logo

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल
चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि चीनमा राजा सेन नुङको समयबाट सुरु भएको पाइन्छ । सुरुमा चियाको प्रयोग औषधीय गुण भएको पेयको रुपमा भएको थियो । यसैगरी चियाको खेती जापान, कोरिया, बर्मा आदि देशहरुमा विस्तार गर्नमा बौद्ध भिक्षुकहरुको बलियो हात छ भने दक्षिण एसियामा ब्रिटिशहरुले व्यवसाय प्रवद्र्धनका लागि यस खेतीको विस्तार गरेका हुन् । एफ.ए.ओ.को एक तथ्यांकअनुसार सन् २०१६ मा चियाको उत्पादन ५.३ अर्ब किलो पुगेको छ । चीनमा २.२८ अर्ब किलोउत्पादन गरी अग्रस्थानमा छ र वृद्धिदर पनि १८ प्रतिशत छ । टर्की संसारको सबैभन्दा बढी खपत गर्ने ३.३० किलो प्रतिव्यक्ति रहेको देश हो । बेलायत दोस्रो स्थानमा छ भने रसियामा पनि चियाको उपभोग बद्दो छ । त्यस्तै गरी निर्यातमा भने श्रीलंका जहिले पनि सशक्त देखिन्छ र यसमा सरकारको नीतिको ठूलो भूमिका रहेको पाइन्छ । विश्वले अहिले दैनिक करोडौं रुपैयाँको चिया पिइरहेको छ । यसरी विभिन्न देशहरुमा प्रतिवर्ष प्रतिव्यक्ति चियाको खपतमा आयरल्याण्ड, बेलायत, टर्की, इरान, भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड, कतार, श्रीलंका, कुवेत, सिरिया र नेपाल क्रमशः ३ किलो, २.५ किलो, २.१० किलो, १.५ किलो, ०.७० किलो, ०.३० किलो, ०.९० किलो, १.१० किलो, १.५० किलो, १.३० किलो, २.१० किलो, १.३५ किलो र ०.३५ किलो चियाको खपत रहेको देखिन्छ । त्यस्तै गरी हाम्रो देश नेपालमा पनि चियाको खपत दिनहुँ बढ्दो रुपमा भएको छ । मुलुकको भौगोलिक विविधता रहेको हाम्रो देश नेपालमा नगदेबाली चियाले प्रवेश गरेको १ सय ५० वर्षभन्दा बढी भएता पनि व्यवसायिक रुपमा यस खेतीको थालनी भएको करिब ४५/५० वर्ष मात्र भएको बुझिन्छ । मुलुकका अधिकांश जनता जीविकोपार्जनको लागि कृषिकर्ममा आवद्ध रहेका छन् । जवसम्म कृषिक्षेत्रको विकास हुँदैन तवसम्म मुलुकको भाग्य कोरिन सक्दैन । कृषि क्षेत्रको दिगो विकास आवश्यकता मात्र नभई अपरिहार्य रहेको छ । यसै सन्दर्भमा चियाखेती पनि मुलुकको एक मुख्य नगदेबालीको रुपमा रहेको छ । अतः देशमा चियाखेती पूर्वको इलाम जिल्लाबाट सुरु भएको पाइन्छ ।


हाम्रो देशमा करिब डेढ शताब्दीअगाडि अर्थात् वि.सं. १९२० मा प्रवेश गरी झण्डै आधा शताब्दी पहिलेदेखि व्यावसायिक खेती गर्न सुरु गरिएको चियाखेतीले देशको निर्यात व्यापारमा प्रमुख स्थान ओगटेको पाइन्छ । यसले स्वदेशी बजारको साथसाथै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान पाइसकेको छ । मुलुकमा आर्थिक वर्ष २०७२/०७३ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलगायत जिल्लाहरुमा करिब २७ हजार हेक्टरभन्दा बढी क्षेत्रमा खेती गरिएको चियाको उत्पादन २४ हजार मेट्रिक टनभन्दा बढी भएको अनुमान गरिन्छ । यसको साथसाथै १३ हजार मेट्रिक टनभन्दा बढी सी.टी.सी. र अर्थोडक्स चिया विदेश निर्यात भई २ अर्ब ४० करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन भएको थियो । नेपाल र तिब्बतको तेस्रो अर्थात् अन्तिम युद्धपश्चात् थापाथली सन्धिका लागि सन् १८५६ मा कोलन सात्राको नेतृत्वमा आएको टोलीले जंगबहादुर राणालाई कोसेलीको रुपमा दिएको बीउबाट नेपालमा व्यावसायिक चियाखेतीको सुरुवात तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाले इलाममा र पछि सोक्तिममा रोपण गराएका थिए । त्यसैरी नै वि.सं. २०१६ मा झापाको रंगियामा चिया रोपण सुरु गरेका थिए । त्यसपछि पहाडमा भने वि.सं. २०२३ मा चिया विकास निगम स्थापनाबाट पछि कन्याम बगानको स्थापना भएको थियो । यसले व्यापकता भने वि.सं. २०३५ सालमा साना कृषकहरुले चिया विस्तार आयोजना स्थापनापश्चात् भएको थियो । वर्तमान स्थितिमा हाम्रो देशमा करिब २७ हजार हेक्टर हेक्टर क्षेत्रफलमा रोपण भई २.३० करोड किलो उत्पादन गरी करिब २.५५ अर्बको निर्यात गर्न सफल भएको छ । यस व्यवसायमा खेतीपाती गर्ने प्रत्यक्ष रुपमा ५२ हजारभन्दा बढी जना निर्भर रहेको अनुमान गरिन्छ ।


हाम्रो देशको विगत दश वर्षको चिया विरुवा रोपण तथा उत्पादन स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १६४२०, १६५९४, १६७१८, १७१२७, १७४५१, १८१४९, १९०३६, २०१२०, २६१६५ र २७६८८ हेक्टर क्षेत्रफलमा चियाको विरुवा रोपण गरिएको थियो । त्यस्तै गरी आर्थिक वर्ष २०६३/०६४ को तुलनामा आर्थिक वर्ष २०६४/०६५, २०६४/०६५ को तुलनामा २०६५/०६६, २०६५/०६६ को तुलनामा २०६६/०६७, २०६६/०६७ को तुलनामा २०६७/०६८, २०६७/०६८ को तुलनामा २०६८/०६९, २०६८/०६९ को तुलनामा २०६९/०७०, २०६९/०७० को तुलनामा २०७०/०७१, २०७०/०७१ को तुलनामा २०७१/०७२ र २०७१/०७२ को तुलनामा २०७२/०७३ मा क्रमशः १.०६, ०.७५, २.४५, १.८९, ४.००, ४.८९, ५.६९,३०.०४ र ५.८२ प्रतिशतका दरले क्षेत्रफलमा वृद्धि भएको माथि उल्लेखित आंकडाले देखाएको छ । त्यसरी नै उत्पादनतर्फ हेर्ने हो भने आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १५१६७७४३, १६१२७४९०, १६२०८१२७, १६६०७५५५, १७४३७९३३, १८३०९८२४, २०५८८१४५, २१०७६३६६, २३१८६७२६ र २४२६३७४४ किलो उत्पादन भएको देखिन्छ । उत्पादनलाई प्रतिशतमा अध्ययन गर्ने हो भने आर्थिक वर्ष २०६३/०६४ को तुलनामा आर्थिक वर्ष २०६४/०६५, २०६४/०६५ को तुलनामा २०६५/०६६, २०६५/०६६ को तुलनामा २०६६/०६७, २०६६/०६७ को तुलनामा २०६७/०६८, २०६७/०६८ को तुलनामा २०६८/०६९, २०६८/०६९ को तुलनामा २०६९/०७०, २०६९/०७० को तुलनामा २०७०/०७१, २०७०/०७१ को तुलनामा २०७१/०७२ र २०७१/०७२ को तुलनामा २०७२/०७३ मा क्रमशः ६.३३, ०.५०, २.४६, ५.००, ५.००, १२.४४, २.३७, १०.०१ र ४.६४ रहेको उल्लेखित तालिकाबाट स्पष्ट देखिन्छ ।


विश्वको कुल उत्पादन र निर्यातमा नेपालको योगदान न्यून भए पनि इलाम र पूर्वाञ्चलका अन्य पहाडी जिल्लाहरुको हावापानी दार्जिलिङ्गसँग मिल्दोजुल्दो छ । देशको उत्पादनमा गुणस्तरको हुँदाहुँदै पनि अन्तर्राष्ट्रियस्तरमा स्वीकार हुने मापदण्ड अवलम्वन गर्न सकियो भने विश्व बजारमा नेपाली चियाले ठाउँ लिने संकेत प्रशस्त सम्भावना छ । यसरी विश्व बजारमा अर्गानिक चियाको माग बढ्दो छ, अर्गानिक चियाको माग नेपाली चियाको लागि राम्रो अवसर हो । अर्गानिक तथा गुणस्तरीय उत्पादनमा नै नेपाली चियाको भविष्य गाँसिएको छ । चियाखेतीमा संलग्न सबैले चिया रोपण उत्पादन प्रतिशतदेखि बजार व्यवस्थासम्म गुणस्तरमा ध्यान दिन आवश्यक छ । यसर्थ चियाको उत्पादन र क्षेत्र विस्तार मात्र होइन आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा ध्यान दिनुपर्दछ । विकास र विस्तारको प्रशस्त सम्भावना छ । हालसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रो परिचित भइसकेको नेपाली चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरमा सुधार गर्दै लैजानसकेको खण्डमा स्थायी बजार र उपभोक्ता र सुरक्षित गर्न सकिने छ । यसको लागि सम्बन्धित निकाय लागिपरेको बुझिन्छ । चिया उत्पादन तथा नेपाल आत्मनर्भर मात्र होइन निर्यात व्यापार गर्न समेत सक्षम छ । खासगरी नेपालको पूर्वी क्षेत्रका जिल्लाले चिया उत्पादनको अधिकांश हिस्सा धानेको छ । इलाम र झापामा उत्पादन हुने चिया विदेश समेत निर्यात भइरहेको छ । तर, उत्पादक र चिया किसानको एक्लो प्रयासमा निर्यात भइरहे पनि कतिपय समस्यासँग जुझन भने राज्यले नै चासो दिनुपर्ने किसान र उत्पादक कम्पनीको माग छ । स्पष्ट नीति र राहतका कार्यक्रमको अभावमा आफूहरुले समस्या झेल्नुपरेको किसान र उत्पादक गुनासो गर्छन् । चिया उत्पादन बढाउन र भारतीय उत्पादकसँग प्रतिस्पर्धा गर्न सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने चिया किसान र उत्पादक बताउँछन । भारतले चिया उत्पादक किसानदेखि कम्पनीलाई समेत भारतले ठूलो अनुदान दिने गर्छ । यही भएर भारतीय चियासँग प्रतिस्पर्धा गर्न नेपाली उत्पादनलाई कठिन छ । यही कारण भारतबाट नेपाल आउने चिया यताको भन्दा पाँचदेखि सात रुपैयाँसम्म सस्तो हुने गरेको नेपाल चिया उत्पादक संघका भनाइ छ । तसर्थ पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशतसम्म निर्यात हुन्छ, निर्यातका मुख्य बजार रहेका राष्ट्रहरुमा जर्मन, जापान, अमेरिका, रिपब्लिका आदि रहेका छन् भने सीटीसी चिया भने मुलुकभित्रै मात्र खपत हुनुको साथसाथै छिमेकी मुलुक भारत, पाकिस्तान र बंगलादेशमा निर्यात भइरहेको छ । यस व्यवसायमा हालसम्म प्रत्यक्ष वा अप्रत्यक्षरुपमा करिब एक लाख व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । यसरी विश्वमा सबैभन्दा बढी चिया प्रयोग गर्ने देश आयरल्याडमा प्रतिव्यक्ति प्रतिवर्ष तीन किलो चिया उपयोग गर्ने गरेको तथ्यांकले देखाएको छ भने सबैभन्दा कम उपयोग गर्नेमा संयुक्त राज्य अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष शून्य दशमलव ३० किलो मात्र प्रयोग गरेको अनुमान गरिन्छ भने हाम्रो देशमा भने प्रतिव्यक्ति लगभग शून्य दशमलव ३५ किलो प्रतिव्यक्ति प्रतिवर्ष उपयोग गरेको अनुमान छ । यद्यपि सन् २०१० मा १०४ देशहरुमध्ये ८२औंमा परेको नेपाल सबैभन्दा गरिब ठहरिएका लगभग ३ करोड जनसंख्या भएको देशलाई माथि उठाउने चिया कृषिजन्य उद्योग हुनसक्छ । यसकारणले गर्दा हालैका दिनमा विश्वबजारमा माग बढ्दै गएको हुँदा हाम्रो चियाखेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासिका कारण समेत कृषकहरु यसतर्फ आकर्षित भएको पाइएको छ ।


हाम्रो देशमा विगत दश वर्षमा चिया निर्यात तथा आयात स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः ७०००, ८६००, ८८८९, ८४९८, १०५३३, ११०६१, १०७०९, ११३९६, ११५८५ र १३२८९ मेट्रिक टन निर्यात भएको थियो भने सोही अवधिमा क्रमशः ७३४२८५, ९०२१२२, ११६०५९३, ११९५३१९, १५४९८९१, १६२७५८९, २०४३२२०, २०२९४३९, २७२८८०० र २४००११९ हजार रुपैयाँ बराबरको चिया विभिन्न देशमा निर्यात भएको सम्बन्धित क्षेत्रको तथ्यांकमा उल्लेखित गरिएको छ । त्यस्तैगरी दश वर्षको अन्तरालमा विभिन्न मुलुकहरुबाट नेपाल आयात भएको विभिन्न प्रकारका चियाको स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा क्रमशः १९००, १३१२३, ९६२४, ३६११६, ४०८०४, ४७८०१, ५७५१६, ५५७७०, ४०८०४ र ६७९७१ हजार रुपैयाँमा बराबरको विभिन्न किसिमको चियाहरु आयात भएको सम्बन्धित निकायले जनाएको छ ।


समग्रमा भन्नुपर्दा गत आर्थिक वर्षमा देशभर २ करोड ३१ लाख किलो चिया उत्पादन भएको चिया तथा चिया विकास बोर्डले जनाएको छ । मुलुकमा विशेषतः गरी तीन प्रजातिको चियाखेती गरिन्छ । आसामी,  कम्बोडियाली   प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ । त्यसरी नै अर्को चिनियाँ प्रजातिको चिया मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद झन्डै विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो रहेको पाइन्छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकार सूत्रहरूले बताउँदै आएका छन् । यस्ता कतिपय चिया पारखीहरू त हाम्रो जस्तो देशको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ट रहेको विश्वास गर्छन् । चिया क्षेत्रले छोटो अवधिमै निकै ठूलो फड्को मारिसकेको अवस्था विद्यमान छ । विगतदेखि हालसम्मको स्थितिलाई अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०५३/०५४ मा ३ हजार ५ सय हेक्टरभन्दा कम रहेको चिया रोपणक्षेत्र आज आएर १९ हजार ३६ हेक्टर पुगेको छ । यो दुई दशक भन्दा पनि कम अवधिमा हामी चिया आयात गर्ने मुलुकबाट आत्मनिर्भर भई चिया निर्यात गर्ने अवस्थामा पुगेको सम्बन्धित क्षेत्रको निष्कर्ष रहेको छ । त्यस्तैगरी नेपाली चियाको उत्पादन र व्यापार पनि फस्टाउँदो नै छ । हाम्रा उत्पादनहरू युरोपका बजारहरूमा विशिष्ट  चियाको रूपमा विव्रmी हुन थालिसकेका छन् । योे चिया र चिया उद्योग प्रत्येक वर्ष ठूलो हुँदै गएको छ । नेपालमा चियाखेतीको क्षेत्रफल विस्तारका साथै उत्पादनमा पनि वृद्धि हुँदै गएको देखिन्छ । देशमा चिया किसानका आयश्रोत वृद्धि गर्न सकिने व्यापक सम्भावना भएको हुँदा यसको खेती विस्तारमा किसानहरु लालयित रहेका छन् । चियाखेती हुने जिल्लाहरु बढ्दै गएको एकातिर छ भने अर्कोतिर हेर्ने हो भने विकास क्षेत्रमध्ये पूर्वाञ्चल क्षेत्रको पहाडी जिल्लाहरुमा चियाखेतीका लागि बढी उपर्युक्त भएको कारण यहाँ चियाको क्षेत्रफलमा व्यापक विस्तार भएको छ । पहिले इलाम जिल्लामा मात्र सिमित भएकोमा हाल पूर्वाञ्चल विकास क्षेत्रको अरु पहाडी जिल्लाहरु खेती हुँदै गएको छ । त्यस्तै गरी मध्यमाञ्चल  र पश्चिमाञ्चल जिल्लाहरुमा व्यापक विस्तार भएर गएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...

महत्वाकांक्षी योजनाले निम्त्याएको समस्या

चिरञ्जीवी आचार्य अहिले विश्व बजारमा सवारीसाधनहरुको माग बढ्दो क्रममा रहेको छ । त्यसमा पनि कारको व्यापार झन्...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै