logo
565 x 90 pixel-01.png

निर्वाचनमय बन्दै गीतसंगीत

काठमाडौं नेपाली गीतसंगीत केवल मनोरञ्जनको साधन मात्रै नभएर जनचेतना जगाउने एउटा सशक्त माध्यम पनि हो भन्ने कुराको प्रमाणित अहिलेको निर्वाचनमा भएको चुनावी गीतबाट चुनावी प्रचारप्रसारको अभियानले पनि प्रमाणित गर्दछ ।


प्रतिनिधीसभा र प्रदेशसभालाई लक्षित गरेर विभिन्न कलाकारहरुले तयार पारेका विभिन्न पार्टीका चुनावी गीतले युट्युबमा भएको भाइरलले पनि यसपालिको प्रतिनिधि र प्रदेशसभाको चुनावमा स्थानीय निर्वाचनको तुलनामा बढी गीतसंगीतबाट प्रचारप्रसार भएको पाइएको छ । यसपालिको निर्वाचनमा नेपाली लोकदोहोरी तथा अन्य चर्चित जनवादी कलाकारहरुलाई मंसिरको भल छोपाइ भएको छ । तर अरु बेलाको व्यस्ततामा कलाकारले जति धेरै पारिश्रमिक पाउँथे चुनावको बेलामा भने सारै न्यून पारिश्रमिक पाउने कुराको खुलासा चुनावी प्रचारप्रसारमा दौडिइरहेका एक कलाकारले गरे ।  


 यसपटकको निर्वाचन धेरै कलाकारहरुको बढी फुर्तिफार्ती देखिन्छ । कोही अबको आफ्नो योजना राजनीतिमा लाग्नका लागि यो निर्वाचनमा बढी आफूलाई सक्रिय बनाएको देखिन्छ भने कोहीले आफ्नो क्षणिक स्वार्थ पूरा गर्नका लागि यो चुनावमा ढौडिएको पाइन्छ । कोही पैसा कमाउनका लागि पनि चुनावी प्रचारप्रसारमा हिँडेका देखिन्छन् । कोही कलाकार त पार्टीको केन्द्रीय सदस्यसमेत बनिसकेका छन् । कोही आफूले टिकट लिन, कोही अर्को चुनावमा आफूलाई उम्मेदवारी सुरक्षित राख्न त कोहीले उम्मेदवारमा उठेर पनि फिर्ता लिएका समेत देखिन्छन् ।


यसपटकको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट राधिका हमाल, विमल राज क्षेत्री, स्मृति शाही, प्रकाश कटुवाललगायतका कलाकारले चुनावी गीत बनाएर वजारमा ल्याएका छन् भने वाममोर्चाको चुनावलाई सहयोग गर्नका लागि बद्री पंगेनी, जीवन शर्मा, विष्णु खत्री, नवीन खडका, टिका पुन, सामना परिवारलगायतका कलाकार र संघसंस्थाहरु यसपालिको चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । नायिका करिष्मा मानन्धर नयाँ शक्ति पार्टीकी केन्द्रिय सदस्यको हैसियतले प्रचारप्रसारमा दौडिइरहेकी छन् भने गायिका कोमल वलीले पनि केही महिनाअघि रा.प्र.पा.बाट नेकपा एमालेमा प्रवेश गरेकी तर पार्टीले टिकट नदिएपछि दाङबाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनी एकाएक चर्चामा आएकी हुन् । पछि पार्टी पङ्तिबाट अनुरोधपछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । नायिका रेखा थापाले टिकट पाउने आशामा रा.प्र.पा.बाट राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरे पनि उनले टिकट भने पाइनन् । तर पार्टीको प्रचार प्रसारमा भने सक्रिय छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै