logo

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

कालिका खड्का (रासस)

काठमाडौँ, मंसिर २१

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर/किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो ।

काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ । “भोट हालें, खुशी लाग्यो, भताभुङ तरिकाले बन्ने भन्दा पाँच वर्षका लागि विकास गर्ने दिगो सरकार बनोस्” – मतदान गरेर फर्कनुभएकी भट्टराईले उत्साही भएर प्रतिक्रिया दिनुभयो ।

सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकामा निकै खुशी देखिनुभएका उहाँले थप्नुभयो, “भोट हाल्न नजाऔँ जस्तो विचार आउने हामीजस्ता बूढाबुढी सबै भोट हाल्न गएनन् भने धेरै भोट कम हुन्छ, विकास गर्ने नेताले हार्लान् भनेर आएको ।”

मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गर्नुभयो । “जनता र यो ठाउँको विकास गर्ने उम्मेदवारलाई भोट हालें” – आफूले जीवनमा धेरै पटक नेतालाई भोट हालेको तर यसपालि चाहिँ विकास गर्ने खालको उम्मेदवारलाई मत हालेको सुनाउँदै उहाँले भन्नुभयो ।

त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । “मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ” – हँसिलो मुहारमा उहाँले सुनाउनुभयो ।

ज्येष्ठ नागरिक मात्र होइन, पहिलो पटक मतदान गर्ने अवसर पाएका किशोरकिशोरी पनि मतदान गर्न पाएर दङग देखिए । चाबहिल बहुमुखी क्याम्पस केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गर्ने लाममा बस्नुभएकी १७ वर्षीय मनिशा काफ्लेले भन्नुभयो – “खुशी लागेको छ मत हाल्न पाउँदा । आफैँले चुनेको उम्मेदवारलाई आफ्नै हातले भोट हाल्न पाउँदा छुट्टै आनन्द हुन्छ ।”

मनिशाजस्तै पहिलो पटक मत हाल्नुभएका १८ वर्षीय रमेश श्रेष्ठलाई पनि पहिलो पटक मतदान गर्न पाएकामा खुशी लागेको छ । उहाँले भन्नुभयो – “भोट नहाल्दा कसरी हाल्ने होला जस्तो लागेको थियो, तर सजिलो नै हुँदो रहेछ । आफ्नो उम्मेदवारलाई भोट हालें । खुशी लाग्यो ।” मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्दै ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीले आज मतदानमा सक्रिय सहभागिता जनाए ।

नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ र स्थानीय तहको निर्वाचनपछि आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४५ जिल्लामा भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ गरी कूल चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार खडा भएका छन् । कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्वाचनपछि खाद्य गोदाममा भीड

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै जिल्लास्थित खाद्य गोदाममा खाद्यान्न लिनेको भीड लागेको छ ।...

बिजुली सर्ट भई आगलागीे हुँदा ८० लाख बराबरको धनमाल क्षति

टोखा नगरपालिका–८ बानियाटारस्थित भक्तपुरको भक्तपुर नगरपालिका–५ का ३७ वर्षीय राजकुमार रावलको फर्निचरमा...

ट्याक्टरको ठक्करबाट यादवको घटनास्थलमै मृत्यु

गरुडा नगरपालिका–२ गेडही गाउँमा ना.६ त ३४ नम्बरको ट्याक्टर घरबाट बाहिर निकाल्ने क्रममा नजिकै आगो तापेर बसिरहेका...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै