logo

उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार

रासस

पर्वत, मंसिर १२

यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो । नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् ।

वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए पनि हिउँदको समयमा भने काकाकुलको नियति भोग्नुपरेको स्थानीय हरिमाया पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “एक गाग्री पानी ल्याउनका लागि घण्टौँ समय खर्चनुपर्ने अवस्था रहेको छ । खानेपानी लिनका लागि पिठ्यूमा गाग्री बोकेर बस्तीभन्दा आधा घण्टा तल खोलामा जानुपर्ने बाध्यता रहेको छ ।”

घरपरिवारका एक दुईजनालाई त दैनिक घरमा पानी पु-याउने जिम्मा नै लगाउनुपर्ने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । केही समयअघि गाउँमा बेलायतको सहयोगमा कादुरी योजना परेको भए पनि नजिकमा स्रोत नहुँदा योजनाले पूर्णता पाउन नसकेको हो । पानीको अभाव भएपछि स्थानीय कृषकले खेतीयोग्य जमिनमा सिँचाइ गर्न र तरकारी बाली पनि लगाउन पाएका छैनन् ।

पानीको राम्रो व्यवस्था भइदिने हो भने मौसमी तथा बेमौसमी तरकारी लगाएर पनि प्रशस्त आम्दानी गर्न सकिने थियो स्थानीय कृषक कृष्णरञ्तिजा मगरले भन्नुभयो । पानीको स्रोत नै नहुँदा खेतबारी पनि बाँझै राख्नुपर्ने अवस्था रहेको छ । उनीहरुले बारीमा मकै, कोदो लगाउँदै आएका छन् । आलु उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने भए पनि सिँचाइको अभावले गर्दा निर्वाहमुखीरुपमा उत्पादन गर्नुपरेको उहाँले बताउनुभयो ।

खानेपानीको योजना गाउँमा पार्नका लागि जिल्लास्थित सरोकारवाला निकायमा पटक–पटक आग्रह गरिएको भए पनि अहिलेसम्म कुनै योजना आउन नसकेको समाजसेवी जगत लाङ्घालीले जानकारी दिनुभयो । राजनीतिक दलका नेताहरु पनि भोट माग्ने बेलामा मात्र आउँछन् अरु समयमा नाकमुखै देखाउँदैनन्”, उहाँले भन्नुभयो, “अब त भन्दाभन्दै आश पनि मर्न लागिसक्यो ।”


अधिकांश मगर समुदायको बाहुल्यता रहेको उक्त गाउँमा खानेपानीकै अभावले गाउँमा अन्य क्षेत्रको विकास गर्न नसकिएको गुनासो गरेका छन् । उनीहरु गाउँमा घरवास कार्यक्रम सञ्चालन गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न चाहे पनि खानेपानीकै अभावले शुरु गर्न नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

खुम्बु क्षेत्रमा पर्यटकीय सिजनको पर्खाइमा व्यवसायीहरु

खुम्बु क्षेत्रमा सेप्टेम्बरदेखि सुरु हुने पर्यटकीय सिजनको पर्खाइमा व्यवसायीहरु बसेका छन् । खुम्बु क्षेत्रमा...

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न

निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।...

नाकामा सुरक्षा नहुदा बर्षेनी अर्वौ मुल्यको जडिबुटी अबैध निकासी

बझाङ– क्षेत्रफलका हिसावले नेपालकै ठुलो र सुविधा हिसावले सम्भवत सबै भन्दा विकट बझाङको साइपाल गाउँपालिकाका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै