logo

साउदी अरेबियाको धूर्त चालमा व्यवसायीहरु

चिरञ्जीवी आचार्य
साउदी अरेबियाको शासनको विषयमा धेरैलाई केही बयान गर्नु नपर्ला । यो मुलुकमा अहिलेसम्म पनि राजतन्त्रात्मक निरंकुश शासन रहेको छ । जसको कारण यो मुलुकमा राजा वा उसका परिवारहरु कुनै समय रिसाएको अवस्थामा त्यो जो कोहीलाई पनि हानिकारक हुनसक्छ । यस्तै समस्या अहिले साउदी अरेबियाका केही धनाढ्य व्यावसायीहरुले भोगिरहेका छन् ।


कुनै पनि व्यवसाय सही हिसाबमा गर्नुपर्छ भन्ने कुरा सही हो । साथै कुनै पनि मुलुकमा नियमसङ्गत हिसाबमा काम गर्नुपर्छ भन्ने मान्यता हुन्छ । यसै मान्यतालाई आधार मान्दा साउदी अरेबिया यसबाट पन्छिनु हुँदैन । यद्यपि यसो भन्दैमा कुनै मुलुकले आफ्नो निहित स्वार्थलाई प्राथमिकतामा राखेर व्यावसायीहरुलाई कारबाही गर्नुले भने आगामी दिनमा साउदी अरेबियामा हुने कुनै पनि व्यवसाय माथि पनि प्रश्न चिन्ह लाग्न सक्छ । अहिले साउदी अरेबियाले पक्राउ गरेको भनिएका व्यावसायीहरु भ्रष्टाचारको आरोपमा पक्राउ परेका हुन् । उनीहरु पक्राउ पर्नुमा भष्टाचारको कारण साउदी सरकारले देखाएको हो तर यस विषयलाई कुनै पनि अदालतमा मुद्दा नचलाई उनीहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी साउदीको रहेको छ ।


साउदी अरेबियामा दुई सयभन्दा बढी व्यावसायीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । साउदी अरेबियाले केही समयअघि पक्राउ गरेका व्यवासायीहरुलाई ठूलो किसिमको कारबाहीको प्रक्रिया सुरु गर्ने भएको हो । आधिकारिक रुपमा यस विषयमा केही जानकारी नदिइएको भए पनि उनीहरुको सबै सम्पत्ति कब्जा गर्ने साउदीको नीति रहेको बताइएको छ । केही समयअघि साउदी अरेबियाले दुई हप्ताभित्र दुई सयभन्दा बढी आर्थिक अनियमितता गर्ने मानिसहरुलाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा केही राजकुमारहरु पनि रहेका थिए । यसै मामिलामा केही ठूला उद्योगपतिलाई व्यावसायिक बैठकका लागि बोलाई पक्राउ गरिएको थियो । साउदीले एक अर्बपतिलाई पनि सामान्य अपराधीजस्तै गरी पक्राउ गरेका थियो । अहिले भने साउदी अरेबिया अहिले हिरासतमा रहेका दुई सयभन्दा बढी धनी मानिसहरुको विरुद्धमा ठुलो कारबाहीको तयारीमा लागेको छ । सरकार यी मानिसहरुको अर्बौंको सम्पत्ति कब्जा गर्ने योजनामा रहेको हो ।


मानव अधिकारीहरु अहिले साउदी सरकारको यस किसिमको मनसायको विपक्षमा देखिएका छन् । साउदी सरकार अहिले पक्राउ गरिएका मानिसहरुलाई पश्चिमा मुलुकहरुको नियमको आधारमा मुद्दा अघि बढाउने पक्षमा देखिएका भए पनि साउदीको न्यायालय स्वतन्त्र नरहेको कारण यो नियमसँग तुलना गर्नु नहुने मानव अधिकारवादी संस्थाहरुको भनाइ रहेको छ । यस विषयमा मानव अधिकारवादी अनुसन्धानकर्ता एडम कूगलका अनुसार यदि साउदीले पक्राउ गरिएका मानिसहरुलाई कानुनी सहायता दिँदैन भने यसलाई निरंकुशता मानिन्छ । साउदी सरकारका समर्थकहरु भने यो फैसला पक्राउ परेका धनाढ्यहरुलाई अदालतको मुद्दाबाट बच्ने एक आधार रहेको बताउँदै आएका छन् ।


साउदी अरेबियाले उनीहरुको सम्पत्ति आफ्नो हातमा ल्याउनका लागि जस्तोसुकै कदम उठाउन पनि सक्छ तर पक्राउ परेकामध्ये अधिकांशको सम्पत्ति बाहिरी मुलुकमा रहेको छ । धेरैजसोको सम्पत्ति अमेरिका, बेलायत, स्विट्जरल्याण्डमा रहेको छ । बाहिरी मुलुकमा रहेको सम्पत्ति साउदीले ल्याउनका लागि अन्तर्रा्ष्ट्रिय समुदायले अहिले भइरहेको कारबाही सही छ भन्ने कुरालाई मनन गर्नु जरुरी रहेको छ । यसपछि साउदी अरेबियासँग बचाउ गर्ने पक्षसँग पश्चिमी मुलुकको अदालतमा अपिल गर्ने अधिकार बच्नेछ । यो प्रक्रिया निकै लामो र मुलुकको लागि चिन्ताजनक पनि हुनसक्छ । किनकी साउदी सरकार आफ्नो निजी सम्पत्तिको विषयमा समग्र विश्वलाई थाहा होस् ।


एक विशेषज्ञले न्यायिक मामिलामा अन्तर्राष्ट्रिय सहयोग पाउनका लागि मानवअधिकार महत्वपूर्ण चरण हो । साउदीमा पक्राउ परेका मानिसहरुको नाम चुहिइसकेको छ तर सरकारले भने गोपनीयताको विभिन्न कारण देखाउँदै जानकारी दिनको लागि भने अस्वीकार गरेको थियो । यस्तोमा हिरासतमा लिइएका मानिसहरुको परिवारलाई पनि उनीहरुको अवस्थाको विषयमा कुनै जानकारी दिइएको छैन । यसले साउदी अरेबियाको आर्थिक क्षेत्रमा नकारात्मक असर पार्नसक्ने विश्लेषकहरुको भनाइ रहेको छ ।


अहिले साउदी अरेबियाको आर्थिक क्षेत्र पनि आशा गरिएअनुसारले सुधार हुन सकेको छैन । तेलको मूल्यमा विश्वव्यापीहिसाबमा गिरावट आएको कारण विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता मुलुक समस्यामा परेको देखिएको हो । यो मुलुकको अर्थतन्त्रमा तेलको राजस्वले ७० प्रतिशतभन्दा माथिको हिस्सा ओगेटेको छ । जसको कारण पनि साउदी अरेबियालाई आर्थिक हिसाबमा सुधारको लागि केही सोचेर मात्र निर्णय लिनु जरुरी हुन्छ । अहिले देखिएको घटनााक्रम अनुसार साउदी अरेबिया विशुद्ध निहित स्वार्थको लागि गरेको देखिन्छ । यसले  साउदी अरेबियाको लगानी तथा अन्य क्षेत्रहरुमा प्रभाव पर्नसक्ने विज्ञहरुको भनाइ रहेको छ ।


साउदी अरेबियाका नागरिकहरुको सम्पत्ति खाने मानसायमा रहेको भए पनि साउदीले केही प्रक्रिया पूरा गर्ने थिएन तर यो विषय अन्तर्राष्ट्रिय समुदायमा पनि पुग्ने भएको कारण यस विषयमा साउदी अरेबिया केही समस्यामा पर्नसक्ने देखिएको मध्यपूर्वको एक शक्ति राष्ट्रको रुपमा रहेको यो मुलुकले यस किसिमको कदम बाहिरी मुलुकहरुमा व्यावसायीहरुको खाता रहेको कारण देखिएको हो । साउदी अरेबियाको न्यायालयमा पनि धेरै विश्वास गर्न सकिँदैन । सामग्र न्यायालयमा साउदी राज परिवारको हुकुम चल्छ । त्यसैले यो विषय अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने देखिन्छ । उनीहरुको रकम भ्रष्टाचारको हो भन्ने पुष्टि गर्नको लागि साउदी अरेबियाले आफ्नो सबै आर्थिक विवरणहरु बुझाउनु आवश्यक रहेको देखिन्छ । यस्तोमा साउदी अरेबिया आमफ्ना सबै आर्थिक विवरणहरु कसैलाई पनि दिन चाहँदैन, किनकी यस्तोमा साउदी अरेबियाको अन्य आर्थिक रहस्यहरु खुल्न सक्छन्, जो अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेका छन् ।


साउदी अरेबियाको समग्र आर्थिक व्यवस्थाको विषयमा प्रश्न उठाउन खोजिएको होइन तर पनि साउदी अरेबियाको शासनका केही नराम्रा पाटाहरु अवश्य छन् । यस विषयमा पनरावलोकन गर्नु उसको लागि राम्रो हुन्छ । साउदी राजकुमारहरुलाई पक्राउ गरिनुमा नै सत्तामा पुग्ने युवराजको चाल रहेको स्पष्ट देखिएको अवस्थामा साउदी अरेबियाले व्यावसायीहरुमाथि न्यायोचित हिसाबमा काम भने गरेको छैन । यसले आगामी दिनमा अन्तर्राष्ट्रिय हिसाबमा साउदीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने हिसाबमा पनि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई

इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था...

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै