logo

गरिबको दुःख बुझ्नेलाई भोट

रासस

पाल्पा, मंसिर १४

रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् । जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ दिने नेतालाई मात्र भोट हाल्ने योजनामा दलित तथा विपन्न समुदाय पुगेका हुन् । हामीले भोट हालेर जितेपछि हाम्रो बस्तीमा नेताले विकास बजेट नपारेको र काम खोज्दै विदेश जान बाध्य बनाएकोमा उनीहरु दुःखी छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

“चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरे पनि चुनाव सकिपछि मुख समेत हेर्दैनन्,” ५९ वर्षीय स्थानीय बासिन्दा रनविर विश्वकर्माले भन्नुभयो । काम नगरी खान नै छैन, चुनाव त हामीहरुलाई लागेको छैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिन्छाँै, हामीलाई विकास पनि चाहियो ।”

कुसुमखोलाको माराबाँसका १३ घर परिवार विश्वकर्मा बस्तीले नेतालाई पटकपटक जिताएपछि गाउँमा कहिले पनि आफ्ना समस्या बुझ्न नआएकोमा मतदाताको मन खिन्न छ । स्थानीय बासिन्दा पदम विश्वकर्माले भोट दिए पनि कुर्चीमा पुगेपछि हाम्रा समस्या जहाँका त्यही हुने भए भोट हाल्नुको अर्थ नै छैन । दिनभर हिँडेर बाँसका सामान बेच्न बाध्य यहाँका दलित समुदायलाई जीविकोपार्जनको प्रमुख समस्या रहेको छ ।

संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र २०६४ को निर्वाचनमा नेकपा (एमाले)का कुलप्रसाद नेपाल यस क्षेत्रबाट जिते पनि दलित र गरीब बस्तीमा विकासको उज्यालो आउन नसक्दा दल र नेताप्रति उनीको हेराइ सकारात्मक हुन सकेको छैन । सांसद तथा सभासद्ले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकासका कार्यक्रम विपन्न गरिब दलित बस्तीका आधारभूत समस्या समाधान केन्द्रित हुन नसक्दा समस्या झनै बल्झिएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘समृद्धिको लागि निजी व्यवसायको अतुलनीय भूमिका’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समृद्धिको लागि निजी व्यवसायको अतुलनीय भूमिका रहेको बताएका...

त्रिशूलीमा जलयात्रा उत्सव हुने

नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा)ले त्रिशूलीमा जलयात्रा उत्सव आयोजना गर्ने भएको छ । ‘पर्यटन र...

नेपाल उद्योग वाणिज्य महांसघको सदस्यमा सुशीला गोयल नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघको हालै बसेको कार्यसमिति बैठकले महासंघको एसोसिएट रिक्त सदस्य पदमा एच.पी. अग्रवाल...
सुलसुले अरु धेरै

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘आजको राष्ट्रवाद दलाई लामाको तिब्बती मोहजस्तो होइन’

यतिबेला नेपालीहरुमा एक प्रकारको उत्साह पलाएको छ । त्यसको कारण हो दुई पार्टीको एकता । पार्टीहरु नफुटेको राम्रो...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै