logo

ग्यास उद्योग जोखिममा

रासस
बनेपा, पुस १० 

काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ ।

“ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाही जस्तो देखिएको छ त्यसैले उद्योग सञ्चालकलाई बोलाएर छलफल गर्छौं,” प्रजिअ सिङ्खडाले भन्नुभयो । उहाँले ‘अटोमेटिक फायर फाइरिङ सिस्टम’ नभएको, पानी पनि कम भएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको आँैल्याउँदै अव्यवस्थितरुपमा ग्यास उद्योग सञ्चालन भएको बताउनुभयो ।

“कामदार पनि उद्योगमा बस्दैनन्, केही भइहाल्यो भने कहाँ खोज्न जाने,” उहाँले भन्नुभयो । सगरमाथा ग्यास उद्योगका सावर मल्ल अग्रवालले उद्योग मापदण्डअनुसार नै भएको दाबी गर्दै भन्नुभयो, “हामीले उद्योग सञ्चालनमा ल्याउँदा यहाँ कोही थिएन, अन्य उद्योग पछि थपिएका हुन् ।” विसं २०५३ मा स्थापना भएको सो उद्योगले दुई हजार ५०० देखि तीन हजारसम्म ग्यास सिलिण्डर उत्पादन गर्दै आएको छ । सो ग्यास उद्योग नजिकै सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग सञ्चालनमा छन् ।

बनेपाका व्यवसायी सुधीर पलाञ्चोके, विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेको सूर्य ग्यास उद्योग र पलाञ्चोकेलगायत अरुले साझेदारीमा सञ्चालनमा ल्याएको चण्डेश्वरी ग्यास उद्योगमा आपत्कालीन समय र आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने पानी ट्याङ्की र उपकरण ‘अटोमेटिक फायर फायरिङ सिस्टम’ समेत नभएको उद्योगमा कार्यरत कर्मचारीले बताए ।

विसं २०५८ मा उद्योग विभागमा दर्ता भएको सूर्य ग्यास उद्योगले २०६५ असारदेखि सूर्य ब्राण्डको ग्यास वितरण गर्दै आएको छ भने २०६५ सालमा उद्योग विभागमा दर्ता भएको चण्डेश्वरी ग्यास उद्योगले २०६८ सालदेखि चण्डी ब्राण्डको ग्यास वितरण गर्दै आएको छ । सूर्य ग्यास उद्योगले दैनिक एक हजारदेखि एक हजार २०० सिलिण्डर र चण्डी ग्यासले ८०० देखि एक हजार सिलिण्डर बजारमा बिक्री वितरण गर्दै आएको छ । यी तीनवटा उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा रहेका छन् ।

त्यस्तै, बनेपा नगरपालिका–१ नालामा उग्रचण्डी ग्यास उद्योग स्थापना भएको छ । सो उद्योग सञ्चालनमा आएपछि विवाद हुँदै आए पनि उद्योगले ग्यास बिक्री वितरण गर्दै आएको छ । उक्त उद्योग बस्ती नजिकै भएको भन्दै स्थानीयवासीले हटाउनका लागि संघर्ष समिति नै गठन गरेर सर्वोच्च अदालतलाई नै गुहारेका थिए । अहिले सो ग्यास उद्योगसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको संघर्ष समितिका अध्यक्ष विश्वराम श्रेष्ठ बताउनुहुन्छ ।

नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) मा गाउँ बस्तीभन्दा पाँच किमी र अरु उद्योग रहेको स्थानबाट पाँच किमी हुनुपर्ने उल्लेख छ । तर काभ्रेपलाञ्चोकको बनेपामा स्थापना भएका तीनवटा ग्यास उद्योग केही मिटरको वरिपरि नै सञ्चालन भइरहेका छन् । पछि थप भएको ग्यास उद्योग पनि करिब एक किमीको आसपासमा रहेको छ ।

“बस्ती नजिकै छ भनेर विरोध गरेका हौँ, तर पछिल्लो समय कसैले पनि यो विषयमा बोलेका छैनन्,” बनेपा–१ का मुक्ति लामिछाने भन्नुभयो । बनेपामा रहेको अर्को हिमाल ग्यास उद्योगसहित पाँच उद्योग छन् । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा दुईजनाको ज्यान जाने गरी भएको आगलागी भएपछि स्थानीयवासी त्रसित छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै