logo

महिला तथा बालअधिकार हननका घटना धेरै

रासस

खोटाङ, पुस  ८ 

यहाँ महिला तथा बालअधिकार हननसम्बन्धी घटना बढी पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शुक्रबार सदरमुकाम दिक्तेलमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा महिला अधिकार हननका ३३ र बाल अधिकार हननका १३ घटना भएको पाइएको हो । त्यस्तै एक जनामा बलात्कार, एक जनामा बलात्कारपछि बेचबिखन, दुई बलात्कारको प्रयास, आठ बहुविवाह, १० घरेलु हिंसा तथा ११ अन्य प्रकारले महिलामाथि दुव्र्यवहार भएको जनाइएको छ ।

सन् २०१७ जनवरीदेखि डिसेम्बर १५ भरी जिल्लामा संकलित मानवअधिकार ज्यादतीका ६९ घटनामध्ये बालअधिकार हननमा १२ बालिका र एक शिशु पीडित बनेको इन्सेक प्रतिनिधि सुनिता मगरले जानकारी दिनुभयो । बालअधिकार हननमा आठ बालिका बलात्कार तथा चार बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको जनाइएको छ ।

घटनाको प्रकाशनपूर्व सरोकारवाला निकायसँग गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताइएको छ । त्यस्तै बम विस्फोटबाट एक जना घाइते बनेको तथा कुटपिटबाट आठ जना घाइते बनेको जनाइएको छ ।

सम्पत्तिमाथिको अधिकारअन्तर्गत सो वर्ष पाँच घटनामा चार जना पीडित हुन पुगेका छन् । तिनमा सार्वजनिक भवनमा आगजनी र चार व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाइएको पाइएको छ । कार्यक्रममा जिल्लामा हुने कतिपय गम्भीर प्रकृतिका घटना सार्वजनिक नहुँदा पीडकले उन्मुक्ति पाउने गरेको अधिकारकर्मीले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘फर्निचरमा देशलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गरेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली फर्निचर तथा फर्निसिङ उद्योगलाई थप सहुलियत दिएर...

‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउन रोबटिक्स प्रतियोगिता

नेपाल पुलिस स्कुल र युनिग्लोब कलेजबाट पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुने विद्यार्थीहरूलाई विज्ञान...

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै