logo

अष्ट्रेलियामा अमेजनको पहिलो प्रवेश

एजेन्सी
मेलवर्न, मंसिर २० ।
अमेजन कम्पनीले अष्ट्रेलियामा आफ्नो व्यापारिक कारोबार सुरु गरेको छ ।  अमेजनले आफ्नो अनलाइन व्यापारको विस्तार अष्ट्रेलियामा पनि गरेको हो । भौगोलिक अवस्था,संरचना र कम्पनीहरुको अहिलेको अहवस्थाले केही समयमा अमेजनको व्यापारले विस्तारै आफ्नो लय समात्ने अपेक्षा गरिएको छ ।


अष्ट्रेलियामा अहिले समग्र खुद्रा व्यापारको बजार एक खर्ब ७१ अर्ब पाउण्डबराबरको रहेकोमा अमेजनको प्रवेशले त्यसलाई थप सुहयोग पुग्ने अनुमान विश्लेषकहरुले गरेका छन् । अष्ट्रेलियाको खुद्रा व्यापार संघले अमेजन कम्पनीले आगामी दिनमा स्थानीय कम्पनीहरुलाई पनि व्यापारको बाटो देखाउने विश्वास व्यक्त गरेको छ । यसअघि अमेरिकी साइटबाट सामग्रीहरु खरिद गर्ने गरेका अष्ट्रेलियन नागरिकहरुलाई अहिलेको योजनाले सहयोग पुग्ने अनुमान गरिएको छ ।  मंगलबारदेखि भने अष्ट्रेलियाका नागरिकहरुले अष्ट्रेलियाकै साइटबाट आफ्ना सामग्रीहरु खरिद गर्न सक्ने भएका छन् ।


अहिले ल्याएको योजनाले विशेषगरी मेलवर्नमा बस्ने मानिसहरु लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ । यो क्षेत्रमा धेरै मानिसहरु बस्ने गरेको कारण पनि आफ्नो व्यापार उक्त सहरलाई लक्षित गरी ल्याइएको बताइएको छ । अष्ट्रेलियन व्यवसायीहरुलाई पनि अहिले ल्याएको योजनाले ढुवानीको खर्च तथा समयको पनि बचत हुने बताइएको छ । अहिले अमेजनको प्रवेशसँगै केही कम्पनीहरुको व्यापारमा भने उल्लेख्य गिरावट आउने अनुमान विश्लेषकहरुको छ । गएको अप्रिल महिनामा ल्याएको योजनासँगै धेरै कम्पनीहरुको व्यापारमा उल्लेख्य गिरावट आएको थियो ।


अष्ट्रेलियाका धेरैजसो कम्पनीहरु आफ्नो खुद्रा व्यापारका मूल्यांकनकर्ताहरु विकास गर्नको लागि संघर्ष गरिरहेको अवस्थामा अमेजनको शाखा अष्ट्रेलियामा खुल्नु पनि महत्वपूर्ण रहेको केहीले बताएका छन् । अनलाइनको व्यापारमा आठ देखि १३ प्रतिशतसम्मको खुद्रा व्यापार हुने गरेको कारण पछिल्लो समय अष्ट्रेलियाको व्यापारिक क्षेत्रमा पनि केही सुस्ताउँदो क्रममा रहेको अवस्थामा अमेजनको नयाँ शाखा विस्तारले महत्वपूर्ण सहयोग गर्नसक्ने बताइएको छ । इन्टरनेटको एक पछिल्लो सर्वेक्षणले  अमेरिकी कम्पनी अकामीलाई ५० औं स्थानमा रहेको छ । अहिले अमेजनले सुरु गरेको व्यापारिक सेवाले भने अष्ट्रेलियामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।


अष्ट्रेलियाको कम जनसंख्या र ठूलो क्षेत्रफलको कारण यो मुलुकमा धनघनत्व निकै कम रहेको छ । जसको कारण अनलाइन व्यापार निकै उपयुक्त मानिने गरेको छ । यद्यपि बजार विश्लेषकहरुले भने अष्ट्रेलिया अनलाइनको लागि उपयुक्त गन्तव्य नरहेको बताएका छन् । विशेषगरी ढुवानीको हिसाबमा यो मुलुक निकै खर्चिलो रहेको कारण पनि अनलाइनको व्यापार गर्न कठिन रहेको उनीहरुले बताएका छन् । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...

उत्तर कोरियालाई राष्ट्रसंघीय दूतको आग्रह : सञ्चारका सबै च्यानलहरु खुला राख्नु

प्योङ्याङ, उत्तर कोरिया, मङसिर २४ । उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै