logo

भैरहवा महोत्सवमा आर्थिक कारोवारको सकारात्मक संकेत

 
पोसकान्त पोखरेल
रुपन्देही, मंसिर १ ।
सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव –२०७४ मा आर्थिक कारोबारको हिसाबले सकारात्मक संदेशको संकेत मिलेको आयोजकले जनाएको छ । “राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापारमा विविधीकरण” भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन रुपन्देही द्वारा आयोजित कात्र्तिक ३० गते देखि मंसिर ११ गते सम्म सञ्चालन हुने महोत्सव उद्घाटनको दोश्रो दिन अर्थात कारोवारको पहिलो दिन मंसिर १ गते नै झण्डै पौने करोडको कारोवार हुँदा आर्थिक कारोवारमा आयोजकको ६० करोडको कारोवार लक्ष्यमा सकारात्मक संदेश मिलेको हो ।


बेरोजगार युवालाई उत्पादन मुलक क्षेत्रमा लाग्नको लागि प्रोत्साहित गर्न, भारतिय बजारमा सस्तो पाईने बस्तुहरु नेपाली बजारमा पनि सोही दररेटमै उपलब्ध हुने भएपनि भारतिय बजारबाटै ल्याउनु पर्छ भन्ने परिपाटीलाई निरुत्साहित गर्न, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रतिभा देखाउने स्थल उपलब्ध गराई उनीहरुको प्रतिभामा निखार ल्याई स्थापित गर्न, आर्थिक समृद्धिका श्रोत मानएका उत्पादनमुलक क्षेत्रहरु एदोग व्यापार, कृषि, पर्यटन जस्ता क्षेत्रहरुको प्रवद्र्धन गर्न लगायत विविध उद्देश्य तथा महत्वको साथ महोत्सवको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक मूल समीति संयोजक नारायण प्रसाद भण्डारीले जानकारी गराए ।


संयोजक भण्डारीले “हाम्रो चाहना भनेको जुन प्रकारको हाम्रो मूल मन्त्र वा नारा छ सोही अनुसार नै महोत्सवलाई ढाल्नु हो । त्यसको लागि हाम्रो एक्लो प्रयासले मात्र त्यो सबै सम्भव हुन कठिन थियो । त्यसको लागि आवश्यक सम्पूर्ण सरकारी निकायका ढोकाहरु चा¥यो तर हामी कतैबाट पनि सहयोग पाउन सकेनौं भन्दा सरकारले कृषि, पर्यटन आर्थिक समृद्धिका पाटाहरु भन्ने तर निजी क्षेत्रबाट स्थापित एउटा संस्थाले ति पाटाहरुमा सरकार सँग हैसेमा होस्टे गर्न खोज्दा कुनै किसिमको सहयोग नगर्नु दुःखद कुरा भएको बताउँदै यसरी समृद्धिको लागि नयाँ संदेश दिन सक्ने महोत्सवहरु समन्वयकारी सरकारी निकायले थप प्रभावकारी बनाउन खेल्नु पर्ने भुमिका खेल्न नसक्नुले पनि उद्योगी व्यवसायीको आर्थिक समृद्ध राष्ट्र निर्माण गर्ने चाहनाको योजनामा ठेस लाग्ने गरेको गुनासो पोखे ।


भण्डारीले लोपोन्मुख राउटे जातीद्वारा निर्मित हस्तकलाका सामाग्रीहरु, बाल उद्यान, सेल्फीजोन, उट नाच, कुस्ती प्रतियोगिता, प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विश्वविख्यात मायादेवी मन्दिर, लोपोन्मुख जनावर ड्रागनको मुखाकृतमा निर्मित मुख्य प्रवेशद्वार महोत्सवका प्रमुख आकर्षणको रुपमा रहेको नजाउँदै संयोजक भण्डारीले दैनिक उपभोग्य बस्तु तथा सेवा, घरेलु तथा साना उद्योगका उत्पादनहरु, कृषि व्यवसायबाट उत्पादित बस्तु तथा जडिबुटीहरु, स्वदेशी उद्योग कलकारखानाद्वारा उत्पादित बस्तु तथा सामाग्रीहरु, अटोमोवाईल्स, विज्ञान प्रविधी (आई.टी), बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट लगायत भैरहवामै आजसम्मकै सबैभन्दा धेरै ४ सय स्टलहरु भएको १२ दिने महोत्सवमा ३ लाख दर्शकलाई महोत्सव अवलोकन गराई ६० करोडको हाराहारीमा कारोवार गरेर भैरहवामा पनि उत्कृष्ट महोत्सवहरु हुन्छन् है भन्ने राष्ट्रिय स्तरमै एक प्रकारको छाप बनाउने योजनामा लागि परेको जानकारी गराए ।  




प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तातोपानी नाका खुलाउन भन्दै राजधानीमा अन्तरकृयामा मात्र सिमित

बैसाख १२ गते गएको विनासकारी भुकम्पपछि बन्द भएको तातोपानी भन्सार नाका पुनः सञ्चालन अझै अनिश्चित बन्दै गएको छ ।...

भैरहवा महोत्सवमा आर्थिक कारोवारको सकारात्मक संकेत

रुपन्देही, मंसिर १ । सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक...

दुर्घटनामा दुईजनाको मृत्यु

धादिङ, कात्तिक १० । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै