logo

वस्तुनिर्यात साढे सात प्रतिशतले बढ्यो

काठमाडौं, पुस १० ।
चालू आवको कात्तिकसम्ममा वैदेशिक व्यापारको कुल वस्तुनिर्यात सात दशमलव पाँच प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा  वस्तुनिर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो ।


राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आवको कात्तिकसम्ममा  भारततर्फ दुई प्रतिशत, चीनतर्फ ३३ दशमलव पाँच प्रतिशत र अन्य मुलुकतर्फ १३ दशमलव तीन प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घ्यू, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जीआईपाइप, उनी गलँैचालगायतका वस्तुहरूको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तुआयात १० दशमलव आठ प्रतिशतले बढेर तीन सय ३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात एक दशमलव चार प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात चार दशमलव आठ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मललगायतका वस्तुहरूको आयात घटेको छ । भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार र कृष्णनगर भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आए पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र रसुवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।  समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा ११ दशमलव एक प्रतिशतले बढेर तीन सय सात अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा ९७ दशमलव ९ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा निर्यात र आयात अनुपात सात दशमलव नौ प्रतिशतमा रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको थियो । चालू आवको चार महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा एक दशमलव दुई प्रतिशतले वृद्धि भएको र आयात मूल्य सूचकांक चार दशमलव छ प्रतिशतले बढेका कारण व्यापारको शर्त तीन दशमलव तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अनुपात १३ दशमलव एक प्रतिशतले बढेको थियो । चिया, यार्सागुम्बा, कार्पेट, कत्था, मैदाको मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, टायर, रेफ्रिजिरेटरकोे आयातित मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


समीक्षा अवधिमा कुल सेवा आयमा छ प्रतिशत र कुल सेवा खर्च १३ दशमलव नौ प्रतिशतले बढेको कारण खुद सेवा आय दुई अर्ब ५८ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३२ प्रतिशतले वृद्धि भई २२ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३३ दशमलव पाँच प्रतिशतले बढेको थियो । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

धर्मलाई व्यापारको रुपमा नलिन आग्रह

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले धर्मले मानिसलाई नैतिकवान् बन्न प्रेरित गर्ने उल्लेख गर्दै...

उद्यमका लागि साझेदारी विकास कार्यक्रममार्फत ऋण सहयोगा

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित साझेदारी विकास कार्यक्रममार्फत ११ वटा उद्यमी समूहलाई सहयोग गरिएको...

डिजेल चोरी प्रकरणः

नेपाल आयल निगम विराटनगर डिपोका लागि भारतीय आयल निगमबाट खरिद गरेर ल्याइएको डिजेल चोरी घटना दुई हप्ता बितिसक्दा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै