logo

ऐस्वेस्टस नियन्त्रणसम्बन्धी गोष्ठी

काठमाडौं, पुस ९ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड)द्वारा नेपाल सरकार वातावरण विभाग, भन्सार विभागको सहकार्यमा र विश्व स्वास्थ्य संगठनको सहयोगमा ऐस्वेस्टस प्रतिबन्धको प्रभावकारी कार्यान्वयनसम्बन्धी सरोकारवालाहरुसँगको एकदिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।


ऐस्वेस्टसको प्रतिबन्ध लगाउने र आयात, बिक्रीवितरण, बजार अनुगमन, स्वास्थ्य र वातावरणमा पर्ने असर र यसको प्रयोगपश्चातबाट लाग्ने घातक रोग र यसको प्रयोगबाट आउने समस्या र चुनौतीहरुसँग लड्न तयार हुन अभिप्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको थियो ।


विश्वका ६२ वटाभन्दा बढी देशहरुमा ऐस्वेस्टसको प्रतिबन्ध लागिसकेको अवस्थामा दक्षिण एसियामै सबैभन्दा पहिले नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । ऐस्वेस्टसको आयात, बिक्रीवितरण र प्रयोग प्रतिबन्धतर्फ ः नेपाल सरकार ठीक तीन वर्षअगाडि राजपत्रमा सूचना प्रकाशित गरी लगाएको सबै प्रकारको ऐस्वेस्टसको आयात, बिक्रीवितरण र प्रयोगसम्बन्धी प्रतिबन्धको प्रभावकारी कार्यान्वयनतर्फ नेपाल सरकारका मातहतमा रहेका सम्पूर्ण मन्त्रालयहरुले ठोस कदम चाल्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।


कार्यक्रममा प्राज्ञ ऋृषि शाह, प्रमुख अतिथि मन्त्री मिथिल चौधरी, विशेष अतिथि अनिलकुमार ठाकुर,  आपूर्ति मन्त्रालयका सचिव, विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय कार्यक्रम अधिकृत, यूएनका दक्षिण एसियाका लागि क्षेत्रीय प्राविधिक सल्लाहकार, उद्योग तथा व्यवसाय क्षेत्रको प्रतिनिधि नेपाल घरेलु तथा साना उद्योग महासंघ, वस्तुगत उपाध्यक्ष र ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल भन्सार विभागका प्रतिनिधिहरु तथा अन्य निजी तथा सामुदायिक संघसंस्थाका प्रतिनिधिलगायत विभिन्न आमसञ्चार माध्यमहरुका ६० जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा उनीहरुले नेपाल सरकारले २०७१ साल पुस ७ गते राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका ऐस्वेस्टसको आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाई सकिएको हँुदा यसको प्रभावकारी कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् ।


नेपालमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आदिको सहयोगमा ऐस्वेस्टससम्बन्धी गर्दै आएको अनुसन्धान, अनुसन्धानमा आधारित प्रकाशनहरु प्राप्त गरी अध्ययन र जनचेतना फैलाई जनतासमक्ष जनचेतना पु¥याएको बताए । भन्सार विभाग र मातहतका भन्सार कार्यालयहरूबाट नेपाल सरकारले लगाएका ऐस्वेस्टससम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयन गरी आयात पूर्णतया शून्य गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ ।


सहरी विकास मन्त्रालय र अन्तर्गतका सहरी विकास तथा भवन निर्माण विभागले जारी गरेको ब्लिडिङ कोडहरूमा समयसापेक्षिक रूपमा परिमार्जन गर्दै ऐस्वेस्टसयुक्त निर्माण सामग्रीहरूको प्रयोगमा पूर्णतया प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको भनाइ रहेको छ । निर्माण व्यवसायीहरू पनि यतातर्फ सचेत र सजग हुनु अति आवश्यक रहेको बताए । वाणिज्य र आपूर्ति मन्त्रालय र विभाग र क्षेत्रीय कार्यालयहरूबाट निरन्तर बजार अनुगमन तथा ऐस्वेस्टसयुक्त वस्तुहरू सिज गर्ने गराउने वा नियन्त्रणमा लिई सुरक्षितरुपमा विसर्जन गर्नुपर्ने उनीहरुको भनाइ छ ।


नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित गरेको ऐस्वेस्टस र ऐस्वेस्टसयुक्त सामग्रीहरूको आयातमा पूर्णतया प्रतिबन्ध गर्नुपर्ने, ऐस्वेस्टससम्बन्धी सम्पर्क सीमा तोक्ने, वायु प्रदूषण परीक्षण गर्नुपर्ने ऐस्वेस्टसजन्य फोहोरको विसर्जन गर्ने विधि र विसर्जन गर्ने ल्याण्डफिल साइटको निर्माण र यसबाट निस्किने फोहोरको उचित व्यवस्थापनका लागि दक्ष र इजाजतप्राप्त व्यक्ति एवं कम्पनीको व्यवस्था, बिल्डिङकोड र हरित भवन निर्देशिकामा ऐस्वेस्टस र ऐस्वेस्टसजन्य सामग्रीहरूको प्रयोग पूर्णतया प्रतिबन्ध गरिनुपर्ने उनीहरुको भनाइ छ ।


ऐस्वेस्टसजन्य वस्तुहरुको वैकल्पिक वस्तुहरु, यसबाट पर्ने स्वास्थ्य र वातावरणीय असरहरु र बच्ने उपायहरुको बारेमा आमजनता र सम्बन्धित निकायहरुमा जनचेतना र क्षमताअभिवृद्धि गर्दै लाने ऐस्वेस्टसजन्य समस्या आउने चुनौतीहरुसँग लड्न तयार हुन अभिप्रेरित गर्ने उनीहरुले बताएका छन् । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अष्ट्रेलियन एड्मिसनस् डे कार्यक्रमको आयोजना

अष्ट्रेलियन एजुकेसन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका...

‘घरजग्गाको साथी’ ब्रान्ड सञ्चालनमा

घरजग्गाको कारोबार गर्दा आधारविहीन विभिन्न व्यक्ति, समूहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको...

शिखरको विन्टर सेल मेलामा थामिनसक्नु भिड, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै