logo

बेनी बजार संरक्षण आयोजनाको काम शुरु

रासस

म्याग्दी, मंसिर १४

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ । जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो ।

चालु आव २०७४७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा प्याकेजमा काम गर्न रु ११ करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको सब डिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिनुभयो । मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनार, म्याग्दी र कालीगण्डकीको दोभान, तगा कालीपुलस्थित कालीगण्डकी नदीको दयाँ किनारमा ३५९ मिटर रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न रु पाँच करोड २६ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम शुरु गरिसकेको छ ।

एक वर्षको ठेक्का अवधि भए पनि बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो । आव २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडिसम्म ३९३.५ मिटर आरसिसी पर्खाल निर्माण भइसकेको छ । नदी किनारमा निर्माण हुने आरसिसी पर्खाल ७.५ मिटर र मेसिनरी पर्खाल पाँच मिटर अग्लो हुनेछ ।

आव २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब एक हजार घर रहेको बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ ।

यसअघि नदी किनारमा तारजाली ग्याबिन भरेर पर्खाल लगाउँदै आए पनि अहिले कटानको समस्या दिगोरुपमा समाधानका लागि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्बुदरोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने...

निःशुल्क औषधि वितरण

लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । सरकारले बिरामीलाई वार्षिक...

तटबन्धनको विशेष कार्यक्रम ल्याउन आग्रह

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले तराई/मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै