logo

एस९ ल्याउँदै सामसुङ

एजेन्सी
सोल, मंसिर २० ।
दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्नो एस मोडलको नयाँ भर्सन बजारमा ल्याउने भएको छ । सन् २०१८ को सुरुवातबाट कम्पनीले आफ्नो यो उत्पादन बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले यो उत्पादनको विषयमा आधिकारिक हिसाबमा कुनै जानकारी नदिएको भए पनि उत्पादनको महत्वपूर्ण फिचर्सहरु सार्वजनिक भएको छ । कम्पनीले आधिकारिक रुपमा यो उत्पादनको विवरणहरु सार्वजनिक नगरेको भए पनि केही विवरणहरु चुहावट भएको हो ।


आउँदो वर्षको सुरुवातमा यो उत्पादन विश्व बजारमा ल्याउने तयारीमा रहेको कम्पनीको यो उत्पादन चार रङमा आउने अहिले सार्वजनिक भएको विवरणले देखाएको छ । भर्खरै सार्वजनिक भएको तस्बीरले एस ९ कालो, निलो, सुनौलो र बैजनी रङमा आउनसक्ने देखिएको हो । एस ९ यसअघिको उत्पादन ए८ को तुलनामा केही मात्र फरक हुनसक्ने देखिएको छ । जुन उत्पादन बजारमा कालो, खैरो, निरो र सिल्भर रङमा आएको थियो । सामसुङले एस८ उत्पादनको लागि केही समयअघि मात्र नयाँ भर्सन ल्याएको थियो तर त्यस किसिमको भर्सन एस ९ मा भने नआउने कम्पनीको विवरणमा उल्लेख गरिएको छ ।


पछिल्लो समय सार्वजनिक भइरहेका विवरणहरुले भने एस ९ प्रोसेसरको हिसाबले एस८ जस्तै हुनसक्ने देखिएको छ । जुन उत्पादन अहिले विश्व बजारमा सबैभन्दा आकर्षक उत्पादनको रुपमा रहेको छ । एस९ आगामी जनवरी महिनामा सार्वजनिक हुने विवरणले देखाएको छ तर यकिन मिति भने तोकिएको छैन । यद्यपि बार्सिलोनामा हुने विश्वको प्रविधि सम्मेलनको क्रममा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । यो स्मार्टफोन पाँच दशमलव ९ इन्चको रहेको हल्ला फैलिएको छ । एस ९प्लस भने छ दशमलव २ इन्चको आउनसक्ने देखिएको छ । जसमा ६४ जीबीको इन्टर्नल मेमोरी रहने अपेक्षा गरिएको छ । अहलेसम्म सामसुङले कुनै किसिमको आधिकारिक विवरण नदिएको भए पनि एस८ को तुलनामा भने कम्पनीले केही फरक किसिमको डिजाइन ल्याउनसक्ने बताइएको छ । एस८को जस्तो क्यामेरा सेन्सरको सट्टामा यो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिनसक्ने विवरणले देखाएको छ । यसले मानिसहरुलाई थप सजिलो हुने विश्लेषकहरुले बताएका छन् । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्...

भारतको औद्योगिक उत्पादन घट्यो

भारतको औद्योगिक उत्पादनमा सुधारको नतिजा गत अगष्ट महिनामा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ...

मुद्राको विषयमा जापान र अन्य मुलुकहरुसँग कुरा गर्न चाहन्छ अमेरिका

अमेरिकी वाणिज्य सचिव स्टिभिन नुचिनले जापान तथा अन्य मुलुकहरुसँग मुद्राको एकाधिकारको विषयमा छलफल आवश्यक रहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै