logo

डीजाईजी नवराज सिलवाल किन भए भूमिगत ?

आर्थिक संवाददाता
काठमाडौं, पुस २०

महानगरीय प्रहरीपरिसर काठमाडौंले ललितपुर प्रहरीलाई नवराज सिलवाल तत्काल पक्राउ गरेर उपस्थित गराउनू भन्दै पत्र काटेपछि एकाएक भूमिगत भएका छन् । सो पत्र काटेपछि विभिन्न मिडियामा सिलवाल मलेसिया गएको भनिँदै समाचार आए पनि उनी एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नगएको प्रष्ट भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगरेका सिलवाल कुन माध्यमबाट मलेसिया पुगे भन्नेबारे सम्बन्धित निकायबाट खोजी भए पनि सिलवाल भने भारतको विमानस्थल हुँदै गएको आशंका प्रहरीले गरेको छ ।

 


तर, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा पूर्वडीआईजी एवं एमालेका सांसद् नवराज सिलवाल एयरपोर्टबाट बाहिरिएको कुनै रेकर्ड छैन । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार गएको अक्टोबर ४ र डिसेम्बर ६, २०१७ मा विदेशबाट नेपाल आएको रेकर्ड भए पनि उनी त्यसपछि हवाइमार्ग हुँदै विदेश गएको रेकर्ड भने नभएको बताइएको छ ।

 


अध्यागमनका अनुसार नवराज मलेसिया गएको भनेकै दिन अर्थात् मंगलबार र बुधबार सात जना सिलवाल थरका मान्छे विदेश गएका तर नवराज सिलवाल भने नगएको रेकर्ड रहेको छ । सिलवालको नाममा जारी भएको राहदानी १०६१७०२८ नम्बरको राहदानी पछिल्लोपटक विदेशबाट नेपाल फक्रिएको रेकर्ड भए पनि पुनः विदेश गएको देखिँदैन । उनको सो राहदानी २०२७ नोभेम्बर ६ तारिखसम्मको म्याद रहेको छ ।
उनका निकटस्थहरूले सिलवाल मलेसियाको क्वालालम्पुरमा आयोजित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन गएको दाबी गर्दै आएका छन् । काठमाडौँ प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सिलवालमाथिको कारबाही अगाडि नबढाए सरुवा गर्ने चेतावनी दिएको सूचना पाएपछि सिलवाल भारतको बाटो हुँदै क्लालालम्पुर गएको हुनसक्ने बताइएको छ ।

 


प्रहरी महानिरीक्षक अर्यालले काठमाडौँ प्रहरी प्रमुखलाई तत्काल पक्राउ गर्न आदेश गरे पनि उनले सिलवाल ललितपुरको गोदावरीमा बस्ने हुनाले आफ्नो कार्यक्षेत्रमा नपरेको भन्दै ललितपुर प्रहरीलाई पत्राचार गरेका थिए ।
यसैबीच, काठमाडौं प्रहरीबाट पत्र प्राप्त गरेसँगै ललितपुर प्रहरी प्रमुख (एसएसपी) गणेश ऐरले आफू कानुनअनुसार नै अगाडि बढ्ने बताएका छन् ।

 


सिलवालले बोक्ने गरेको मोबाइल नम्बर समेत अफ गरिएको छ भने डीआईजी हुँदा बालकुमारीस्थित रहेको अपार्टमेन्टमा समेत बस्दै आएका थिए । पक्राउ पत्र जारी भएपछि मोबाइल अफ गरेर उनी कि सोही अपार्टमेन्टमा बसेका छन्, या भारतको बाटो हँुदै मलेसिया गएको अनुमान प्रहरीको रहेको छ । प्रहरीले पक्राउ पत्र बोकी ललितपुरको गोदावरीस्थित उनको घरमा गएको थियो ।  

 


कार्यालयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३/०७४/०७५ मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकार कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको भन्दै सिलवाललाई अविलम्ब कार्यालयमा उपिस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिन भन्दै पत्र काटिएको थियो । सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा काठमाडौं प्रहरीपरिसरले गत मंगलबार साँझ पूर्वडीआईजी नवराज सिलवालबारे ललितपुर प्रहरीपरिसरलाई लेखेको हो ।

 


ललितपुर प्रहरीलाई साँझ ७ बजे मात्र पत्र प्राप्त भएको जनाएको छ । त्यसअघि नै सिलवाललाई पक्राउ पुर्जी जारी भएको भन्ने समाचार फैलिइसकेको थियो । एसएसपी ऐरले भने, ‘हामीलाई सिलवाल उपस्थित गराउने पत्र प्राप्त भएको हो,  केही बुझ्नका लागि उहाँलाई ल्याउनू भन्ने आदेश छ ।’

 


प्रहरी महानिरीक्षक ‘आईजी’ नियुक्ति विवादमा सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल किर्ते भएको अदालतले निष्कर्ष निकालेको थियो । सर्वोच्चले यस विषयमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो । केही साताअघि काठमाडौं प्रहरीपरिसरमा उक्त विषयमा सरकारी दस्तखत तथा छाप किर्तेमा मुद्दा दर्ता भए पनि कसैविरुद्ध किटानी जाहेरी दर्ता भएको थिएन । पुस ५ गते दर्ता भएको मुद्दामा त्यसको १० दिनपछि सिलवाललाई उपस्थित गराउने विषयमा काठमाडौंपरिसरले पहल सुरु गरेको हो । आर्थिक दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको वार्ता बिना निष्कर्ष...

वडाध्यक्ष काफ्ले द्धारा दृष्टिविहीनलाई सहयोग

तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ता बापतको रकम दृष्टिविहीन बालकलाई प्रदान गरेका छन् । वडा...

पार्टीले अब क्रान्तिकारी कामलाई अघि बढाउनुपर्छ ः नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको छवि बनाएको काँग्रेस दक्षिणपन्थी र...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै