logo

आत्मनिर्भर बनाउन सघाउने उम्मेदवार अपांगता भएका व्यक्तिको रोजाइमा

रासस

कञ्चनपुर, मंसिर १८ 

पाँच वर्षको उमेरमै पक्षघात हुँदा अपांगता भएका कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाका ४२ वर्षीय दयाराम रानाले सीपमूलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाउनुभएको छ ।

फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर्निचर निर्माण गर्नका लागि सीप सिकेर आफ्नै फर्निचर उद्योग सञ्चालन गर्न चाहनुहुन्छ । “परम्परागत सीपलाई आधुनिकिकरण गर्न नसक्दा थोरै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “तीन छोरासहित पाँच जनाको परिवारको खर्च चलाउन परम्परागत सीपले धान्दैन ।” अपांगता भएका व्यक्तिलाई सीपमूलक कार्य गर्नका लागि अनुदान रकम र तालीमका लागि सहयोग गर्ने उम्मेदवारलाई यस पटक मतदान गर्न आतुर भए पनि अहिलेसम्म कोही पनि मत माग्नै नआएको उहाँले बताउनुभयो ।

अपांता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा उम्मेदवारले समेत भेटेनन् नौरंगामा आयोजना गरिएको २६औँ अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा भेटिएका रानाले गुनासो गर्दै बताउनुभयो । राजनीतिक दलका कार्यकर्तालाई अपांगका आवाज उम्मेदवारसम्म पु¥याइदिन आग्रह गरिएको उहाँले बताउनुभयो । अपांगता भएका व्यक्तिलाई सपांग जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा अवसर दिई आत्मनिर्भर बनाइनुपर्ने जानमती रानाले बताउनुभयो ।

“परिवार र समाजका लागि केही गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “हामीलाई अवसर दिनुप¥यो, त्यसका लागि सक्षम उम्मेदवारलाई यस पटक छनोट गरेर नै मतदान गर्छौं ।” अपांगता हँुदा विगतमा समाजमा घृणा गर्ने, होच्याउने, अपांगता भएका परिवारका लागि बोझ जस्ता शब्द सुनेर २७ वर्षीया सोमवती राना वाक्क र दिक्क मान्ने गरेको बताउनुहुन्छ ।

हाल गैरसरकारी संस्थामा सानै पदमा भए पनि जागिर पाएपछि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनुहुन्छ । सबैले सम्मान गर्छन्, आदर साथ बोलाउँछन्, यो सबै आफँै कमाएर परिवारको खर्च धान्न थालेपछि भएको बताउनुहुन्छ । सबै अपांगता भएका व्यक्तिलाई अवसर दिइए कार्य गर्न सक्छन् यसका लागि राज्यको नीतिमा परिवर्तन गरी अपांग समावेशी कानून बनाई कार्यान्वयन गर्ने दक्ष उम्मदेवारलाई भोट दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

अपांगता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगार पाउनका लागि निर्णायक तहमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको मागसमेत अघि सारेका छन् । सामाजिक सुरक्षाअन्तर्गत पाउँदै आएको भत्ताको रकम र छात्रवृत्तिको रकममा समेत जीवन धान्न सकिने गरी उपलब्ध गराइनुपर्ने अपांगता भएका व्यक्तिको भनाइ रहेको छ । विसं २०६८ को जनगणनाअनुसार कञ्चनपुरमा चार लाख ५१ हजार २४८ जनसङ्ख्यामध्ये नौ हजार ७० जना अपांगता भएका व्यक्ति रहेका छन् । जुन कूल जनसङ्ख्याको दुई प्रतिशत रहेको छ । प्रदेश नं ७ का नौ वटै जिल्लामा भने अपांगता भएका व्यक्तिको जनसङ्ख्या ६७ हजार ८३० रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्वाचनपछि खाद्य गोदाममा भीड

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएलगत्तै जिल्लास्थित खाद्य गोदाममा खाद्यान्न लिनेको भीड लागेको छ ।...

बिजुली सर्ट भई आगलागीे हुँदा ८० लाख बराबरको धनमाल क्षति

टोखा नगरपालिका–८ बानियाटारस्थित भक्तपुरको भक्तपुर नगरपालिका–५ का ३७ वर्षीय राजकुमार रावलको फर्निचरमा...

ट्याक्टरको ठक्करबाट यादवको घटनास्थलमै मृत्यु

गरुडा नगरपालिका–२ गेडही गाउँमा ना.६ त ३४ नम्बरको ट्याक्टर घरबाट बाहिर निकाल्ने क्रममा नजिकै आगो तापेर बसिरहेका...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै