logo

आजबाट दुर्लभ पाटे बाघ गणना

रासस

चितवन, मंसिर १४

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिनुभयो ।

उहाँले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिनुभयो । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ ।

यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो । गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट...

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् । मुटु, किड्नी र फोक्सोको समस्या...

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया गए । उनी जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै