logo

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७  लप्सेमा  बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको रुपमा यस धर्तीमा पाइला टेकेका प्रकाश गुरुङ  पछिल्लो समय नवउदीयमान गायकको रुपमा समाजमा स्थापित छन् । मतुवाली( गुरुङ) समुदायमा जन्मिएका गुरुङ सानैदेखि गीत संगीतमा झुकाव राख्थे । दिन भरको काम को थकाई मेट्न गाउँघरमा हुने रोधीमा गएर गीत गाउने प्रकाश आफू यो क्षेत्रमा आफू यसरी लाग्छु भन्ने सोचमा नभएको बताउँछन् । सानोमा गीत संगीतलाई मनोरञ्जनसँग जोड्ने गुरुङले अहिले भने यसक्षेलाई पेशाको रुपमा अघि बढाइरहेका छन् । गाउँ–ठाउँ परिवेशको कारणले गर्दा उनको सानोको सोख चाहिँ बेलायती सेना बन्ने थियो । सोखलाई यथार्थमा परिणत गर्न विभिन्न प्रयास गरेर पनि उनी असफल भए ।  गुरुङ मगरको छोरा भर्ती हुनुपर्छ भन्ने धारणा भएको समुदायले प्रकाशलाई पनि त्यस तर्फ उत्प्रेरित गराएको थियो ।


२०६० सालमा एसएलसी दिएपश्चात् अध्ययनका लागि काठमाडौ छिरेका प्रकाश गुरुङले देशको विभिन्न ठाउँमा हुने मेला महोत्सव तथा प्रतियोगितामा भाग लिएर आफ्नो प्रस्तुति दिइकेका छन्, तीन प्रस्तुतिले उनलाई स्थापित पनि गर्दै लगेको छ । अन्य गीतको तुलनामा कौडा र सालैजो गीतमा उनी माहिर मानिन्छन् ।  २०६६ देखि गीत संगीतमा लागेका प्रकाशको औपचारिक यात्रा भने २०७२ को ‘गोर्खालीलाई केही होइन सानो चोट’ बाट सुरु भयो ।  गोरखालाई आधार बनाएर तयार भएको यस गीत गोरखाको कुना कुनासम्म सबैको मुखमा झुण्डिन पुग्यो । डेब्यू गरेको गीतबाट नै चर्चा कमाएका प्रकाशले उस्तै भाव को सालैजो गीत–  ‘दरौदी तरेर ‘सिरान्चोक को शिर’ लिएर आए ।  दर्शक श्रोताले यस गीतलाई पनि औधी रुचाए त्यसैको फलस्वरूप आज प्रकाश गुरुङलाई राष्ट्रिय कलाकारको रुपमा स्थापित ग-यो ।


गायनमा मात्र नभई वाद्यवादनको समेत राम्रो ज्ञान भएका गुरुङ अहिले ललितकला क्याम्पसमा दोस्रो वर्षमा अध्ययन पनि गर्दै छन् । गायनको अलावा चाँदनी रोधी नाचघरको सञ्चालक समेत रहेका प्रकाश अबको बाँकी जीवन पनि गीत संगीतमा नै समर्पण गर्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै