logo

तनहुँका महिलाले शव बोके

रासस

तनहुँ, मंसिर

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पु-याएका छन् । व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पु-याएका हुन् । बस्यालको गए राति मृत्यु भएको हो ।

विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हँुदै आएको भए पनि २०७० सालदेखि विधिवत्रुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो । अविवाहित बस्याल उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिए । उनका आफन्तहरु कोही पनि नभएको बताइएको छ । हाल उक्त ज्येष्ठ नागरिक आश्रममा चार महिला र तीन पुरुष गरी सातजना बस्दै आएका छन् ।

समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्नका लागि महिलाले नै शव बोक्ने गरेको आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले बताउनुभयो । ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्र जप्ने ओँठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ भन्ने मूलमन्त्रका साथ महिलाले सहजरुपमा शव बोकेर घाटसम्म पु-याएको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो । पितृसत्तात्मक सोचलाई अन्त्य गर्नका लागि महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि महिलाले शव बोक्ने साहस गरेका हुन् सचिव मल्लले भन्नुभयो ।

समाजमा रहेको कुरीतिको अन्त्यका लागि महिलाले देखाएको साहसपूर्ण कार्य एउटा उदाहरणीय रहेको घाटमा पुगेका दमौलीका व्यवसायी रामकुमार श्रेष्ठले बताउनुभयो । छोरा नभए पनि छोरीले पनि कर्तव्य पालना गर्न सक्छन् भन्ने सन्देशमूलक कार्य तनहुँका महिलाले गरेका छन्, श्रेष्ठले भन्नुभयो ।

आश्रम सञ्चालक महिलाले २०७२ साल मंसिर १२ देखि १८ गतेसम्म ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि महायज्ञको आयोजना गरी रु एक करोड ४० लाख संकलन गरेकामा रु एक करोड १५ लाख खर्चेर घरसहितको करिब दुई रोपनी जग्गा आश्रमको नाउँमा किनिसकेका छन् ।

शुरुमा १५ जना महिलाद्वारा सञ्चालित उक्त आश्रममा हाल ३२० महिला आबद्ध रहेको आश्रमकी कोषाध्यक्ष करुण श्रेष्ठले बताउनुभयो । शुरुमा घर भाडा लिएर आश्रम सञ्चालन गर्दा कठिनाइ भोग्नुपरेको थियो श्रेष्ठले भन्नुभयो तर अहिले आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ ।

ज्येष्ठ नागरिक बस्यालको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन...

प्रधानमन्त्रिको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

प्रजातन्त्र दिवश भव्य रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल...

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ ।...
सुलसुले अरु धेरै

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

भारतको नयाँ बजेट र वर्तमान आर्थिक अवस्था

अहिले भारतले करिब दुई सय ४४ खर्ब भारतीय रुपैयाँबराबरको नयाँ वर्षको बजेट सार्वजनिक गरेको छ । पछिल्लो समय आर्थिक...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै