logo

राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

रासस

काठमाडौँ, मंसिर २१

पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गर्नुभयो ।

पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उहाँ भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गर्नुभएको हो ।

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आउनुभएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउनुहुन्छ । मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउनुहुन्छ । “जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाँउको विकास गर्ने नेतालाई मतदान गरेको छु,”– उहाँ भन्नुहुन्छ ।

यसैगरी बानेश्वरबाट मतदानका लागि आउनुभएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख हुनुहुन्थ्यो । “निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,”– उहाँले भन्नुभयो । निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् ।

पुरानो बानेश्वरको रत्नराज्य विद्यालयमा तीनवटा मतदान केन्द्र राखिएको छ । केन्द्र ‘ग’ का मतदान अधिकृत नगेन्द्रकुमार कालाखेती रत्नराज्य मतदान स्थलमा तीन हजार ७०४ मतदाता रहेको बताउनुहुन्छ । “बिहानदेखि नै एकै तवरले मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहनुभएको छ,”– उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका ठाँउ यस क्षेत्रमा पर्छन् ।

काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझा पार्टीबाट पार्टीका संयोजक रविन्द्र मिश्र चुनावी मैदानमा हुनुुहुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट...

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् । मुटु, किड्नी र फोक्सोको समस्या...

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया गए । उनी जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै