logo

युवा टोलीको उपलब्धिपूर्ण यात्रा

सन् २०१२ बाट सुरु भएको युथ एसिया कपको चौथो संस्करणमा नेपाली टोली पहिलोपटक सेमीफाइनलमा पुगेको हो । उमेर समूहको प्रतियोगिता, त्यो पनि सेमीफाइनलको यात्रा खासगरी टेस्ट मान्यता प्राप्त राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि नहुन सक्छ, तर नेपालका लागि यो उपलब्धि महत्वपूर्ण छ । नेपाली युवा टोलीले एसोसिएट राष्ट्रका युवा टोलीसम्मिलित प्रतियोगितामा यसअघिबाटै आफ्नो बलियो उपस्थिति जनाउँदै आएको हो । त्यसो त नेपालले यु–१९ विश्वकपमा पनि यसअघि पनि सशक्त प्रदर्शन गरेको हो । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा तीनपटकको विजेता भारतमाथि ऐतिहासिक जीत हासिल गरेको थियो । त्यस्तै मलेसियालाई हराए पछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । यसअघिका एसीसी यु–१९ का तीनवटै संस्करणमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । यसपटक पनि भारत र बंगलादेश रहेको समूहमा परेको कारण नेपाल नक–आउट चरणसम्म पुग्नेमा शंका गरिएको थियो तर खेलाडीको उत्कृष्ट प्रदर्शनले सेमिफाइनलमा प्रवेश मात्रै गरेन, भारतमाथि ऐतिहासिक जीत नै हासिल भयो । यो नै नेपालका लागि महत्वपूर्ण उपलब्धि हो । युवा टोलीको प्रदर्शनले नेपाली क्रिकेट फेरि आश जागेको छ । यसपटकको प्रदर्शन विगतको भन्दा धेरै फरक रह्यो । बंगलादेशसँग पहिलो खेलमा ठूलो चुनौती तेस्र्याएको थियो । नेपालले यसअघि आईसीसी यु–१९ विश्वकपमा पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावेलाई पराजित गरिसकेको थियो । भारतसँगको विजय यस अर्थमा विशेष थियो कि नेपालले पहिलो पटक विश्वको शक्तिशाली छिमेकी राष्ट्रलाई उमेर समूहमा पराजित गरेको थियो ।


सन् २००० मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा ‘डेब्यु’ गरेको नेपाली युवा टोलीले त्यससँगै सातवटा विश्वकप पनि खेलिसकेको छ । सन् २००६ को विश्वकपमा त ‘प्लेट च्याम्पियन’ (समूह चरणमै पराजित हुने टोलीमध्येको उत्कृष्ट) बनेको थियो । टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित हालै मात्र आईसीसीको पूर्ण सदस्य राष्ट्रको मान्यता पाएको अफगानिस्तानको युवा टोली सहभागी युथ एसिया कप पनि ‘मिनी’ विश्वकपभन्दा कम छैन । भारतीय प्रशिक्षक समेतले नेपाली टिम प्रतिभाशाली भएको टिप्पणी गर्दै नेपाली टोलीको प्रदर्शनलाई प्रशंसा गरेका छन् । यसपटकको खेलमा टेष्ट खेल्ने राष्ट्रलाई चुनौती दिनु नेपाली टिमको उपलब्धि हो । यस उपलब्धिले नेपाली क्रिकेट खेलाडीमाथि भर पर्न सकिने आधार तयार गरेको छ । मुलुकभित्र मात्रै नभई मुलुकबाहिर पनि नेपाली क्रिकेट र क्रिकेट खेलाडीको शिर उच्च भएको छ । उपयुक्त वातावरण र प्रशिक्षण पाए नेपाली क्रिकेट टोलीले विश्वका कुनै पनि मुलुकसँग प्रतिस्पर्धा गर्नसक्ने विश्वास गर्न सकिन्छ । नेपाली क्रिकेट विभिन्न अप्ठेरा परिस्थितिमाझ यो सफलता हासिल हुनु निश्चय नै खुशी र गर्वको कुरो हो । मैदानबाहिर भने ठीक त्यसको विपरीत छ नेपाली क्रिकेट । अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको डेढ वर्षभन्दा बढी भइसकेको छ । नेपाली क्रिकेटको सर्वोच्च निकायलाई निलम्बन गरेपछि आईसीसीले आफैं नेपाली क्रिकेटको व्यवस्थापन हेरिरहेको छ । क्यान निलम्बनसँगै राष्ट्रिय प्रतियोगिताहरू रोकिएका छन् । राष्ट्रिय प्रतियोगिता रोकिँदा खेलाडी निस्कने बाटा बन्द भएका छन् । प्रशिक्षकहरूले अघिल्लो वर्ष मोफसलमा ‘ट्यालेन्ट हन्ट’ गर्न जानुपरेको थियो । त्यहीँ देखा परेका धेरै खेलाडीले अहिले मलेसियामा इतिहास रचेका हुन् । राष्ट्रिय प्रतियोगिताबिनै यति खेलाडी निस्किन्छन् भने प्रतियोगिता सञ्चालन गर्दा कति खेलाडी निस्कन्थे, सहजै कल्पना गर्न सकिन्छ । नेपाली क्रिकेटको व्यवस्थापनमा देखिएको यो खाडल पुर्नलाई अगाडि आएर काम गर्ने कोही छैनन् । निलम्बनको अवस्थामा पनि नेपाली क्रिकेट विवाद आपसी खिचातानीमा अल्झिएको छ । आफू र आफ्ना व्यक्ति संघभित्र रहे मात्र विवाद मिल्छ भन्ने मानसिकताका कारण नेपाली क्रिकेटको निलम्बन समय लम्बिँदो छ । नेपाली युवा टोलीले युथ एसिया कपमा देखाएको प्रदर्शनले गर्व गर्ने अवसर दिए पनि उनीहरूको ध्यान मैदानबाहिरकै विवादमा ज्यादा छ । यसका लागि यु–१९ खेलाडी र प्रशिक्षक प्रशंसा गर्न योग्य छन् तर नेपाली युवा क्रिकेट खेलाडीका लागि आगामी दिन कम चुनौतीपूर्ण छैनन् । धेरै आधार र सम्भावना देखिएका छन् किनभने नेपाली खेलाडीको तयारी राम्रो छ भने अहिले नेपाली टोली उच्च मनोबलमा छ । टोलीको आत्मविश्वास बढेको छ । आन्तरिक विवाद र राजनीतिक हस्तक्षेप जस्ता कारणले नेपालको क्रिकेटले फस्टाउने मौका पाएको छैन । नेपाल क्रिकेट संघ व्यवस्थापनमा विभिन्न समयमा विवाद आउनु, आन्तरिक प्रतिस्पर्धा ठप्प जस्तै हुनु र अन्तर्राष्ट्रिय एक्स्पोजरको कमी हुनुजस्ता घटनाका अतिरिक्त पनि नेपाली यु–१९ टोलीले यो सफलता हासिल गर्नु मुलुककै लागि गर्वको कुरा हो । क्रिकेटकै माध्यमले नेपालको नाम विश्वभरि फैलनसक्ने स्थिति देखिएको छ । यसका लागि नेपाली क्रिकेट खेलाडीलाई थप प्रोत्साहन, उपयुक्त वातावरण र प्रशिक्षणको आवश्यकता छ । विवाद र राजनीतिक हस्तक्षेपबाट मुक्त राखेर क्रिकेट खेलको विकास गर्न जरुरी छ । सरोकार निकाय र सबै पक्ष यस दिशामा पूर्णरूपेण सक्रिय हुनैपर्छ ।


युवा क्रिकेट राम्रो हुँदा राष्ट्रिय टोली मजबुत हुन्छ । विगतमा युवा टोलीले राम्रो प्रदर्शन देखाउँदा र उनीहरूलाई त्यहीअनुरूप बाटो देखाइँदा राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा गरेको थियो । राष्ट्रिय टोलीलाई विश्वकप अहिले एकादेशको कथा भइसकेको छ । त्यही भएर मलेसियामा जोसिलो प्रदर्शन गरेको युवा टोलीलाई संरक्षण गर्न जरुरी छ । नेपाली यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आशिफ शेखले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाली टोली शनिबार स्वदेश फर्किएको छ । यु–२३ हँुदै नेपाल ‘ए’ टोली बनाएर यु–१९ का खेलाडीलाई अगाडि बढाउने हो भने राष्ट्रिय टोलीलाई टेवा पुग्न जाने पक्का छ । डिभिजन २ हुँदै विश्वकप छनोट खेल्ने योजना बनाइरहेको राष्ट्रिय टोलीमा स्तरीय खेलाडीको अभाव देखिँदै आएको छ ।


रकम प्राप्त भएपछि खेलाडी बस्ने होटेल र होटेलबाट मैदानसम्म आउनेजाने व्यवस्थालगायत व्यावहारिक पाटो मिलाइदिने आधिकारिक व्यक्तिसमेत हुँदैनन् । यस्तो समस्या नेपाली सिनियर र महिला राष्ट्रिय टोलीमा पनि छ । यस्तो अवस्थामा हामीले कहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको आशा गर्न सक्छौं ? आवश्यक पूर्वाधारको व्यवस्था, उपलब्ध प्रतिभाको संरक्षण र नयाँ प्रतिभाको खोजी गर्नेतर्फ ध्यान नदिने अनि अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा राम्रो नतिजाको मात्रै आशा गर्नु अव्यावहारिक मात्रै हुनेछ । त्यसैले क्यानको निलम्बन फुकुवा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान र्पुयाउन अब ढिलाइ गर्नु हुँदैन । निलम्बनका कारण घरेलु प्रतियोगिता मात्रै रोकिएका छैनन्, आईसीसीबाट प्राप्त हुने करोडौं रुपैयाँबराबरको रकम पनि रोकिएको छ । त्यसैले आईसीसीको सहभागितामा क्यानमाथिको निलम्बन फुकुवा प्रक्रिया यथाशीघ्र टुंग्याउने दिशामा सम्बद्ध निकाय लाग्नुपर्छ । कम्तीमा सिनियर, उमेर समूह र महिला खेलाडीका लागि नियमित प्रतियोगिता आयोजना हुने वातावरण बनाउनुपर्छ । दरिलो सरकारी प्रतिबद्धताको अभावमा काठमाडौंको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानले समेत वर्षौं बितिसक्दा पूर्णता पाउन सकेको छैन । मूलपानी क्रिकेट मैदानको स्थानमा पहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको परियोजना निर्माण गर्ने योजना थियो । तर नेपाली खेल पदाधिकारीको आपसी विवादका कारण त्यो परियोजना हाल दुबईमा सारिएको छ । आईसीसीकै सहयोगमा प्रशिक्षकसमेत राखिने सो एकेडेमीमा पौडीपोखरी र जिम हलसहित धेरै सुविधाको व्यवस्था थियो । यद्यपि, काठमाडौंमै बनाउनुपर्ने प्रावधानका विरुद्ध पोखरामा बनाउनुपर्ने भन्दै नेपाली खेल पदाधिकारीबीच विवाद सुरु भएपछि आईसीसीले सो परियोजना दुबईलाई दिएको थियो । स्तरीय खेलकुदका लागि भौतिक पूर्वाधार पहिलो र अनिवार्य पूर्वसर्त हो । पर्याप्त भौतिक पूर्वाधारको विकासबिना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कुनै पनि मुलुक स्थापित हुनसक्दैन । नेपाली खेलकुदको प्रमुख चुनौती पनि भौतिक पूर्वाधारको अभाव नै हो । सत्ता र शक्तिको आडमा केही सीमित व्यक्तिको स्वार्थपूर्तिको माध्यम बनेको नेपाली खेलकुदले अझै स्वाभाविक आकार ग्रहण गर्न सकेको छैन । खेलक्षेत्रमा आफ्नो सुनौलो भविष्य खोज्न सक्रिय खेलाडीले न्यूनतम् भौतिक पूर्वाधारको अभावमा नियमित अभ्यास गर्ने गतिलो वातावरणसम्म पाएका छैनन् । नेपालले सन् २०१९ मा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको छ । तर राष्ट्रको प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन डेढ वर्ष बाँकी रहँदा पनि त्यसका लागि पूर्वाधार निर्माणमा हाम्रो ध्यान पुगेको छैन । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै