logo

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य
अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि दिनानुदिन यसको प्रधाव बढ्दो क्रममा रहेको छ । अहिले अत्यधिक कार्बन उत्सर्जन, वायु प्रदूषणलगायतका कारणहरुले गर्दा पृथ्वीको तपक्रम पनि बढ्दो अवस्थामा पुगेको छ । यदि अहिलेको गतिमा पृथ्वीको तापक्रममा वृद्धि भएको खण्डमा अबको छ सय वर्षमा पृथ्वी आगोको गोलाको रुपमा परिणत हुनसक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।


पृथ्वीको इतिहासलाई हेर्दै जाने हो भने पनि सुरुवातमा यो आगोको गोलो रहेको बताइने गरेको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने पृथ्वी उल्टो गतिमा अघि बढिरहेको देखिएको हो । विकासको जति चर्चा विश्वव्यापीरुपमा हुने गरेको छ, त्यति चर्चा त्यसको विनाशको विषयमा भने हुने गरेको छैन । यो प्रवृत्तिको कारण अहिले वातावरणीय हिसाबमा असन्तुलन बढीरहेको देखिएको हो । यस किसिमको असन्तुलन रोक्ने विषयमा सन् २०१५ मा वातावरणीय सम्झौता भएको थियो । यो सम्झौता पालना गर्नको लागि विश्वका प्रमुख मुलुकहरुले सहमति पनि जनाएका थिए तर अहिले त्यसलाई कार्यान्वयन गर्ने समयमा भने यो मुद्दाको विषयमा अझै बहस चलिरहेको छ । यद्यपि यस विषयमा केही मुलुकहरुले आफ्नोतर्फबाट प्रयास पनि गरिरहेका छन् ।


वातावरणीय हिसाबमा सन्तुलन कायम राख्नुपर्छ भन्ने कुरालाई अहिले चीनले साथ लिइरहेको छ । चीनको यस किसिमको नेतृत्वको सफलता पाउला वा नपाउला त्यो परको कुरा हो तर अहिले त्यसबारे केही नतिजाहरु भने देखिन सुरु भइसकेका छन् । चीनको लागि अहिले देखिएको नवीकरणीय ऊर्जा विस्तारको प्रभाव भने नकारात्मक रहेको देखिन्छ । पछिल्लो समय ऋणको जोखिम कम गर्ने तथा प्रदूषण घटाउने चीन सरकारको निर्णयको कारण औद्योगिक उत्पादनमा पनि गिरावट आएको छ ।


गएको मंगलबार सार्वजनिक भएको औद्योगिक उत्पादनमा गिरावटको कारण चीनको समग्र आर्थिक क्षेत्र पनि कमजोर बन्नसक्छ । अक्टोबर महिनामा चीनले छ दशमलव दुई प्रतिशतको औद्योगिक वृद्धिदरको नतिजा हासिल गरेको हो । यो नतिजा छ दशमलव तीन प्रतिशतमा रहने अनुमान विश्लेषकहरुको रहेको थियो । यद्यपि चीनले सेप्टेम्बर महिनामा भने छ दशमलव छ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो । अचल लगानीको नतिजा पनि यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्मको अवधिमा केही गिरावटमा परेको विवरणले देखिएको छ ।


चीनको अचल लगानीको नतिजा वर्षको सुरुवाती १० महिनामा सात दशमलव तीन प्रतिशतमा पुगेको देखिएको छ । यो नतिजा सुरुवाती नौ महिनाको अवधिमा सात दशमलव पाँच प्रतिशतमा रहेको थियो । विश्लेषकहरुले पनि यो नतिजा सात दशमलव चार प्रतिशतमा रहने अनुमान गरेका थिए । यो नतिजाले चीनको अचल लगानीमा अक्टोबर महिनामा भने उल्लेख्य गिरावट आएको देखिएको हो । चिनियाँ अधिकारीहरुले आगामी दिनमा कुनै किसिमको औद्योगिक गिरावटको सामना गर्नु नपरोस् भन्नका लागि भावी योजना तय गर्ने काम भइरहेको जानकारी दिएका छन् । यस वर्षको सुरुवाती नौ महिनासम्म उच्च रहेको व्यापार र नयाँ संरचना निर्माणको क्षेत्रमा पनि चीनको नतिजा कमजोर रहेको पाइएको छ ।


अक्टोबर महिनामा चीनको सम्पत्ति लगानीको नतिजामा पनि गिरावट आएको देखिएको छ । चीनको सम्पत्ति लगानीको नतिजामा केवल पाँच दशमलव छ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको हो । सेप्टेम्बर महिनामा वार्षिक हिसाबमा नौ दशमलव दुई प्रतिशतको वृद्धिदर हासिल भएको यो क्षेत्र अक्टोबर महिनामा भने केही कमजोर बन्न पुगेको हो । यस वर्षको सुरुवातदेखि नै महत्वपूर्ण आर्थिक सुधारको नतिजा हासिल गरेको चीनको लागि अक्टोबर महिनामा हासिल भएको विवरणले भने वर्षको अन्तिम तीन महिनाको आर्थिक नतिजा केही कमजोर रहनसक्ने विश्लेषकहरुले बताएका छन् । वर्षको सुरुवाती नौ महिनामा चीनको आर्थिक क्षेत्रमा करिब छ दशमलव नौ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको विवरणहरुले देखाएका छन् ।


विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको मुलुकले यस वर्ष महत्वपूर्ण आर्थिक सुधारको नतिजा हासिल गर्ने अनुमान गरिएको छ । जसको कारण समग्र विश्व बजारमा नै आर्थिक क्षेत्रमा सुधार आउनसक्छ । यद्यपि अहिले देखिएको उत्पादनको कमजोर नतिजाको कारण भने नवीकरणीय ऊर्जाको हिसाबमा चीनले केही गुमाउनुपर्ने अवस्था देखिएको हो । यो नतिजाले आगामी दिनमा वातावरणीय सन्तुलनको लागि चीनले ल्याएको योजनाहरु उसकै लागि चुनौती पनि बन्नसक्ने देखिएको छ ।


वातावरणीय सन्तुलन कायम राख्ने हिसाबले २०१५ मा भएको पेरिस सम्झौतामा अहिलेसम्म अमेरिकाले भने हस्ताक्षर गरेको छैन । अहिले विश्वका सबै मुलुकहरु एक तर्फ भएर अघि बढिरहेको अवस्थामा पनि अमेरिकी राष्ट्रपति भने यसलाई चीनको अमेरिका कमजोर बनाउने एक हतियारको रुपमा लिइरहेका छन् । त्यसो त अमेरिका यो सम्झौतामा हस्ताक्षर गरेको खण्डमा आगामी दिनमा आर्थिक हिसाबमा केही कमजोर किसिमको आर्थिक नतिजा हासिल गर्नुपर्नसक्ने दोधारमा रहेको छ ।  अहिले चीनले पनि नवीकरणीय ऊर्जाको पक्षमा आफ्नो मत राख्दा कमजोर किसिमको नतिजा सार्वजनिक भएको हो ।


चीनको कमजोर नतिजाले नवीकरणीय ऊर्जाको विस्तारको क्षेत्रमा लाग्दा आर्थिक हिसाबमा केही कमजोर हुनुपर्ने स्पष्ट देखिएको छ तर यसो भन्दैमा आगामी दिनमा पृथ्वीको नै अस्तित्व नरहने गरी कोइला विस्तारमा लाग्नु अमेरिकाको मूर्खता रहेको देखिन्छ । विशेषगरी यस किसिमको कार्यमा अमेरिकी राष्ट्रपति ट्रम्प अगाडि देखिन्छन् । अहिले अमेरिकाको रोजगारी पनि उच्च विन्दुमा पुगेको छ तर अमेरिकाको नवीकरणीय ऊर्जाको विस्तार नगर्नुको कारण भने रोजगारी नै हो । आगामी दिनमा अमेरिकाको रोजगारी बाहिरी मुलकमा जानसक्ने भन्दै अमेरिकाले नवीकरणीय ऊर्जाको विषयमा चासो नदेखाएको हो । पेरिस सम्झौता हुँदा अमेरिकाको राष्ट्रपति बाराक ओबामा थिए तर अहिले ट्रम्प अमेरिकाको प्रमुख कार्यकारी पदमा रहेका छन् ।


अमेरिकाले यस विषयमा अफ्नो स्वीकृति नदिएको भए पनि दक्षिण एसियाको भारतले भने चीनलाई साथ दिने भएको छ । दुवै मुलुकहरु वातावरणीय हिसाबमा आक्रान्त मुलुकहरु पनि हुन् । भारतको नयाँ दिल्लीमा अहिले तुवाँलो लागिरहेको छ भने चीनको राजधानी सहरमा पनि वर्षेनी तुवाँलोको कारण मानिसहरुलाई सचेत रहनका लागि अलर्ट दिइने गरिएको छ । जसको कारण भारत र चीनले वातावरणीय समस्या समाधानको लागि एक महत्वपूर्ण योजना बनाएर अघि बढ्ने योजना तयार पारेका छन् । चीन र भारतको बीचमा निकै कम विषयहरुमा मात्र सम्झौता हुने गरेको छ । यस्तोमा पनि भारतले अहिले लिएको निर्णय भने केही सुझबुझपूर्ण रहेको देखिन्छ ।


नवीकरणीय ऊर्जाको विस्तारको लागि अहिले युरोपका मुलुकहरुमा पनि उल्लेख्य मात्रामा कामहरु तथा नीतिहरु सार्वजनिक हुने क्रम जारी रहेको छ तर यसले आगामी दिनमा आर्थिक हिसाबमा कस्तो प्रभाव पार्ने हो त्यो भने हेर्न बाँकी रहेको छ । 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...

नवीकरणीय ऊर्जा : चुनौती र आवश्यकत

चिरञ्जीवी आचार्य अहिले समकग्र पृथ्वी जलवायु समस्याको सामना गरिरहेको छ । यो समस्या हेर्दा जति सामान्य देखिए पनि...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै