logo

पुटिनद्वारा साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग फोनवार्ता

रासस/सिन्हवा

मस्को,  मङसिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको विषयलाई लिएर साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग टेलिफोन वार्ता गर्नुभएको छ । क्रेमलिनद्वारा मङ्गलबार प्रकाशित प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ । रुसी राष्ट्रपति पुटिनले सिरियाको द्वन्द्वलाई लिएर साउदी अरेबियाली राजा सलमान बिन अब्दुलाजिज अल साउदसँग छलफल गर्नु भएको छ ।

यी दुई नेताबीच मध्यपूर्वी क्षेत्र र लामो समयसम्म द्वन्द्व चलेको सिरियाको विषयलाई लिएर छलफल भएको क्रेमलिनले जनाएको छ । पुटिनले इजिप्टेली राष्ट्रपति अब्दुल फत्ताह अल सीसीसँग पनि टेलिफोन वार्ता गर्नुभएको थियो । वार्ताको क्रममा पुटिनले सिरियाको समस्या राजनीतिक सम्झौताबाट समाधान गर्नुपर्नेमा जोड दिनु भएको क्रेमलिनले बताएको छ ।

यी दुई नेताबीच संयुक्त रुपमा आणाविक शक्ति केन्द्रको सम्झौता गर्ने विषयमा पनि वार्ता भएको क्रेमिलिनले जानकारी दिएको छ । त्यसैगरी क्रेमलिन प्रेस सेवाले टेलिफोन वार्ता सम्बन्धी दिएको अर्को जानकारीअनुसार पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विभिन्न क्षेत्रमा सहकार्य गर्ने र दुई देश बीच सुुरक्षाको विषयमा पनि वार्ता भएको थियो ।

सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ । सो आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन् ।

यहाँको समस्या समाधानका लागि विभिन्न समयमा अमेरिका र रुसको अगुवाइमा वार्ता गरिएको थियो । तर त्यसको समाधान भने निस्किएको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई

इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था...

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै