logo

उच्च सतर्कता अपनाउन र चनाखो हुन निर्देशन

ललितपुर । निर्वाचन आयुक्त सुधीरकुमार शाहले मंसिर २१ गते दोस्रो  चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा बिहीबार ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनको क्रममा शाहले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए ।


आयुक्त शाहलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रमुख जिल्ला अधिकारी महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादु्र ऐर, प्रमुख सेनानी सुरज गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कँुवर, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक, क्षेत्र नं. २ का निर्वाचन अधिकृत विनोद भट्टराई, क्षेत्र नं. ३ का सुरेश खनाल तथा केन्द्रीय प्रमुख अनुगमनकर्ता राधिका अर्याललगायतबाट ललितपुर जिल्लाको निर्वाचनको समग्र तयारीबारे अवगत गराएका थिए ।


उनीहरुले ललितपुरको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको, सम्बन्धित मतदान केन्द्रलाई लक्षित गरी सुरक्षा पोष्ट स्थापना भइसकेको, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम अन्तिम चरणमा पुगेको, मतदान सामग्री रुजु गर्ने, केन्द्र अनुसार छुट्टाएर प्याकिङ गर्नेजस्ता कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।


ललितपुर जिल्लाको निर्वाचनको तयारीबारे जानकारी हासिल गरेपछि कर्मचारीहरुलाई निर्देशन दिँदै  आयुक्त शाहले कतिपय स्थानमा आचारसंहिताविपरीत निर्वाचनका प्रचारप्रसार सामग्री राखिएको भन्दै ती सामग्री हटाउनका लागि आवश्यक प्रबन्ध गर्न दुई दिनको समय दिएका छन् । अब आचारसंहिता उल्लंघन भएका प्रचार सामग्री दुईदिनभित्र हटाईसक्नु पर्ने छ । आचारसंहिताविपरीतका ती सामग्री हटाएको वा नहटाएको अवस्थाको अनुगमन आयोगबाट दुई दिनपछि हुने जानकारी पनि शाहले दिएका छन् ।


आयुक्त शाहले काठमाडौं, भक्तपुर र ललितपुरको साङ्केतिक अनुगमन गरेको भन्दै मुख्य चासो सुरक्षा नै भएको बताएका थिए । उनले द्वन्द्वकालको सुरक्षा व्यवस्थापन गरेको अनुभव कर्मचारीहरुमा भएको भन्दै उच्च सतर्कता अपनाउन र चनाखो भएर निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिए । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्बुदरोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने...

निःशुल्क औषधि वितरण

लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । सरकारले बिरामीलाई वार्षिक...

तटबन्धनको विशेष कार्यक्रम ल्याउन आग्रह

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले तराई/मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै