logo

टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन्

रासस

कञ्चनपुर, मंसिर २३ 

सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन । दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेका हुन् ।

फोटोकपी, लेमिनेशन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टमध्ये आधाभन्दा बढीले विद्युत्, इन्टरनेटको समस्या र दक्ष कर्मचारीको अभावका कारण सेवा प्रवाह गर्न सकेका छैनन् । बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर निजी क्षेत्रको भन्दा कम भए पनि जानकारीको अभावमा सेवाग्राही नआउँदा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको हुलाक कार्यालयका सूचना अधिकारी देवसिंह सामन्तले बताउनुभयो ।

जिल्ला हुलाक कार्यालय महेन्द्रनगर र कृष्णपुरमा सञ्चालनमा रहेका टेलिसेन्टरले आंशिक रुपमा आम्दानी गर्दै आए पनि पुनर्वास, बेलौरी, बेलडांडी, झलारी, चाँदनीलगायत क्षेत्रका टेलिसेन्टर बन्द अवस्थामा रहेका छन् । टेलिसेन्टरका बिग्रिएका उपकरण मर्मतका लागि केन्द्रबाट बजेट नआउँदा सेन्टरको सेवा प्रवाहलाई नियमित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सामन्तले बताउनुभयो ।

टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउनका लागि यसको उपयोगिता र उपलब्धिका विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उहाँले बताउनुभयो । टेलिसेन्टर सेवालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने मसलन्द र उपकरण मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने हुलाक कार्यालयका कर्मचारी बताउँछन् । आव ०६७/६८ मा यहाँका सात ठाउँमा टेलिसेन्टर सेवा सञ्चालनमा ल्याइएका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘फर्निचरमा देशलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गरेन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाली फर्निचर तथा फर्निसिङ उद्योगलाई थप सहुलियत दिएर...

‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउन रोबटिक्स प्रतियोगिता

नेपाल पुलिस स्कुल र युनिग्लोब कलेजबाट पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुने विद्यार्थीहरूलाई विज्ञान...

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै