logo

टोल विकास समितीको प्रशंसनीय काम

पोसकान्त पोखरेल
पुष १६, बुटवल
बढ्दो जाडो सँगै तराईमा हुस्सु र सीतलहर चलिरहेको समयमा बुटवलको मिलनपथ अवस्थित एक संस्थाले प्रशंसनीय कार्य गरेको छ । मिलन पथ ज्ञान ज्योती टोल विकास संस्था बुटवल, १० मिलन पथले सरावल गाउँपालिका वडा नं. ६ र ७ नवलपरासीमा गएर जाडो छल्ने लत्ताकपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको हो ।


संस्थाकी अध्यक्ष पुनम रिजालीको अध्यक्षतामा गएको ८ सदस्यीय टोलीले जाडो छल्न एकसरो कपडा लगाउन पनि धौं–धौं भएको अति गरिब तथा विपन्न बस्तीको ६ र ७ दुईवटा वार्डमा ६० थान कम्बलका साथै जाडो छल्ने अन्य लत्ताकपडा वितरण गरेको संस्थाका सदस्य चेत बहादुर पौडेलले जानकारी गराए ।


पौडेलले सामाजिक कार्य र विपन्न परिवारलाई जाडो छल्ने लत्ताकपडा लिएर बुटवल देखि उक्त बस्तीमा जाँदा बस्तीका सबै खुसीले गदगद भएर संस्थालाई धन्यवाद दिएको जानकारी गराउँदै हामी नेपाली एउटै आमाका सन्तती भएकोले कुनै एक नेपालीलाई समस्या पर्दा अर्को नेपालीले सहयोग गरेर भाईचारको व्यवाहार छ हैं भन्ने सन्देश दिनको लागि र जहाँ भएपनि नेपाली नेपाली नै हो सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गर्न बुटवल देखि उक्त बस्तीमा गएर लत्ताकपडा वितरण गरेको बताए ।


हुन पनि हो यति बेला तराईमा कतिपय स्थानहरु यस्ता छन् कि जहाँका सर्वसाधारण जाडो छल्नको लागि एकसरो कपडा लगाउन पनि मुस्किल छ । गरिब परिवारका ठुलाबडाले त जसोतसो निर्वाह गर्लान तर बालबच्चाहरु भने निमोनिया जस्ता प्राणःघातक रोगहरुको सिकार बन्न सक्ने सम्भावना पनि उच्च छ । कतिपय प्रचारमा आउन सकेका स्थानहरुमा त केही राहत हुन सक्ला तर पहिचाहनमा नआएका स्थान तथा बस्तीहरुमा भयावह स्थिती हुन सक्छ । जसको कारणले कुनै गरिब निमुखाले अकालमै ज्यान गुमाउन पनि सक्छन् । त्यसैले गर्दा पनि त्यस्ता बस्तीहरु कसैको नजरमा भए उनीहरुको सहयोगको लागि हाम्रो सानो पहलले नै जिवनदान दिन सक्छ । यस्ता बस्तीहरु प्रति हामीले गरेको सानो सहयोग ठुलो राहत मिल्ने हुँदा सेवा नै धर्म हो भनेर एक सहयोगको लागि एक जुट हुन आवश्यक छ र मिलन पथ ज्ञान ज्योती टोल विकास संस्थाले गरेको सहयोग सहयोगी भावनाको कदर योग्य कदम हो ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा

गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न...

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र ९लाइसेन्स०को परीक्षामा पास भएर राजस्व...

नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण

नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै