logo

बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

रासस
चरिकोट, कात्तिक २९

न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालीकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो । तपार्इंले बोकेको के हो? भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुई हजार ५०० पर्छ भन्दै गफिन खाज्नुभयोे । उहाँजस्तै कालीकोटबाटै आउँनुभएका उहाँका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमिरहेको बुढाले बताउनुभयो ।

दैनिकीबारे सोध्दा उहाँले भन्नुभयो, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ कि भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“हामी सामान्य होटलमा बसेका छाँैं १० दिनको एक हजार रुपैयाँ तिर्छौ ।” बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , “यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गाउँ नजाने भइयो।” उहाँलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे ।

बुढा भन्नुहुन्छ्, हाम्रो जिल्ला कालीकोटमा नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा (माओवादी केन्द्र)बाट उज्ज्वल रावत, नेकपा (एमाले)बाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र ? यो पटक मोटर भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ ।

बुढा निरासिँदै भन्नुहुन्छ, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालीकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ््याउने, बिछ््याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालीकोट लगायतका व्यापारी यहाँ आउँछन् ।

उहाँ जस्तै कालीकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्नुहुन्छ, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनाँै।” उहाँ भन्नुहुन्छ, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।”

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन...

प्रधानमन्त्रिको अध्यक्षतामा प्रजातन्त्र दिवश समारोह समिति

प्रजातन्त्र दिवश भव्य रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल...

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ ।...
सुलसुले अरु धेरै

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

भारतको नयाँ बजेट र वर्तमान आर्थिक अवस्था

अहिले भारतले करिब दुई सय ४४ खर्ब भारतीय रुपैयाँबराबरको नयाँ वर्षको बजेट सार्वजनिक गरेको छ । पछिल्लो समय आर्थिक...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै