logo

टुकीको भरमा रात बिताउँछन् कुमाल बस्तीमा

रासस
पाल्पा, मंसिर १२

पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ ।

घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युत्का सामान, विद्युत्को वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताउनुभयो । “अरुको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोख्नुभयो ।

सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती रहे पनि आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरुले जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ ।

पाल्पालाई टुकीरहित बनाउने

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सात वर्षभित्र पाल्पालाई टुकीरहित बनाउने बताउनुभएको छ । चुनावी सभामा उहाँले संविधान निर्माणका लागि जनताले दिएको अभिभारा आफूले पूरा गरेकाले यसपालिको निर्वाचनमा आफूलाई जिताउने बताउनुभयो उहाँले युवालाई गाउँ बस्तीमा स्वरोजगार बनाउने योजना रहेको बताउनुभयो ।


चुनावी सभामा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले कृषि पशुपालन वनजन्य उद्योगबाट युवालाई स्वरोजगार र आर्थिक समृद्धि बनाउने कार्यमा नेपाली काँग्रेसको नेतृत्वबिना सम्भव नभएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन...

प्रधानमन्त्रिको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

प्रजातन्त्र दिवश भव्य रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल...

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ ।...
सुलसुले अरु धेरै

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

भारतको नयाँ बजेट र वर्तमान आर्थिक अवस्था

अहिले भारतले करिब दुई सय ४४ खर्ब भारतीय रुपैयाँबराबरको नयाँ वर्षको बजेट सार्वजनिक गरेको छ । पछिल्लो समय आर्थिक...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै