logo

वरिष्ठ नेता पौडेलद्वारा सत्यवती मावि केन्दबाट मतदान

रासस

तनहुँ, दमौली, मंसिर २१ 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्दबाट मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेता पौडेलले विहान ७ बजे नै पहिलो मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुकलाई अग्रगतिमा लैजाने र लोकतन्त्र साकार हुने विश्वास व्यक्त गर्नुभयो ।

“सत्तरी वर्षदेखिको लोकतान्त्रिक आन्दोलनको संघर्षको परिणामको संविधानलाई कार्यान्वयन गरेर लोकतन्त्रलाई संस्थागत गर्ने र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन यो निर्वाचन भइरहेको छ”– वरिष्ठ नेता पौडेलले भन्नुभयो । आफूले आफ्नो क्षेत्रका जनताको सेवा गर्दै आएको हुँदा त्यहाँका जनताले आफूलाई नै मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकारको प्रश्नको जवाफ दिँदै नेता पौडेलले भन्नुभयो,–“स्थानीय निर्वाचन केवल स्थानीय तहको सिमित क्षेत्रको लागि मात्रै थियो, यो निर्वाचन समग्र देशलाई कुन दिशामा लैजाने, समग्र राष्ट्रलाई लोकतन्त्रमा अगाडि बढाउने र मुलुकको राजनीतिक संक्रमण अन्त्य गर्ने निर्वाचन हो ।”

निर्वाचनको समयमा अनेकौहिंसा र आतंकजस्ता समस्याको बीच पनि लोकतन्त्रलाई उन्नतीमा लग्नको लागि मतदान गर्नबाट जनता विचलित नभएको उहाँको भनाइ छ । नेता पौडेलले विविध समस्या वा दुःख सुखका बीच पनि ढुक्क भएर राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न मतदान केन्द्रसम्म आएर मतदान गर्न आम जनतालाई आह्वान गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वविद्यालय देख्न नपाउने अवस्था बदल्नुपर्ने

धुलिखेल, मंसिर २९ । काठमाडौँं विश्वविद्यालयको आज आयोजित २३ औँ दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३४९...

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, मंसिर २९ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ...

समानुपातिकमा मोरङमा नेपाली काँग्रेस पहिलो

विराटनगर, मंसिर २९ । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै