसमेत शुरु भइसकेको उनले बताए । राजदूत पौड्यालले तातोपानी नाका सञ्चालन आउने विषयमा दुविधा नराख्न आग्रह गर्दै सहज रुपमा व्यापार व्यवसाय गर्न पाउने व्यवस्था गर्न, महँगो भाडा नलिन र गैरव्यावसायिक व्यवहार नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
यही पुस ७ गते सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र चीनका समकक्षीबीच तिब्बतमा छलफल भएको थियो । चिनियाँ पक्षले सो छलफलमा समेत सुरक्षा चासो राखेको सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङले जानकारी गराएका थिए । प्रजिअ तामाङले चिनियाँ पक्षले ज्वाइन्ट कमाण्ड मेकानिज्म र ज्वाइन्ट कमाण्ड अफिस खडा गर्नुपर्नेमा जोड दिएका बताए । प्रजिअ तामाङले भने,‘संवेदनशील विषयमा उच्च सुझबुझपूर्ण व्यवहार प्रदर्शन गरेर मात्रै तातोपानी नाका खुलाउन सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

कार्यक्रममा एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराले नेपालको जीवन रेखाका रुपमा परिचित कोदारी राजमार्ग खुलाउने विषयमा गम्भीरताका साथ पहल भइरहेको बताए । उनले भने,‘ छिमेकीका केही चासो र चिन्तालाई हामीले सम्बोधन गर्नुपर्छ । त्यसो हुँदा छिट्टै नाका खुल्छ । हामी त्यसमा विश्वस्त छौँ ।’ माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य अग्निप्रसाद सापकोटाले नाका खोलाउन हरसम्भव प्रयत्न भइरहेको र छिट्टै सफलता हात लाग्ने छ । उनले भने,‘चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री तथा उच्च सरकारी तहमा गम्भीर छलफल भइरहेको छ । सकारात्मक सन्देश प्राप्त भएको छ ।’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले नाका खुलाउने विषयमा उच्च राजनीतिक तहदेखि स्थानीय सरकारले समेत पहल गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तातोपानी नाका खुलाउन भन्दै राजधानीमा अन्तरकृयामा मात्र सिमित

बैसाख १२ गते गएको विनासकारी भुकम्पपछि बन्द भएको तातोपानी भन्सार नाका पुनः सञ्चालन अझै अनिश्चित बन्दै गएको छ ।...

भैरहवा महोत्सवमा आर्थिक कारोवारको सकारात्मक संकेत

रुपन्देही, मंसिर १ । सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक...

दुर्घटनामा दुईजनाको मृत्यु

धादिङ, कात्तिक १० । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै