logo

आरती स्ट्रिप्स उद्योगलाई भारत सरकारले ‘सिज’ गर्ने

विराटनगर, पुस ९ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन भएको आरती स्ट्रिप्स प्रालिलाई भुषण पावर एण्ड स्टिल लिमिटेड इन्डियाले बैंकहरुबाट ६० सय करोड डुबाएपछि भारत सरकारले उद्योग सिजको तयारी गरेको छ ।


नेपाल सरकारले महत्वपूर्ण व्यावसायिक कदरले सन् २०१४ मा भुषण पावरलाई सम्मान गरेको थियो । भुषणकै विङ्स आरती स्ट्रिप्स विराटनगरमा सञ्चालन भएको छ । नेपालबाट भारतसँग गरेको वस्तु व्यापारका आधारमा भुषण ग्रुपले सरकारबाट सम्मान पाएको थियो । नेपाल सरकरबाट सम्मान पाएको तीन वर्षमै भारत सरकारको लिलामी प्रक्रियामा परेको भुषण ग्रुपले आरती स्ट्रिप्सको प्रमोटर नै परिवर्तन गरेको रहस्य सार्वजनिक भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन जना डाइरेक्टरको नाममा आरती स्ट्रिप्स दर्ता कायम रहेको छ । जसमध्ये सञ्जीव शर्मा (टेक्निकल), अश्विनी शर्मा (एकाउन्टेन्ट) र विशाल गुप्ता (फाइनान्सियल) डाइरेक्टरको रुपमा कम्पनी नियमअनुसार संलग्न रहेका देखिन्छन् । संलग्न तीनै जना आरती स्ट्रिप्सका केही वर्ष अगाडिसम्म कर्मचारीका रुपमा कार्यरत रहेका हुन् । आरती स्ट्रिप्सले एकाएक नौ अर्बबराबरको उद्योग तीन जना व्यक्तिको नाममा राखेको रहस्य खुलेसँगै आर्जित सम्पत्ति सुरक्षित गर्न भुषण पावरको चलाख्याइँ गरेका छन् । नेपालमा सञ्चालित भारतीय कम्पनीको स्वामित्व परिवर्तन हुनु वा खरिदबिक्री हुने प्रक्रियाको क्रममा तिर्नुपर्ने लाभांश कर भने अहिलेसम्म पनि नबुझाइएको देखिएको छ ।  


आरती स्ट्रिप्सले नेपालका सरकारी कार्यालयमा अलग–अलग प्रतिवेदन बुझाउँदै आएको थियो । यस प्रकरणमा समेत आरतीले सरकारलाई ठगेर लाभांश कर तिर्नबाट छक्याएको रहस्य खुलेको छ । साधारण त्यही कम्पनीका कर्मचारीले एकाएक नौ अर्बको उद्योग खरिद कसरी गर्न सक्छन् भन्ने महत्वपूर्ण प्रश्न अहिले उठ्न थालेको छ । आशंकाकै बीच थप  अर्बको नयाँ प्लान्ट लगाउने तयारीसमेत आरती स्ट्रिप्सले सुरु गरिसकेको छ । मजदुरलाई मुनाफाको १० प्रतिशत बोनस वितरण गर्नुपर्ने प्रावधान छल्न श्रम कार्यालयमा झूटो विवरण पेस गरेको आरतीले सरकारलाई लाभांश कर बुझाउनका लागि समेत गलत प्रतिवेदन पेस गरेर उद्योगको स्वामित्व हस्तान्तरण गरेको दाबी समाचारस्रोतले गरेको छ । उद्योगका टेक्निकल डाइरेक्टर सञ्जीव शर्माले अहिले नै प्रमोटरको विषय खुलाउन उचित नहुने बताउन थालेपछि उसको धन्धाका विषयमा महत्वपूर्ण रहस्यहरु खुल्न पुगेका हुन् ।


भारतमा बैंक ठगेको आरोपमा भारत सरकारले भुषण ग्रुपलाई लिलामी गर्नुपर्ने अवस्थामा राखेको कुरा अहिले मात्र खुलेको छ । जसले गर्दा नेपालमा समेत बैंकलाई डुबाउन सक्नेतर्फ सरोकारवाला निकायले समय मै सतर्कता अपनाउन जरुरी रहेको विश्लेषण गर्न थालिएको छ । अर्कोतिर आरती स्ट्रिप्समै कार्यरत एकाउन्टेन्ट डाइरेक्टर अश्विनी शर्माले उद्योग नाफामा रहेको कुरा बताइरहेका छन् । तर, पनि मजदुर र कर्मचारीलाई बोनस दिनुपर्छ भन्ने मनसाय राखेर आरतीले श्रम कार्यालयमा विवरण झूटो पेस गरेपछि अहिले उसको ठगी धन्धा थप पेचिलो बन्न गएको छ । नेपालमा स्थापित उद्योगले प्रमोटर परिवर्तन गर्दा पुँजीगत लाभबापत तिर्नुपर्ने लाभांश कर बुझाउनका लागि कानुन छलेको रहस्य पनि समाचारस्रोतले खोलिदिएको छ ।  


समाचारस्रोतका अनुसार आरती स्ट्रिप्सले रंगिन जस्तापाातामा प्रयोग हुने रंग आयात प्रकरणमा राजस्व छली गरेको आरोपमा आरतीको एउटा फाइल राजस्व अनुसन्धान विभागमा विचराधिन रहेको छ । ६० करोडभन्दा बढी मूल्यको रंग ल्याउँदा न्यून भन्सार बिल बनाएको आरोपमा राजस्व अनुसन्धानले कागजात अध्ययन गरिरहेको छ । यो प्रकरणमा भन्सार एजेन्टदेखि विराटनगर भन्सारमा कार्यरत जिम्मेवार कर्मचारीसमेतको संलग्नता रहेको बताइन्छ । विराटनगर भन्सारमा अन्य रंग आयातकर्ताले त्यही परिमाणमा सामान ल्याउँदा ८० करोडभन्दा बढीको भन्सार क्लियरेन्स हुने भए पनि आरती स्ट्रिप्सले ल्याएको सामान ५० करोडभन्दा कम रहेको भन्दै राजस्वले अनुसन्धान गरिरहेको रहस्य पनि अहिले आएर खुलेको छ ।


आरतीका टेक्निकल डाइरेक्टर शर्मा भने त्यो विषयमा फाइनान्सियल डाइरेक्टर विशाल गुप्तालाई जानकारी हुन भन्दै आफनो बचावमा लागेपछि रंग आयातको विषय पनि थप पेचिलो बन्न गएको छ ।  स्रोतक अनुसार आरती स्ट्रिप्समा रहेका तीन डाइरेक्टरमध्ये सञ्जीव र अश्विनी शर्मा नाताभित्र पर्दछन् । उनीहरु दाजुभाइ हुन् । अर्का विशाल गुप्ता साझेदार हुन् । उनीहरुबीच उद्योगभित्रै शक्तिको विषयमा विवाद रहेको  थाहा भएको छ । एकले अर्कोलाई चलाउन सक्ने अवस्था नभएको त्यहीँ कार्यरत कर्मचारीहरुले बताएका छन् । आरती स्ट्रिप्सले अर्बांैको जस्तापाता निर्माणका लागि कच्चा पदार्थ विराटनगर भन्सार नाका भएर आयात गरिरहेको छ भने खर्बांै रुपैयाँको जस्तापाता निर्यात गरिहेको विराटनगर भन्सारस्रोतले बताएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तामाकोशी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको...

एयरटेल सहकारीका प्रबन्धनिर्देशकको ठगी गर्ने नयाँ जुक्ति

सुन्दा एउटा भारतीय दूरसञ्चार सेवाप्रदायक कम्पनीजस्तो लाग्ने एयरटेल बचत तथा ऋण सहकारी नामक काठमाडौंको...

एयरटेल सहकारीविरुद्ध प्रहरीमा उजुरी

एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सुमन केडिया र सहकारीका प्रबन्धनिर्देशक रहेका अशोक गोयल भनिने...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै