logo

पोप म्यानमार भ्रमणमा

(रासस/एएफपी)

याङगोन, मंसिर ११ 

बौद्धधर्मावलम्बीहरूका बलियो प्रभाव रहेको देश म्यानमारमा सोमबार पोप फ्रानसिस पुग्नुभएको छ रोहिङ्ग्या मुसलमान समुदायलाई लिएर विश्वभरि आलोचना भइरहेको यस अवस्थामा पोपको भ्रमणलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । पोपको योङ्गोन विमानस्थलमा अत्यन्त उल्लासपूर्ण रुपमा स्वागत भएको छ । चार दिनको भ्रमणमा म्यानमार पुग्नुभएका पोपले अल्पसंख्य रोहिग्यालाई राम्रो व्यवहार गर्न आग्रह गर्नुभएको छ । उहाँले उक्त समूहलाई दाजुभाइ र दिदीबहिनी भनी सम्बोधन गर्नुभएको छ ।

म्यानमारमा प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीसँग पनि पोपले भेटवार्ता गर्न लाग्नुभएको छ । प्रजातन्त्र ल्याउनको लागि गरेको सुकीको योगदान संसारलाई थाहा भएकै कुरा हो । म्यानमारको विदेशमन्त्री मात्र होइन, म्यानमार सरकारको राज्य सल्लाहकार पदमा रहनुभएका सुकीको अहिलेको त्यो भूमिका ती निरीह शरणार्थीका लागि भने केही काम लागेको छैन ।

यद्यपि गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ । विश्वबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समय म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयासस्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको थियो ।

अन्तरराष्ट्रिय समाचार समितिले यस समाचारलाई ठूलो प्राथमिकतासाथ प्रशारण थियो । तर यसको मिति भने तय भएको छैन । नत उता म्यानमार सरकारले सशस्त्र उनीहरूलाई आफ्नो थातथलोमा पुनःस्थापना गर्ने बाचा सार्वजनिक गरेको छ । हामीले उनीहरूलाई घर छोड्न बाध्य पारेको होइन, त्यसैले हामी आउ या जाउ पनि भन्न सक्ने अवस्थामा छैनौँ, यस्तै यस्तै हुने गर्दछ म्यान्माली अधिकारीको प्रतिक्रिया गहदै आएको छ ।

म्यान्माली शरणार्थीहरूले बङ्गलादेशको तटीय सहर कोक्स बजारमा यतिखेर पाइला टेक्ने ठाउँ पनि छैन । यहाँको अस्थायी शिविर जस्तापाताले छाएको ठूलो सहरझैं भान हुन थालेको छ । म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्न्माली रोहिङ्ग्या मुस्लिम समुदायका लाखौँ नागरिक भागेर बङ्गलादशेमा शरणार्थीको रुपमा बसिरहेका छन् ।

उक्त समुदायमाथि म्यानमारको सरकारी सैनिकले आक्रमण गर्दा उनीहरू भाग्नुपरेको उनीहरूको भनाइ छ । म्यानमार सरकार भने यस्तो केही नभएको भन्दैछ । संयुक्त राष्ट्र संघका अनुसार म्यानमारको राखिन राज्यबाट गत अगस्त २५ बाट भागेका रोहिङ्ग्या मुसलमानको सङ्ख्या छ लाख २० हजार रहेका छन् ।

तर सुकीले भने देशबाट रोहिङ्ग्या नामको एक जातिका नागरिक लखेटिएर विदेशमा शरणार्थी बन्नु परिरहेको दृश्य हेरिमात्र रहनुभएको भने विश्वले आरोप लगाउँदै आएको छ ।

यस रोहिङ्ग्या मुस्लिम जातिविरुद्धमा भएको हिंसालाई म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ । म्यानमारबाट लखेट्ने क्रममा त्यहाँको सेनाले उनीहरूका विरुद्धमा जातीय सफायाको नीति लिएको उक्त मानवअधिकारवादी संस्थाको आरोप रहेको छ ।

एम्नेष्टी इन्टरनेशनलले हालैमात्र सार्वजनिक गरेको १०० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा प्रश्न गरिएको छ । रोहिङ्ग्या जातीय समुदायलाई म्यानमारमा विगत लामो समयदेखि नै राज्यले विभेद गर्दै आएको र त्यसका विरुद्धमा उनीहरूले पनि सशस्त्र संगठन खोलेको पनि सो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...

उत्तर कोरियालाई राष्ट्रसंघीय दूतको आग्रह : सञ्चारका सबै च्यानलहरु खुला राख्नु

प्योङ्याङ, उत्तर कोरिया, मङसिर २४ । उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै