logo

दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च

एजेन्सी
सोल, मंसिर २० ।
दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चिति अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको विवरण सार्वजनिक भएको छ । गएको नोभेम्बर महिनामा दक्षिण कोरियाले यस किसिमको विवरण हासिल गरेको हो । पछिल्लो तीन महिनामा दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजामा सुधार आएको देखिएको हो ।


मंगलबार दक्षिण कोरियाको तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर महिनामा वैदेशिक मुद्रा सञ्चिति तीन खर्ब ८७ अर्ब अमेरिकी डलरमा पुगेको देखिएको हो । यो नतिजा अघिल्लो वर्षको तुलनामा दुई अर्ब ७९ करोड अमेरिकी डलरले बढीको नतिजा हो । यसले पछिल्लो समय आर्थिक हिसाबमा दक्षिण कोरिया अहिले सुधारको क्रममा रहेको छ । अहिले सार्वजनिक भएको नतिजाले आगामी दिनमा कोरिया आर्थिक हिसाबमा थप बलियो बन्नसक्ने केहीले बताएका छन् ।


पछिल्लो समय अमेरिकी डलर कमजोर बनेको कारण पनि दक्षिण कोरियाको वैदेशिक मुद्रा सञ्चितिको नतिजा केही बलियो देखिएको हो । पछिल्लो समय वैदेशिक मुद्राको सञ्चिति अन्य आर्थिक हिसाबमा बलियो रहेको छ । वैदेशिक लगानीमा पनि दक्षिण कोरियाको सुधारको नतिजा हासिल गरिरहेको छ । गएको महिना विशव बजारमा युरो अमेरिकी डलरको तुलनामा एक दशमलव ८ प्रतिशतले बलियो रहेको देखिएको हो । बेलायती पाउण्ड र जापानी येन पनि सो महिनामा एक दशमलव ६ प्रतिशतले बलियो रहेको देखिएको हो ।


दक्षिण कोरियाको वैदेशिक सञ्चितिमा सुरक्षा क्षेत्रले तीन खर्ब ५८ अर्ब अमेरिकी डलरको हिस्सा ओगटेको देखिएको हो । बचतको हिसाबमा १८ अर्ब ६३ करोड डलर पुगेको छ भधने सुनले चार अर्ब ७९ करोड डलर पुगेको देखिएको हो । गएको अक्टोबरसम्मको विवरणले दक्षिण कोरिया वैदेशिक मुद्रा सञ्चितिको हिसाबमा नवौं स्थानमा रहेको देखाएको थियो । नोभेम्बर महिनामा थप सुधार आउनुले दक्षिण कोरियाको स्थानमा आगामी दिनमा थप सुधार आउनसक्ने बताइएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आफ्नो राजस्व तेब्बर बनाउने योजनामा एयरबस

युरोपियन हवाइ निर्माता कम्पनी एयरबसले आफ्नो राजस्वमा व्यापक वृद्धिदर हासिल गर्ने योजना अघि सारेको छ । आगामी १०...

चीनको आर्थिक लक्ष्य हासिल हुने

चीनले सन् २०१८ का लागि आँकलन गरेको आर्थिक वृद्धिदरको नतिजा हासिल गर्ने बताएको छ । चीनले आफ्नो आर्थिक क्षेत्रमा...

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै