logo

अलैंची उत्पादन घट्यो

रासस

लमजुङ, मसिर २९

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् । अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैंँची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैंँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन् । पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताउनुभयो । जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो ।

गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ । केही वर्षअघि लमजुङमा अलँैचीको मूल्य प्रतिकिलो रु दुई हजार ५०० थियो । सोही अलैंँची अहिले प्रतिकिलो रु आठ सयमा झरेको छ ।

जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँ पाखामा व्यावसायिक रुपमा अलैंँचीखेती गरिँदै आएको छ । जिल्लाका अलैंँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ ।  

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन्...

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल...

पाँच बिगाहको गाँजा नष्ट

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै