logo

चियाबाट भविष्य बनाउँदै किसान

गोविन्द लामिछाने (रासस)

इलाम, मंसिर २६

इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उहाँलाई पत्तो थियो ।

गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने खत्रीलाई थाहा भयो । “त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो” उहाँले भन्नुभयो “आर्थिक स्थिति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौँ ।”

चियाखेतीबाट आम्दानी लिन सकिन्छ भन्ने थाहा नभएपछि खत्रीले वस्तु सटहीकै लागि मात्रै चिया सुकाउनु हुन्थ्यो । “चियाको दाम त्यति बेला प्रतिकिलो रु आठ थियो, हामी बिक्री गर्दैनथ्यौँ” उहाँले भन्नुभयो ।

थोरै बारीमा पराम्परागत शैलीमा गरिँदै आएको चियाखेती केही समयपछि गाउँभर विस्तार हुन थाल्यो । उहाँका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो । “चिया रोपेको तीन/चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौँ” उहाँले भन्नुभयो “हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौँ तर पानी परेको बेला भने आगोमाथि फलामको पातामा राखेर सुकाउथ्यौँ ।”

घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा पनि लिन मिल्ने सुनेपछि उद्योग दर्ताका लागि खत्री सदरमुकाम आउनुभयो । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाइने भएपछि उहाँ सदरमुकाम आउनुभयो । “त्यतिबेला दुई हजार पुरस्कार पाएकी थिएँ,” उहाँले विगत सम्झनुभयो “त्यसले थप हौसला बढायो ।”

अहिले खत्रीले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती गरिरहनुभएको छ । चिया बगानसँगै उहाँकै चिया प्रशोधन उद्योग पनि छ । “वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म नाफा हुन्छ,” उहाँले भन्नुभयो । उहाँले चिया विदेशमा समेत निर्यात गर्दैआउनुभएको छ ।

खत्री राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ । लेकाली कृषि सहकारी संस्थामा आबद्ध उहाँले चियाकै लागि उन्नति परियोजनाबाट रु ८० लाखको परियोजना प्राप्त गर्नुभएको छ ।

यस्तै, सूर्योदय नगरपालिकाका काजीमान कागतेले पनि २५ वर्षअघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती शुरु गर्नुभयो । शुरुमा आफैँले प्रयोग गर्न मात्रै खेती गर्नुभएका कागतेले चियाको माग बढ्दै गएपछि खेतीको विस्तार गर्नुभयो । हाल ८० रोपनी आफ्नै जग्गामा चियाखेती गर्नुभएका कागतेको दैनिकजसो २०० किलोसम्म हरियोपत्ती उत्पादन गर्नुहुन्छ ।

“चियाले नै परिवार पालेको छु,” कागतेले भन्नुभयो । झुल्के घाम लघु चिया उद्योगका सदस्य कागतेले चियाखेतीकै लागि उन्नति परियोजनाबाट रु १६ लाखको परियोजना प्राप्त गर्नुभएको छ । चियाखेतीको विकल्प नभएको उहाँको भनाइ छ ।

खत्री र कागते प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेतीबाट मनग्य आम्दानी गर्ने किसान थुप्रै छन् । विभिन्न संघ संस्थाले तालीमको व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउनुहुन्छ । चालिसवटा सहकारीको छाता संगठन रहेको सो संस्थाले उन्नति परियोजनासित समन्वय गरेर काम गर्दै आएको छ । “वर्षेनी १० प्रतिशतका दरले चिया उत्पादन बढ्ने गरेको छ,” उहाँले भन्नुभयो ।

चियाखेतीको अवलोकन गर्न बाह्य पर्यटक आउने गरेका केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । अहिले ललितपुर, रामेछाप, कास्कीलगायत जिल्लामा समेत चियाखेती गर्न थालिएको छ । देशभर करिब ९० हजार व्यक्तिले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गर्दैआएका छन् । नेपालमा ८६ वटा साना उद्यम छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशत विदेश निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया उत्पादन बढाउनकै लागि चिया क्षेत्र घोषणा भएका बाहेकका जिल्लामा समेत चियाखेती विस्तार गर्नका लागि प्रवद्र्धन गरिएको छ । त्यस्तै बोर्डले चियाको गुणस्तरको वृद्धि गर्नका लागि वर्षेनी तालीम तथा परामर्शको कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

बोर्डका अनुसार नेपालमा आव २०७३/७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलो चिया उत्पादन भएको थियो । देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर, तेह्रथुम रहेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै